2 years ago
December 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्ले बुधवारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरू हुँदैछ।
सिजनको कुल आठ मध्ये यो प्रतियोगितामा गत सिजन अर्डर अफ मेरिटमा पर्न सफल उत्कृष्ट १६ खेलाडीले खेल्न पाउनेछन। तर यो पटक नेपाल नम्बर एक शुक्र बहादुर राईसँगै उत्कृष्ट १६ मा पर्ने चार खेलाडीले सहभागिता जनाउने छैनन्।
यही कारण अर्डर अफ मेरिटको उत्कृष्ट २० सम्म पर्न सफल खेलाडीले यो प्रतियोगितामा दाबेदारी प्रस्तुत गर्नेछन्। शुक्रसँगै १४औं वरियताका टंक बहादुर राई, १५औं वरियताका बलभद्र राई र १६औं वरियताका कमल तामाङले व्यक्तिगत कारण नखेल्ने भएका हुन।
चार खेलाडीले नाम फिर्ता लिँदा अर्डर अफ मेरिटमा दोस्रो स्थानमा रहेका भुवन नगरकोटी यो प्रतियोगिताका टप सिडेड खेलाडीको रूपमा रहनेछन। १७औं वरियताका दीपक मगर, १८औं वरियताका तोरण विक्रम शाही, १९औं वरियताका प्रदीप कुमार लामा र २०औं वरियताका रामकृष्ण श्रेष्ठले म्याच प्लेमा स्थान बनाएका छन्।
म्याच प्लेको ड्र अनुसार भुवन नगरकोटीले पहिलो चरणमा २०औं वरियताका रामकृष्ण श्रेष्ठसँग खेल्नेछन। तेस्रो वरियताका नीरज तामाङको सामना १९औं वरियताका प्रदीप कुमार लामाले गर्नेछन। डिफेन्डिङ च्याम्पियन तथा चौथो वरियताका दिनेश प्रजापतिले १८औं वरियताका तोरण विक्रम शाहीसँग खेल्नेछन। यस्तै १७औं वरियताका दीपक मगरले पाँचौ वरियताका जयराम श्रेष्ठलाई प्रतिद्वन्द्वीको रूपमा पाएका छन।
यसैगरी पहिलो चरणकै अर्को खेलमा छैटौं वरियताका सञ्जय लामा र १३औं वरियताका शिवराम पौडेलबीच प्रतिस्पर्धा हुनेछ। सातौं वरियताका रबि खड्काको सामना १३औं वरियताका रमेश अधिकारीले गर्नेछन। अर्को खेलमा आठौं वरियताका रामे मगर र ११औं वरियताका सूर्य प्रसाद शर्माबीच क्वाटर फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ। यस्तै नवौं वरियताका धन बहादुर थापा र १०औं वरियताका भुवन कुमार रोक्काले पहिलो चरणको खेलमा एक अर्काको सामना गर्नेछन्।
पहिलो चरणका विजेता आठ खेलाडी क्वाटरफाइनलमा प्रवेश गर्नेछन्। क्वाटरफाइनल खेलहरू विहिबार हुनेछन्। सेमिफाइनल शुक्रबार हुनेछ। पहिलो चरण, क्वाटरफाइनल, सेमिफाइनल र तेस्रो स्थानको खेल १८ होलको हुनेछ। शनिबार हुने फाइनल खेल भने ३६ होलको हुनेछ।
खेलाडीहरूले कुल २ लाख ५० हजार नगद पुरस्कारको लागि प्रतिस्पर्धा गर्नेछन्। पहिलो चरणमा पराजित हुने आठ खेलाडीहरूले जनही ६ हजार तथा क्वाटरफाइनलमा पराजित चार खेलाडीले ११ हजार प्राप्त गर्नेछन। विजेताले ६० हजार प्राप्त गर्दा दोस्रो हुने खेलाडीले ४२ हजार तथा तेस्रो र चौथो हुने खेलाडीहरूले क्रमश ३२ हजार र २४ हजार प्राप्त गर्नेछन।
नेपाल पीजीएका अध्यक्ष रविन्द्रमान श्रेष्ठले व्यावसायिक गल्फमा निरन्तर सहयोग गरेकोमा प्रमुख प्रायोजक सूर्य नेपाल प्रालिलाई धन्यवाद दिए।
उनले भने, “सूर्य नेपाल प्रालिको सहयोग बिना यो टुर यहाँसम्म आउन सक्ने थिएन। नेपालमा गल्फ क्रमशः बिकास भईरहेकोछ र भोली देखि सुरु हुने सूर्य नेपाल म्याच प्ले प्रतिस्पर्धात्मक हुनेछ भन्ने विश्वास लिएको छु।“
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]