default_image

2 years ago

January 26, 2024

न्यु डायमण्डका प्रशिक्षक राईलाई ढोरपाटनको सम्मान

1806 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमका प्रशिक्षक कुमार राई सम्मानित भएका छन्‌।

ढोरपाटन स्पोर्टस क्लबले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपको उद्घाटन समारोहमा प्रशिक्षक राईलाई सम्मान गरेको हो ।

महिला भलिबल विकासमा अतुलनीय योगदान गरेकोमा राईलाई सम्मान गरिएको हो । राईको प्रशिक्षणमा न्यु डायमण्डका आधा दर्जन भन्दा बढि खेलाडीले अहिलेसम्म राष्ट्रिय महिला भलिबल टोलीबाट देशको प्रतिनिधित्व गरिसकेका छन् ।

जसमा रमिला तण्डुकार, रेश्मा भण्डारी, प्रतिभा माली, कृपा अधिकारी, सलिना श्रेष्ठ, रिमा कुँवर र प्रगति नाथ रहेका छन् ।

महिला भलिबल खेलाडी उत्पादनका लागि राईको नेतृत्वमा न्यु डायमण्डले झन्डै डेढ दशकदेखि नियमित प्रशिक्षण भइरहेको छ । राई नेपाल भलिबल संघका केन्द्रिय सदस्य पनि हुन् ।

राईको प्रशिक्षणमा न्यु डायमण्डले गत महिना हेटौंडामा केशवलाल स्मृति भलिबल र गत साता पोखरामा टाइगर कप भलिबलमा दोस्रो स्थान प्राप्त गरेको थियो।

माघ २२ गतेसम्म सन्चालन हुने ढोरपाटन महिला भलिबल लिगमा न्यु डायमण्डसहित एपिएफ, बागमती प्रदेश, नेपाल पुलिस क्लब , जावलाखेल भलिबल ट्रेनिङ क्लब, त्रिभुवन आर्मी क्लब, चन्द‌, धादिङ स्पोर्टस क्लब र एन्जल्स हार्ट गरि ८ टोलीको सहभागिता रहेकाे छ ।

पहिलो लिगको शीर्ष ६ स्थानमा रहने टोलीले दोस्रो लिगमा पुनः प्रतिस्पर्धा गर्ने ढोरपाटनले जनाएको छ।ढोरपाटनको १६ औं संस्करणको उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीले एम्पियरको स्कुटर प्राप्त गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले ५ लाख १ हजार, दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रो टोलीले १ लाख २५ हजार, चौथो टोलीले ७५ हजार, पाँचौं टोलीले ५० हजार र छैटौं टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ र एक्सटेपको जुत्ता प्राप्त गर्नेछन् ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.