2 years ago
January 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)– एपिएफकी भलिबल खेलाडी रेश्मा भण्डारीको बायाँ घुँडाको बिहीबार सफल शल्यक्रिया भएको छ । बलम्बुस्थित एपिएफ अस्पतालमा डाक्टर शैलेन्द्र श्रेष्ठले उनको घुँडाको शल्यक्रिया गरेको एपिएफ भलिबल टोलीका व्यवस्थापक विजय केसीले जानकारी दिए ।
पुस १५ गते हेटौंडामा केशवलाल स्मृती भलिबल प्रतियोगिता खेल्ने क्रममा उनको घुँडामा चोट लागेको थियो । हेटौडाबाट फर्के देखि नै अस्पतालमा रहँदै आएकी छिन् ।
‘डाक्टर श्रेष्ठले उनको शल्यक्रिया सोचे भन्दा राम्रो भएको र केहि दिनपछि फिजियो सुरु गर्ने भन्नुभएको छ,’ केसीले भने, ‘पूरा ठिक भएर कोर्टमा फर्कन ९/१० महिना लाग्न सक्ने अनुमान छ ।’ एमआरआई गर्दा उनको घुँडाको ५० प्रतिशत एसियल र २ वटा मिनिस्कस टियर भएको बताइएको थियो ।
रेश्माले कोर्टमा फर्केर अर्को वर्ष हुने १० औं राष्ट्रिय खेलकुद खेलेर भलिबलबाट विस्तारै विश्राम लिने सोच बनाएको बताएकी थिइन् । उनले राष्ट्रिय खेलकुदको पाँचौं र छैटौं संस्करण मध्यमान्चलबाट तथा सातौं, आठौं र गत वर्ष नवौं एपिएफबाट खेलेकी थिइन् ।

उनी सन् २०१३ देखि २०१९ को १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्म लगातार राष्ट्रिय टोलीकी सदस्य थिइन् ।
१२ औं सागमा महिला टोलीले कास्य पदक जित्दा र १३ औं सागमा इतिहासिक रजत पदक जित्दा उनी टोलीको सदस्य थिइन् । १३ औं साग अघि सेन्ट्रल जोनको उपाधि जित्दा पनि उनी राष्ट्रिय टोलीमै थिइन् ।
यसै साता एपिएफ भलिबलकी अर्को खेलाडी शशी चौधरीको पनि दायाँ घुडाको शल्यक्रिया भएको थियो ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]