2 years ago
December 2, 2023
हेटौंडा (हाम्रो खेलकुद)- भारतीय सुभयान कुण्डु र बंगलादेशी मिनहाज उद्दिन हेटौंडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगितामा संयुक्त रुपमा शीर्ष स्थानमा रहेका छन्।

शनिबार सातौं चरण समाप्तीमा दुई खेलाडीको समान ६ अंक छ। भारतीय २३९३ रेटेड शीर्ष खेलाडी सुभयानले आफ्नै देशका राहुल गुरुङविरुद्ध कारोकान प्रणालीमा सेतो गोटिवाट खेल आरम्भ गरेका थिए।
खेलमा राहुलले छैटौं चाल अन्तर्गत बिसप डि सिक्स चाल्दै गल्ती गर्न पुगे। जसको फाइदा लिदै सुभयानले सोह्रौं चाल भित्र छिटो खेल आफ्नो पक्षमा लिन सफल रहे। सुभयानले ७ खेलमा ५ जित र २ बराबर गर्दै ६ अंक जोडेका छन् ।
आठौं चरणको खेलमा उनले बंगलादेशी २१९३ रेटेड एफ अहमद शेख नासिरसंग कालोगोटी लिएर प्रतिस्पर्धा गर्नेछन्। यस प्रतियोगिता मार्फत ७ अंक रेटिङ सुधार गरेका अन्तर्राष्ट्रिय आईएम सुभयानले उपाधि जित्ने लक्ष्य रहेको बताए ।
आजै दोश्रो बोर्डमा २२१७ रेटेड बंगलादेशी आईएम मोहम्मद मिनहाज उद्दिनले भारतीय १९७६ रेटेड एएफएम सौरव चौबे माथि कठिन जित निकाल्दै ६ अंक पुर्याएका छन्।
आईएम मिनहाजले ओपन सिसिलियन भारिएशन इ फो सि सिक्स, नाइट एफ थ्री नाइट एफ सिक्सबाट खेल सुरु गर्दै ४२ औं चालमा चलाखी गर्दै पाउन अप गरे।
उपाधिका लागि जित्नै पर्ने आठौं चरणको अर्को खेल उनकै समकक्षी बंगलादेशी एफएम सरिफ होसेनसंग कालो गोटी लिएर खेल्ने छन्।

त्यसैगरी बंगलादेशी एफएम नयम हक ,भारतका अमरदीप बर्टक्के, अर्बिन्दर प्रित सिं, बंगलादेशी आईएम सकिल अबु सफिन, एफएम सरिफ होसेन र एफएम शेख नासिर ५.५ अंक जोड्दै सामूहिक दोश्रो स्थानमा छन्।
आठौं चरणको खेलमा नयन हकले अबु शेख संग, अमरदीपले अर्बिन्दर प्रित संग, नासिर शेखले सुभयानसंग र सरिफ होसेनले मिनहाजसँग प्रतिस्पर्धा गर्ने छन्।
एरिना आईएम शुश्रुत दहाल, युवा खेलाडीद्वय पुरुषोत्तम सिलवाल र कुशल बेलबासे ४.५ अंक बनाएर नेपाली खेलाडी मध्येवाट अगाडि रहन प्रतिस्गपर्धा गरिरहेका छन्।
पूर्व नेपाल च्याम्पियन एफएम पुरुषोत्तम चौलागाईं, झापाका राजन सुवेदी, वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल, युवा स्वर्णिम दुवाल र मुहान श्रेष्ठ समान ४ अंक प्राप्त गरेका छन्।
यसैगरी भारतीय महिला खेलाडी मरियम फातिमा ४.५ अंकका साथ पहिलो र श्रीलंकन महिला खेलाडी सचिनि रानासिंघे ४ अंक बनाई दोश्रो स्थानमा छन्। नेपालका भेट्रान खेलाडी मोहन सिं प्रधानको ३ अंक छ।
५ लाख ८७ हजार ५ सय रुपैयाँ रहेको प्रतियोगितामा शीर्ष १५ खेलाडी, सर्वोकृष्ट महिला, वेष्ट लोकल, वेष्ट भेट्रान, यू १०,यू १२,१४,१६,१८, वेष्ट अनरेटेड र १५००, १७००, १९०० मुनिका रेटेड खेलाडीहरु गरि ३८ जनाले नगद पुरस्कार प्राप्त गर्ने मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए।
नेपाल बुद्धिचाल महासंघको तत्वावधानमा मकवानपुर जिल्ला बुद्धिचाल संघ, हेटौंडा चेस क्लब र नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा जारी प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]