default_image

2 years ago

January 10, 2024

राष्ट्रिय टिम बुद्धिचालमा दोलखाको अग्रता

483 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद) – छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको तेश्रो दिन पाँचौं चरणसम्मको समाप्तिमा दोलखा चेस होम नेपालले एकल अग्रता लिएको छ ।

नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजना जारी प्रतियोगितामा बुधबार चौंथो चारणमा आयोजक ललितपुर स्पोर्ट्स क्लबमाथि जित निकालेको थियो। पाँचौं चरणमा थापाथली पार्क चेस क्लबलाई पराजित गर्दै १० अंकसहित दोलखा एकल अग्रता लिन सफल भएको हो ।

दोलखाका वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवालले आजको खेलमा राजन सुवेदीलाई हराए भने क्षितिज भण्डारीसँग बराबरी खेले । दोश्रो बोर्डमा खेलिरहेका सुश्रुत दहालले सुरोज महर्जनमाथि जित निकाले भने सुसिल चौधरीसँग बराबरी खेले ।

त्यसैगरी महान नर्सिङले रिसोन थापासँग बराबरी खेले भने सेम सुब्बामाथि जित हासिल गरे । गर्ल्स र अण्डर १६ युवा अन्तर्गत डब्लुएफए सुजना लोहनीले आयुष देमन रौरालाई पराजित गर्दै अनुप जंग शाहसँग बराबरी खेलिन्। दोलखाका चारै जना खेलाडीहरुले टिमलाई जिताउन महत्वपूर्ण योगदान पुर्याए ।

अर्को टिमतर्फ आयोजक ललितपुर स्र्पोट्स क्लब चौंथो चरणमा दोलखा चेस होमसँग ३.५- .५अंकले पराजित भयो । पाँचौं चरणमा भने भक्तपुर जिल्ला बुद्धिचाल संघलाई ३-१ले अंकले हराउँदै नकआउट चरणमा प्रवेशको‌ सम्भावनालाई जीवित राखेको‌ छ ।

आयोजक ललितपुरका राजन सुवेदीले पुरुषोत्तम दहालसँग बराबरी गरेका छन् भने सुरोज महर्जनले विक्रम चोकामीलाई हराए । रिसोन थापाले स्वर्णिम दुवाललाई पराजित गरे र आयुष देमन रौराले अभिक शाहसँग बराबरी गर्दै टिमलाई महत्वपूर्ण जित दिलाए । ललितपुर स्पोर्ट्स क्लब ८ अंकसहित दोश्रो स्थानमा रहेको छ ।

मकवानपुर जिल्ला बुद्धिचाल संघले ललितपुर महानगरपालिकालाई ३-१ ले पराजित गर्दा सीएम कृष्ण थापाले सीएम सजिन महर्जनसँग हार व्यहोरे भने सिन्देश्वर दाशले कमल श्रेष्ठलाई, सुदेन टुईटुईले आर्य मुकारुङलाई र अनुशा गौतमले पुनम प्रसाईंलाई पराजित गरे ।

त्यस्तै पाँचौं चरणमा मकवानपुर जिल्ला बुद्धिचाल संघका सीएम कृण थापाले गोदावरी नगरपालिकाका धिरेन राईलाई र अनुशा गौतमले सान्ती धिमाललाई हराइन् । सिन्देश्वर दाशले सानुभाई महर्जनसँग बराबरी गर्दा सुदेन टुईटुई सुभम न्यौपानेसँग पराजित भए । मकवानपुरले ८ अंक प्रोग्रेसिप आधारमा तेश्रो स्थानमा रहेको छ ।

पाँचौं चरणको नतिजा अनुरुप कोशी प्रदेश चेस संघ र थापाथली चेस पार्क समान ७ अंक जोड्दै नकआउट चरणमा पुग्ने सम्भावनालाई जीवित राखेका छन् ।भक्तपुर जिल्ला बुद्धिचाल संघ, दोलखा जिल्ला बुद्धिचाल संघ र लुम्बिनी इभेन्ट म्यानेज्मेन्ट समान ६ अंक जोडेर क्रमशः छ्रैटौं, सातौं र आठौं स्थानमा रहेका छन् ।

प्रतियोगितामा गोदावरी नगरपालिका, पुल्चोक चेस क्लब र कास्की जिल्ला बुद्धिचार संघ समान ५ अंकसहित नवौं, दशौं र एघारौं स्थानमा रहेका छन् ।

बिहीबार ब खेलहरुमा मकवानपुर जिल्ला बुद्धिचाल संघले दोलाखा चेस होमसँग, थापाथली पार्क चेस क्लबले ललितपुरसँग, कोसी प्रदेश चेस संघले दोलखा चेस संघसँग, लुम्बिनीले भक्तपुरसँग र कास्कीले गोदावरीसँग नगरसँग प्रतिस्पर्धा गर्नेछन् ।

सातौं चरणको खेल पश्चात् उत्कृष्ट चार टिमले नकआउट चरणमा प्रवेश गर्नेछन् । जसमा सेमिफाइनलपछि फाइनल प्रवेशसँगै उपाधिका लागि दावेदारी प्रस्तुत गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले २ लाख, दोस्रो १ लाख २० हजार, तेस्रोले ६० हजार र चौथोले ४० हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रत्येक बोर्डमा प्रथम हुने ४ जना खेलाडीहरुलाई जनही १० हजार पुरस्कार रुपैयाँ पाउनेछन्।

पुस २८ गते सम्म चल्ने प्रतियोगितामा कुल पुरस्कार ४ लाख ७० हजार रुपैयाँ पुरस्कार रहेको छ।

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

Success

Thank you for your time.