2 years ago
January 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – यसपटकको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड होटल याक एण्ड यतिको लाल दरबार हलमा हुने भएको छ ।
पाँचतारे होटल याक एन्ड यति र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) बीच शुक्रबार कार्यक्रमको मुख्य आयोजनास्थल सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा याक एन्ड यतिका महाप्रबन्धक मोनिका साइब्लावर र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले हस्ताक्षर गरे ।
सम्झौताअनुसार होटल याक एन्ड यति २०औं संस्करण पल्सर स्पोर्ट्स अवार्डको हस्पिटालिटी पार्टनरको रूपमा रहनेछ ।सम्झौतापछि महाप्रबन्धक मोनिका साइब्लावरले नेपाली खेलाडीलाई पुरस्कृत गर्ने यो प्रतिष्ठित अवार्ड कार्यक्रममा जोडिन पाउँदा गर्व लागेको बताइन् ।
मञ्चका अध्यक्ष सुवेदीले भने, ‘विगतमा मञ्चले ठूलो संख्याको दर्शकमाझ अवार्ड कार्यक्रम गर्दै आएकोमा यसपालि फरक स्वरुपमा प्रस्तुत गर्ने क्रममा पाँचतारे होटल रोजेका हौं, यसले नयाँ रूपले अवार्डलाई बढाउन सहयोग पुग्ने विश्वास लिएका छौं ।पल्सर स्पोर्ट्स अवार्ड माघ २८ गते हुनेछ ।
विभिन्न ९ विधामा हुने अवार्ड कार्यक्रमको पिपल्स च्वाइस विधाको मनोनयनमा पर्ने खेलाडीको नाम सार्वजनिक भइसकेको छ ।त्यसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ पिपल्स च्वाइसको प्रतिस्पर्धामा छन् ।
यस विधाको विजेता ई–सेवा भोटिङ, मञ्चका सदस्यको मत, सामाजिक सञ्जाल (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट गर्नुपर्ने) बाट मत र २७ खेलका प्रमुख प्रशिक्षकको मतका आधारमा हुनेछ ।
पल्सर स्पोर्ट्स अवार्ड २०७९ का लागि प्रदान गरिने अन्य विधामा उत्कृष्ट वर्ष पुरुष खेलाडी, उत्कृष्ट वर्ष महिला खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक, उत्कृष्ट वर्ष युवा खेलाडी, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेको छ ।
वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पाउनेछन् । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर पाउनेछन् । वर्ष खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षकको मनोनयन केही दिनमै सार्वजनिक गरिनेछ ।
मनोनयन नहुने विधा लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड पाउने व्यक्तित्वको घोषणा कार्यक्रमकै दिनमा गरिनेछ । यस वर्ष पनि एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकको रूपमा हंशराज हुलासचन्द एन्ड कम्पनीको बजाज पल्सर मोटरसाइकल रहनेछ ।
अन्य सह–प्रायोजक तथा सहयोगीमा ई–सेवा, सूर्य नेपाल प्रालि, सुबिसु, प्लाजा गु्रप अफ होटल, रोयल सिंगी होटल, लालपूर्जा नेपाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) रहेको मन्चले जनाएको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]