default_image

2 years ago

December 19, 2023

चीनमा टिम चेसमा नेपालको सहभागिता

429 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– चाइना चेस संघको आमन्त्रणमा नेपालसहित ८ राष्ट्र सम्मिलित साङ्घे होल्डिङ्ग कप पाँचौ एससिओ अन्तर्राष्ट्रिय टिम चेस प्रतियोगिता चीनको साङ्डोङ प्रदेशमा सम्पन्न भएको छ ।

आयोजक चनिको ३ टोलीसहित सहित नेपाल, मङ्गोलिया, इरान, किर्गिस्तान, काजकिस्तान, ताजिकिस्तान र रसिया देशका सुपर जिएम सहित विश्व स्तरीय खेलाडीको सहभागिता प्रतियोगितामा रहेको नेपाल बुद्धिचाल महासंघले जनाएको छ ।

प्रतियोगितामा ९ चरणको खेल भएको थियो । तेस्रो चरणको खेलमा नेपालका १९२६ रेटेड सिएम कृष्ण थापाले २१औं विश्व वरियताका २७४४ रेटेड चाइनिज सुपर जिएम वीई र सातौं चरणको खेलमा ३२ औं विश्व वरियताका २७१२ रेटेड रसियन खेलाडी सुपर जिएम ड्यानियल डुबोभसंग प्रतिस्पर्धा गरेका थिए । कृष्णले आफू भन्दा उच्च खेलाडीह ४ जिएम, १ आईएम र २ एफएम संगको खेल मध्ये ताजकिस्तानका २२७६ रेटेड आईएम मोहम्मद खुसेन खोजेभलाई बराबरीमा रोकेका थिए ।

अर्का नेपाली खेलाडी १९९२ रेटेड सिएम मिलन लामाले पनि ३५औं विश्व वरियताका २७१० रेटड सुपर जिएम वाङ् युएसंग प्रतिस्पर्धा गरे । मिलनले उच्च खेलको प्रदर्शन गर्ने क्रममा मङ्गोलियाका २३४० रेटेड एफएम अमिलाल मुंखदालिल संग बराबरी खेले भने काजकिस्तानका २१८९ रेटेड सिएम आसिलोभ मिरास र ताजिस्कास्तानका २१५८ रेटेड एफएम कारिमोभ अलिशेरलाई पराजित गरे ।

नेपाली महिला खेलाडी १५०३ रेटेड कृतिसरा अधिकारीले पनि वोर्ड च्याम्पियनसिपका दाबेदारी उच्च वरियता प्राप्त चाइनाकी २५२८ रेटेड जिएम तान जोङ्गयी लगायतका डब्लू जिएम, आईएम, डब्लू आईएम,डब्लू एफएमसँग प्रतिस्पर्धा गरिन् ।

अन्तर्राष्ट्रिय आमन्त्रित टिम चेस प्रतियोगितामा नेपाल बुद्धिचाल महासंघका कावा अध्यक्ष हिराकाजी महर्जनको नेतृत्वमा दुई पुरुष र एक महिला खेलाडीहरुले सहभागी जनाएका थिए । प्रतियोगिताका विजेता रसियन टिमले ८० हजार युयान, दोस्रो टोली चीनले ६० हजार र तेस्रो टोलीले मङ्गोलियाले ४० हजार युयान प्राप्त गरे । दसौं स्थानमा रहेको नेपालले ६ हजार युयान प्राप्त गर्यो ।

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

Success

Thank you for your time.