default_image

2 years ago

December 29, 2023

दिनेशद्वारा सूर्य नेपाल एनपिजिए म्याच प्लेको उपाधि रक्षा

306 views

0 Bookmark

काठमाडौं ( हाम्रो खेलकुद) –दिनेश प्रजापतिले नेपाल एनपीजीए म्याच प्लेको उपाधि रक्षा गरेका छन् ।
शुक्रबार चौंथो वरियताका जयराम श्रेष्ठलाई हराउँदै दिनेशले उपाधि जोगाउन सफल भएका हुन् ।

सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिताको फाइनल ३६ होलमा थियो। रोयल नेपाल गल्फ क्लबमा भएको फाइनलमा दिनेश ६/४ ले विजयी भएका हुन् । दिनेशको करियरको यो दोस्रो उपाधि हो। 

अनुभवी चौथो वरियताका जयराम र तेस्रो वरियताका दिनेशबीच १८ होलसम्म कडा प्रतिस्पर्धा चलेको थियो। नवौं होलको समाप्तीमा जयराम एक होलले अगाडि थिए। तर १८ होलको समाप्तीमा दिनेशले खेललाई बराबरीमा पुर्याए। 

यसपछि भने दिनेश खेलमा हाबी बने। १९औं होलमा करिब ३० यार्डबाट दिनेशले बर्डी प्रहार गर्दै एक होलको अग्रता बनाए। २३औं होलमा जयरामले पार जोगाउन सकेनन् भने दिनेशले पारमा नै यो होल जितेर दुई होलको अग्रता बनाए। खेलमा फर्कन जयरामलाई जित जरूरी थियो। तर यसपछि २४ देखि २७ होल बराबरीमा सकियो। 
२८औं होलमा पार खेल्दै तीन होलको आरामदायी अग्रता दिनेशले बनाए। दबाबमा परेका जयराम खेलमा फर्कन सकेनन् भने ३१औं होल पनि दिनेशले नै जित्दा ५ होलको अग्रता बनाए। यसपछि ३२औं होलमा खराब टि सट हानेसँगै जयरामले हार आत्मसात गर्दा दिनेशले ४ होल अघि नै उपाधि आफ्नो नाममा लेखाए। 

दिनेशले पहिलो चरणमा तोरण विक्रम शाही, क्वाटरफाइनलमा रवि खड्का र सेमिफाइनलमा रामे मगरलाई हराएका थिए।
उपाधिसँगै दिनेशले ६० हजार रुपैयाँ प्राप्त गरेका छन। दोस्रो भएका जयरामले ४२ हजार रुपैयाँ पाए । दिनेशले सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनमा प्रोफेसनलतर्फ पहिलो स्थान प्राप्त गरेका थिए। जारी टुरमा दुई मध्ये दुबै प्रतियोगितामा सानदार प्रदर्शन गर्दै सिजनको सुरूवात उत्कृष्ट गरेका छन्। 

सातौं वरियताका रामे मगरले तेस्रो स्थान प्राप्त गरे। उनले १८ होलको प्रतिस्पर्धामा नवौं वरियताका भुवन कुमार रोक्कालाई १८औं होलमा हराए। रामेले ३२ हजार र भुवनले २४ हजार रुपैयाँ हात पारे। 

कुल २ लाख ५० हजार रुपैयाँ पुरस्कार‌ रहेको प्रतियोगितामा पहिलो चरणमा पराजित हुने आठ  खेलाडीहरूले जनही ६ हजार प्राप्त गरे। क्वाटरफाइनलमा पराजित चार खेलाडीले जनही ११ हजार प्राप्त गरे। 
सूर्य नेपाल प्रा.लि.का मार्केटिङ म्यानेजर केशव प्रधान, एनपीजीएका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, आरएनजीसीका अध्यक्ष मधुकर याक्थुम्बा, आरएनजीसीका क्याप्टेन मिथुन राई र आरएनजीसीका कोषाध्यक्ष रोशन श्रेष्ठलगायतले पुरस्कार वितरण गरे।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.