default_image

2 years ago

January 24, 2024

सूर्य नेपाल इस्टर्न ओपनमा शुक्रको अग्रता

262 views

0 Bookmark

धरान (हाम्रो खेलकुद) – सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन बुधबार नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राई ३–अन्डर ६७ को स्कोरमा शीर्षस्थानमा रहेका छन् ।

सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको तेस्रो प्रतियोगिताको साविक विजेता शुक्रले धरानका अर्का गल्फर नीरज तामाङलाई १८ होलको समाप्तीमा १ स्ट्रोकले पछि पारे । २–अन्डर ६८ सहित नीरज दोस्रो स्थानमा छन्।

एमेच्योरद्वय युवराज भुजेल र पदम हाङ संयुक्तरुपमा तेस्रो स्थानमा रहे । उनीहरूले १–अन्डर ६९ स्कोर गरे । पुर्व नम्बर एक गल्फर भुवन नगरकोटी इभन–पार ७० सहित पाँचौ स्थानमा र १–ओभर ७१ स्कोरमा रामे मगर छैटौं स्थानमा छन् ।

स्थानीय प्रो सविन सापकोटा र देवराज पाख्रिनले २–ओभर ७२ सहित संयुक्तरुपमा सातौं स्थान बाँडे। भेट्रान गल्फर दीपक मगर ३–ओभर ७३ सहित नवौं स्थानमा रहँदा धन बहादुर थापा र एमेच्योर गजेन्द्र गुरूङ संयुक्तरुपमा दशौं स्थानमा छन् । उनीहरूले ४–ओभर ७४ मा पहिलो दिनको खेल सकाए ।

भारतीय गल्फ टुरमा २०२४ सिजनको लागि कार्ड जोगाएर फर्किएका शुक्रले आज घरेलु कोर्स धरान गल्फ क्लबमा राम्रो सुरुवात गरे । ५–पारको तेस्रो होलमा इगलको सफलता प्राप्त गरे तर लगतै चौथो होलमा डबल बोगीको सामना गरे ।

यसपछि पाँचौ देखि सातौं र नवौं होलमा बर्डीको सफलता प्राप्त गर्दै फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाए। ब्याक नाइनमा उनले लय गुमाए। १३औं होलमा दिनको दोस्रो डबल बोगी खेपेका शुक्रले १२औं र १६औं होलमा एक–एक सट बचाए। तर १७औं होलको बोगीले ब्याक नाइन १–ओभर ३५ मा पुरा गरे ।

धरानका अर्का प्रो नीरज तामाङले पहिलो दिन दोस्रो स्थानमा खेल सकाउने क्रममा उत्कृष्ट सुरूवात गरे । तेस्रो, पाँचौ र नवौं होलको बर्डीले फ्रन्ट नाइन ३–अन्डर ३३ मा सकाए। यसपछि १४औं र १५औं होलमा लगातार दुई बोगी प्रहार गरे। १६औं होलको बर्डीले ब्याक नाइन १–ओभर ३५ मा पुरा गरे ।

एमेच्योर गल्फर युवराजले फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाउने क्रममा तेस्रो र पाँचौ होलमा एक–एक सट बचाए। १२औं होलमा बर्डी प्रहार गरे। तर १४औं १६औं होलको बोगीले ब्याक नाइन १–ओभर ३५ मा सकाए।

अर्का एमेच्योर पदमले पहिलो, छैटौं, आठौं र नवौं होलमा बर्डी प्रहार गरे। तर चौथो होलमा डबल बोगी र पाँचौ होलमा बोगी खेप्दा फ्रन्ट नाइन १–अन्डर ३५ मा सकाए। यसपछि १०औं र १८औं होलमा बर्डी प्रहार गरेका पदमले १४औं र १५औं होलमा एक–एक सट खेर फाले।

तीन दिने ५४ होलको प्रतियोगितामा ३० प्रो र १७ एमेच्योर गल्फर गरी कुल ४७ जनाको सहभागीता रहेको छ। ३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन। यो पटक देखि एमेच्योर खेलाडीको हकमा भने प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागिता जनाउन पाउनेछन् ।

कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, दोस्रोले ९६ हजार र तेस्रोले ७२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै उत्कृष्ट २१ मा पर्न सफल प्रो गल्फरले नगद हात पार्नेछन् ।

प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो–एम प्रतियोगिता हुनेछ। पीजीए नेपालद्वारा आयोजित सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत कुल आठ प्रतियोगिता हुनेछन। जसमा कुल ६५ लाख रुपैयाँ पुरस्कार रहेको छ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.