2 years ago
December 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा स्ट्याग ग्लोबल च्याम्पियन्स लिग २३ हुने भएको छ । एकेडेमीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै च्याम्पियन्स लिगको ट्रफी सार्वजनिक गरेको हो । सहप्रायोजक मेटल सेपरले च्याम्पियन्स लिगको रनिङ ट्रफी र अनुमानित बजेटको १५ प्रतिशत रकम अर्थात २ लाख ८५ हजार रुपैयाँ प्रदान गर्ने प्रवन्ध निर्देशक निरज जोशीले जानकारी दिए ।

मंगलबारदेखि सुरु हुने च्याम्पियन्स लिगको सबै तयारी पूरा भएको छ । स्ट्याग ग्लोबल प्रालि भारतको मुख्य प्रायोजन रहेको प्रतियोगितामा ९ टोलीले सहभागिता जनाउनेछन्। मुख्य प्रायोजकले च्याम्पियन्स लिगमा आवश्यक टेबल टेनिस, बल, स्कोर बोर्ड, टावेल बक्स, अफिसियल किट लगायतका सामाग्री उपलब्ध गराउने एकेडेमीकी प्रवन्ध निर्देशक नविता श्रेष्ठले जानकारी दिईन्।
पाँच दिनसम्म चल्ने मिक्स टिम लिगमा तिन विभागीयसहित ९ टोलीले सहभागिता जनाउनेछन्। लिगमा आयोजक स्ट्याग च्याम्पियन्स टेवल टेनिस एकेडेकीसहित नेपाल प्रहरी, त्रिभुवन आर्मी, एपीएफ क्लब, एभिएम टेवल टेनिस क्लव, कान्तिपुर भ्याली पिङ पोङ क्लब, नगाउन स्पोर्टस् क्लब, गड स्पिन टिटि एकेडेमी, ज्ञानभैरव दिल्लीबजार टीटी क्लब सहभागी हुनेछन्। सहभागी पाँच टोलीले एक महिला र पु?ष गरि दुई विदेशी खेलाडी अनुबन्ध गरेका छन्।
लिगमा सहभागी हुने आयोजक एकेडेमीसहित पुलिस क्लब, एपीएफ, एभिएम, कान्तिपुरले विदेशी खेलाडी अनुबन्ध गरेका छन्।
लिगको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेताले १ लाख र सेमिफाइनलिष्ट दुई टोलीले समान ५० हजार रुपैयाँ प्राप्त गर्ने श्रेष्ठले जानकारी दिईन्।
प्रतियोगितालाई सम्पन्न गर्न १९ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगिता १९ गतेदेखि २३ गतेसम्म चल्नेछ।
प्रतियोगितामा पाँच टोली पुलिस, एभिएम टेलबल टेनिस, कान्तुपर, एपिएफ र स्ट्यागले समान पाँच महिला र पुरुष गरि १० विदेशी खेलाडी राखेका छन् । नेपालबाट पहिलो पटक एकै टोलीमा दुई पुरुष र एक महिलाले प्रतिस्पर्धा गर्नेछन् ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]