default_image

2 years ago

December 23, 2023

तुल्सिलाल स्मृति बुद्धिचाल हुने

578 views

0 Bookmark

काठमाडौं ( हाम्रो खेलकुद)- ललितपुर स्पोर्ट्स क्लब र नेपाल बुद्धिचाल महासंघको संयुक्त आयोजनामा छैटौं तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिता यसै महिना हुने भएको छ।

नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव स्वर्गीय तुल्सिलाल अमात्यको स्मृतिमा ललितपुरको च्यासल स्थित तुल्सिलाल प्रतिष्ठान हलमा लिग कम नकआउट आधारमा प्रतियोगिता हुने महासंघले शनिबार पत्रकार सम्मेलनमा जानकारी दियो।

पुस २३ देखि २८ गते सम्म हुने प्रतियोगिताको विजेता टोलीले २ लाख , दोस्रोले १ लाख २० हजार , तेस्रोले ६० हजार र चौथो हुने टोलीले ४० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
त्यसैगरी प्रत्येक बोर्डमा प्रथम हुने ४ जना खेलाडीहरुलाई जनही १० हजार रुपैयाँ पुरस्कार राखिएको बताइएको छ।

प्रतियोगितामा कुल ४ लाख ७० हजार रुपैयाँ पुरस्कार राखिएको प्रतियोगिताका संयोजक राजु ताम्राकारले जानकारी गराए ।

विगत भन्दा फरक शैलीमा खेलाइने प्रतियोगिताका प्रत्येक टिममा वैकल्पिक सहित ५ जना खेलाडीहरुको सहभागिता रहने जनाइएको छ। जस अनुसार प्रतियोगिता संरचनामा खेलाडीहरुलाई ए, बी, सी र डी गरि चार समूह वर्गीकरण गरिएको छ।

जस अनुसार समूह ए मा टाइटल प्राप्त खेलाडी, पूर्व नेपाल च्याम्पियन, राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट दश स्थान प्राप्त खेलाडी तथा १९०० रेटिङ माथिका खेलाडी रहने छन्। 

समूह बि मा १९०० रेटिङ मुनिका खेलाडीहरु, समूह सि मा यु१९ र मूह डि मा यु १६ वा महिला खेलाडी रहने छन् । वैकल्पिक खेलाडीमा जुन समुहको खेलाडी हो त्यही ठाउँमा प्रतिस्पर्धा गर्न पाउने बताइएको छ।

प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन थापाथली चेस पार्क क्लब , ललितपुर स्पोर्ट्स क्लब , गजुरमुखी चेस क्लब , गोल्डेन गेट क्लब , लुम्बिनी इभेन्ट मेनेज्मेन्ट टिम, हिमालयन चेस क्लब लगायत सातै प्रदेशका टिमहरुको सहभागिता रहने महासंघका महासचिव धरम बहादुर लामाले प्जानकारी गराए।

प्रतियोगिता सञ्चालनमा गर्न ३१ लाख रुपैयाँ खर्च हुने अनुमान छ । बागमति प्रदेश खेलकुद परिषद् , राष्ट्रिय खेलकुद परिषद , स्थानीय तह , शुभेच्छुक संघ संस्था र व्यक्तिहरुको प्रतियोगितामा सहयोग रहने महासंघका कार्यवहाक अध्यक्ष हेराकाजि महर्जनले जानकारी दिए ।

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

Success

Thank you for your time.