default_image

2 years ago

December 28, 2023

दिनेश र जयराम सूर्य नेपाल एनपिजिए म्याच प्लेको फाइनलमा

275 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकुद) – उपाधि रक्षाका लागि दिनेश प्रजापतिले सूर्य नेपाल एनपीजीए म्याच प्लेको फाइनलमा चौथो वरियताका जयराम श्रेष्ठको सामना गर्ने भएका छन्।

सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिताको बिहीबार भएको सेमिफाइनल जित्दै दिनेश र जयरामले एक अर्कासँगको भेट पक्का गरेका हुन्।

रोयल नेपाल गल्फ क्लबमा जारी प्रतियोगिताको सेमिफाइनलमा तेस्रो वरियताका दिनेशले १६औं होलमा जित आफ्नो पक्षमा पारे। उनले सातौं वरियताका रामे मगरलाई ३/२ले हराउँदै लगातार दोस्रो पटक यो प्रतियोगिताको फाइनलमा स्थान बनाए।

उनले नौ होलको समाप्तीमा दुई होलको अग्रता बनाइसकेका थिए। उपाधि रक्षा गर्न दिनेश अब मात्र एक जित टाढा रहेका छन्।

अर्को सेमीफाइनल खेलमा चौथो वरियताका जयरामले नवौं वरियताका भुवन कुमार रोक्कालाई अत्यन्त प्रतिस्पर्धामक खेलको अन्तिम होलमा हराए। नवौं होलको समाप्तीमा जयरामले एक होलको अग्रता बनाएका थिए।

भुवनले पुनरागमन‌ गर्दै १५ होलको‌ समाप्तिमा एक होलको‌ अग्रता बनाएका थिए। तर १६औं‌ र १७औं होल आफ्नो पक्षमा पारेका जयरामले फाइनलमा स्थान सुरक्षित गरे।

यसअघि आजै भएको क्वाटरफाइनलमा नवौं वरियताका भुवनले अप्रत्याशित नतिजा निकाले। उनले पहिलो वरियताका दाबेदार भुवन नगरकोटीलाई ४/३ ले हराए। जयरामले क्वाटरफाइनलमा पाँचौ वरियताका सञ्जय लामालाई २/१ ले हराएका थिए।

अर्को क्वाटरफाइनलमा दिनेशले छैटौ वरियताका रवि खड्कालाई अन्तिम होलमा संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनलमा पुगेका थिए। यस्तै रामेले क्वाटरफाइनलमा १५औं वरियताका प्रदीप कुमार लामालाई २/१ ले माथ दिए। प्रदीपले हिजो पहिलो चरणमा दोस्रो वरियताका नीरज तामाङलाई हराएका थिए।

दिनेश र जयरामबीच शुक्रबारका लागि तय फाइनल ३६ होलको हुनेछ। तेस्रो स्थानका लागि भुवन र रामेबीच १८ होलको प्रतिस्पर्धा हुनेछ।

कुल २ लाख ५० हजार रुपैयाँ पुरस्कार‌ रहेको प्रतियोगिताको विजेताले ६० हजार , दोस्रो ४२ , तेस्रोले ३२ चौथोले २४ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.