default_image

2 years ago

January 26, 2024

न्यु डायमण्डको रोमान्चक जित

2401 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– तीव्र प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा जित निकालेको छ ।

न्यु डायमण्ड त्रिभुवन आर्मी क्लबलाई ३-२ ले हराउँदै जितबाट लिगको‌ यात्रा सुरू गरेको हो। पहिलो सेट गुमाएको न्य डायमण्डले १८-२५, २५-२३,२८-२६,१५-१८ र १५-११ ले विजयी भएको थियो। अन्तिम सेटको सुरुवातमा‌ पछि परेर पनि न्यु डायमण्डले‌ खेल उल्टाएको थियो।

पहिलो दिनको‌ खेलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ विजयी भएका थिए। साविक विजेता समेत रहेको एपिएफले बागमती प्रदेशलाई ३-० को सोझो सेटमा हराएको थियो। एपिएफ बागमतीलाई २५-४, २५-५ र २५- २ ले सजिलै हराएको थियो।

ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा शुक्रबार सुुरु भएको लिगको पहिलो खेलमा पुलिसले जावलाखेल भलिबल ट्रेनिङ क्लबलाई ३-० ले हराएको थियो।

नियमित कप्तान कमला पुन, उषा भण्डारी र कामना विष्ट विना उत्रेको पुलिसले २५-१०,२५-१२ र २५-४ ले सहजै खेल जितेको थियो। पुलिसकी‌ कोपिला राना प्लेयर अफ दि म्याच घोषित भएकी थिइन् ।

ढोरपाटन क्लबले आयोजना गरेको लिगमा एपिएफ, बागमती, पुलिस , जावलाखेल, आर्मी क्लब, न्यु डायमण्ड , धादिङ स्पोर्टस क्लब र एन्जल्स हार्ट गरि ८ टोलीको सहभागिता रहेकाे छ ।

पहिलो लिगको शीर्ष ६ स्थानमा रहने टोलीले दोस्रो लिगमा पुनः प्रतिस्पर्धा गर्ने ढोरपाटनले जनाएको छ ।ढोरपाटनको १६ औं संस्करणको उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीले एम्पियरको स्कुटर प्राप्त गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले ५ लाख १ हजार, दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रो टोलीले १ लाख २५ हजार, चौथो टोलीले ७५ हजार, पाँचौं टोलीले ५० हजार र छैटौं टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.