2 years ago
January 8, 2024
ललितपुर (हाम्रो खेलकुद) – नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको आयोजना छैटौं तुल्सीलाल स्मृति क्लब राष्ट्रिय बुद्धिचाल टिम च्याम्पियनसिप सोमबार सुरु भएको छ ।

ललितपुरको च्यासल स्थित तुल्सीलाल स्मृति प्रतिष्ठान हलमा लिग कम नकआउट आधारमा शुरु भएको प्रतियोगितामा नेपाल भरका शिर्ष क्लबहरु साविक विजेता थापाथली चेस पार्क क्लब, ललितपुर स्पोर्ट्स क्लब, लुम्बिनी इभेन्ट मेनेज्मेन्ट टिम, सुदुर पश्चिम खेलकुद विकास परिषद , दोलखा चेस होम, दोलखा बुद्धिचाल संघ, गण्डकी प्रदेश बुद्धिचाल संघ, कास्की जिल्ला बुद्धिचाल संघ, ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, पुल्चोक क्याम्पस र ललितपुर जिल्ला बुद्धिचाल संघ गरि १९ टोली सहभागी छन् ।
पहिलो चरणको खेलमा दोलखा चेस होमले मखन चेस क्लबसंग, गोदावरी नगरपालिकाले थापथलि चेस पार्कसंग, दोलखाले मकवानपुरसंग, मध्यपुर ठिमिले लुम्बिनी इभेन्ट मानेजमेन्टसंग, ललितपुर स्पोर्ट्स क्लबले माउण्ट एभरेष्ट चेस क्लबसंग, कास्किले कोसिसंग, ललितपुर महानगरपालिकाले कान्तिपुरसंग, सुदुर पश्चिमले भक्तपुरसंग, ललितपुर जिल्ला संघले पुल्चोक चेस क्लबसंग प्रतिस्पर्धा गरेका छन्।
वोर्ड नं ५ मा आयोजक ललितपुर स्पोर्ट्स क्लबका सरोज महर्जनले सन्तोष गौतमलाई, रत्न ब्यञ्जनकारले मणिराज डाँगिलाई, रिशोन थापाले अग्रिम शैंजुलाई र आयुष डेमनलाई लक्ष्य मोर माथि ४–० ले जित दर्ता गरेका छन् । त्यसैगरी वोर्ड नं. ८ मा पुरुषोत्तम सिल्वालले अभिषेक पान्डेलाई, स्वर्णिम दुवालले भारगव चटौटलाई, अभिषेक शाहले सुदिन कोजुलाई हराए भने राजे कक्षपति र महेश खड्का बिच बराबरी संगै भक्तपुर जिल्ला बुद्धिचाल संघले सुदुर पश्चिम प्रदेश चेस संघ माथि ३.५–०५ ले जित निकाल्यो ।
लगत्तै वोर्ड नं. ९ मा नवीन कलौनिले कृष्णमान महर्जनलाई , सुजन काफ्लेले कपिल घिमिरलाई हराए , निरञ्जन धौबञ्जार र बाबुराजा महर्जन बिच बराबरी खेल हुदा पुल्चोक चेस क्लबले ललितपुर जिल्ला संघ माथि २.५–१.५ अंकले जित निकालेका छन्।
आजको नतिजामा आयोजक ललितपुर स्पोर्ट्स क्लब , भक्तपुर जिल्ला बुद्धिचाल संघ, पुल्चोक चेस क्लब, कोसि प्रदेश चेस क्लब, दोलखा जिल्ला संघ, गोदावरी नगरपालिकाले समान २ अंक हासिल गरि अग्रस्थानमा रहेका छन् ।

प्रतियोगिताका संयोजक राजु ताम्राकारका अनुसार विजेता टोलीले २ लाख, दोस्रोले १ लाख २० हजार, तेस्रोमा ६० हजार र चौथो ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी प्रत्येक बोर्डमा प्रथम हुने ४ जना खेलाडीले समान १० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा कुल ४ लाख ७० हजार रुपैयाँ पुरस्कार छ ।
त्यसअघि राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले सेतो गोटी र बुद्धिचाल महासंघका कार्यवाहक अध्यक्ष हेराकाजि महर्जनले कालो गोटी चालेर संयुक्त रुपमा उदघाटन गरे । सस्य सचिव घिसिङले खेलाडी आवासको परिकल्पना गरेर हालको मन्त्री निवास हरिहर भवनमा खेलकर्मी आवास गृह बनाउन मन्त्री परिषद मार्फत सिफारिस गरिसकेको जानकारी गराएका छन् ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]