2 years ago
January 12, 2024
ललितपुर (हाम्रो खेलकुद) – दोलखा चेस होम नेपाल र भक्तपुर जिल्ला बुद्धिचाल संघबीच छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ ।
नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजना जारी प्रतियोगितामा शुक्रबार सम्पन्न नकआउट चरणको पहिलो खेलमा दोलखाले मकवानपुर जिल्ला बुद्धिचाल संघलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
फाइनलमा पुग्ने क्रममा दोलखाले मकवानपुरमाथि २-५ र १-५ को जित हासिल गर्यो । जसमा वर्तमान नेपाल च्याम्पियन रुपेश जैसवाल र कृष्ण थापाबीचको खेल बराबरीमा सकिएको थियो ।
त्यस्तै सुश्रुत दहाल सिन्देश्वर दाशसँग हारे भने मुहान नर्सिङ श्रेष्ठले सुदेन टुईटुईलाई र सुजना लोहनीले अनुस्ना गौतमलाई हराउँदै फाइनलपुर्याएका थिए ।
त्यसैगरी नकआउट चरणको दोश्रो खेलमा भक्तपुरले कोशी प्रदेश बुद्धिचाल संघलाई पराजित गर्दै फाइनलमा दोलखासँगको भेट पक्का गरेको हो । सेमिफाइनल अन्तर्गत क्लासिकल चरण बराबरीमा सकिएपछि खेल टाइब्रेकर गएको थियो । जसमा भक्तपुर विजयी भयो । जित निकाल्ने क्रममा भक्तपुरले कोशीलाई टाइब्रेकरको चार वटै खेलमा पराजित गर्यो ।
क्लासिकल चरणमा भक्तपुरका युवा खेलाडी पुरुषोत्तम सिलवाल र कोशीका प्रकाश चन्द्र नेपाल तथा भक्तपुरका स्वर्णिम दुवाल र कोशीका मिसन दहालबीचको खेल बराबरीमा सकियो ।

भक्तपुरका राजेश कक्षपती कोशीका सविन चन्द्र घिमिरेसँग पराजित भएका थिए । अभिक शाहले कोशीका कृतिशारा अधिकारीलाई हराउँदै टिमलाई स्ट्यान्डर चरणमा बराबरी गर्दै खेललाई टाइब्रेकरमा पुर्याएका थिए ।
टाइब्रेकरमा भक्तपुरका पुरुषोत्तमले कोशीका प्रकाशलाई
, विक्रमले सविनलाई, स्वर्णिमले मिसनलाई र अभिकले कृतिशारालाई हराएपछि टिम ४-० सहित फाइनलमा पुगेको हो। ललितपुरस्थित तुल्सीलाल स्मृती प्रतिष्ठानमा जारी प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।
राष्ट्रिय स्तरका उत्कृट १९ क्लबले प्रतिस्पर्धा गरेको प्रतियोगितामा विजेताले २ लाख दोस्रो टोलीले १ लाख २० हजार, तेस्रोले ६० हजार र चौथोले ४० हजार रुपैयाँ प्राप्त गर्नेछ।
हरेक बोर्डमा विजयी हुने ४ खेलाडीले जनही १० हजार रुपैयाँ पाउँनेछन् । प्रतियोगितामा कुल ४ लाख ७० हजार रुपैयाँ पुरस्कार रहेको छ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]