default_image

6 months ago

January 27, 2024

शुक्र सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा गर्न सफल

159 views

0 Bookmark

धरान (हाम्रो खेलकुद)- नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा गरेका  छन्।

अन्तिम दिन शुक्रबार १-अन्डर ६९ सहित समग्रमा ३-अन्डर २ सय ७ को स्कोरमा धरानका अर्का प्रो नीरज तामाङलाई ५ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै शुक्रले लगातार दोस्रो पटक उपाधि जितेका हुन।

शुक्रको यो करियरको दसौं प्रमुख उपाधि हो। उनले उपाधिसँगै १ लाख ४० हजार रुपैयाँ प्राप्त गरेका छन्। दसौं उपाधि जित्दै शुक्रले भेट्रान प्रो दीपक थापा मगर र पुर्व नम्बर एक गल्फर दीपक आचार्यसँग उपाधि सङ्ख्या बराबरी गरेका छन।

अन्तिम १८ होलको सुरूवात गर्दा मात्र एक स्ट्रोकले पछि रहेका नीरजले आज शुक्रलाई चुनौती दिन सकेनन। ३-ओभर ७३ को खराब प्रदर्शन गर्दा समग्रमा २-ओभर २ सय १२ को नतिजामा दोस्रो स्थानमा खेल सकाए। उनले ९६ हजार रुपैयाँ पाए। पुर्व नम्बर एक गल्फर भुवन नगरकोटी समग्रमा ३-ओभर २ सय १३ सहित तेस्रो भए। उनले आज १-ओभर ७१ मा खेल सकाए। उनले ७२ हजार रुपैयाँ प्राप्त गरे।

समग्रमा ७-ओभर २ सय १७ को स्कोरमा राजेन राई, भुवन कुमार रोक्का र रामे मगरले संयुक्तरुपमा चौथो स्थान बाँडे। राजेन र भुवनले आज ३-ओभर ७३ मा खेल सकाउँदा रामेले १-ओभर ७१ खेले। उनीहरूले जनही ५० हजार ५ सय नगद पुरस्कार आफ्नो नाममा लेखाए।
समग्रमा ९-ओभर २ सय १९ को स्कोरमा‌ रबि खड्का सातौं हुदै ३९ हजार रुपैयाँ हात पारे। उनले आज ५-ओभर ७५ मा खेल सकाए।

समग्रमा १० ओभर २ सय २० को नतिजा निकालेका सञ्जय लामा र सूर्य प्रसाद शर्माले संयुक्तरुपमा आठौं स्थानमा प्रतियोगिता सकाए। उनीहरूले जनही ३४ हजार २ सय ५० रुपैयाँ प्राप्त गरे। धरानका देउराज पाख्रीनले समग्रमा ११-ओभर २ सय २१ को स्कोरमा दशौं हुदै ३१ हजार हात पारे। आज उनले ३-ओभर ७३ मा खेल पुरा गरे।

एमरच्योरतर्फ गजेन्द्र गुरूङ समग्रमा ८-ओभर २ सय १८ सहित युवराज भुजेललाई काउन्ट ब्याकमा हराउँदै उपाधि जित्न सफल भए। आज गजेन्द्रले ३-ओभर ७३‌ र युवराजले ६-ओभर ७६ को स्कोर गरे। समग्रमा ११-ओभर २ सय २१ सहित सुमन परियार र सुन्दर राईले संयुक्तरुपमा तेस्रो स्थान बाँडे। सुमनले आज इभन-पार ७० मा खेल सकाउँदा सुन्दरले ५-ओभर ७५ मा खेल पुरा गरे।

अन्तिम १८ होलको खेल सुरू हुदा शुक्र नीरज भन्दा मात्र एक स्ट्रोकले पछि रहेकोले उपाधि दौड प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको थियो। तर नीरजले शुक्रलाई चुनौती दिन सकेनन। शुक्रले सानदार सुरूवात गरे। तेस्रो देखि छेटौं होलसम्म लगातार चार बर्डीको सफलता प्राप्त गरे।

आठौं होलमा एक सट गुमाएपछि फ्रन्ट नाइन ३-अन्डर ३३ मा पुरा गरे। सुरूवात राम्रो गरेपछि शुक्रले ब्याक नाइन बिना दबाब खेले। ११औं होलमा एक सट बचाउँदा १३औं, १४औं र १६औं होलमा बोगी खेपे। ब्याक नाइन २-ओभर ३६ मा पुरा गरेपनि ५ स्ट्रोकको सानदार नतिजामा च्याम्पियन बने।

नीरजले फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए। तेस्रो, छैटौं र नवौं होलमा एक-एक सट बचाए। तर पाँचौँ र आठौं होलमा बोगी प्रहार गरे। फ्रन्ट नाइन सकिंदा नीरज शुक्र भन्दा ३ स्ट्रोकले पछि थिए भने उनले ब्याक नाइनमा बिर्सनलायक ४-ओभर ३८ को प्रदर्शन गरे। १०औं, १४औं र १७औं होलमा बोगी र ४-पारको १५औ होलमा डबल बोगीको सामना गरे। अन्तिम होलको बर्डीले दोस्रो स्थान प्राप्त गरे।

भुवनले ५-पारको छैटौं होलमा डबल बोगी प्रहार गरे। तेस्रो, छैटौं र नवौं होलको बर्डीको मद्दतमा फ्रन्ट नाइन १-अन्डर ३५ मा‌ पुरा गरे। ब्याक नाइनमा तीन बोगी प्रहार गरे। १३औ, १४औं र १७औं होलमा एक-एक सट खेर फाले। १८औं होलमा बर्डी सहित ब्याक नाइन २-ओभर ३६ मा सकाए।

कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगितामा ३० प्रो र १७ एमेच्योर गरी कुल ४७ गल्फरको सहभागीता रहेको थियो। 

प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका मार्केटिङ्ग म्यानेजर केशव प्रधान, नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राई, कोशी प्रदेश गल्फ संघका उपाध्यक्ष भरत तामाङ र धरान गल्फ कल्बका अध्यक्ष वीरेन्द्र विक्रम लिम्बुले पुरस्कार वितरण गरे।

प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो-एम प्रतियोगिता हुनेछ। सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत ६५ लाख रुपैयाँ पुरस्कारको कुल ८ प्रतियोगिता हुनेछ। 

July 26, 2024

काभा नेसन्स लिग – नेपालको पहिलो खेल श्रीलंकासँग

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले काभा वमन्स नेसन्स भलिबल लिगको उद्घाटन खेलमा श्रीलंकाको सामना गर्ने भएको छ। नेपालसहित ५ राष्ट्रको सहभागिता साउन १७ गते नेसन्स लिग सुरु हुँदैछ। नेपाल, श्रीलंकासहित इरान, भारत र माल्दिभ्सले नेसन्स लिगको‌ उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। आयोजक नेपाल भलिबल संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत नेसन्स लिगको ट्रफी सार्वजनिक गरेको छ । गैर आवासीय […]

July 26, 2024

ओलम्पिक आज सुरु हुँदै, स्यान्टु र प्रिन्सले भोलि खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– विश्व खेलकुदको महाकुम्भका रुपमा स्थापित ओलम्पिकको ३३ औं ग्रिष्मकालिन ओलम्पिक ‘पेरिस ओलम्पिक) आज औपचारिक सुरुवात हुँदैछ । नेपाल समय अनुसार राति ११ः१५ बजे ओलम्पिकको उद्घाटन समारोह सुरु हुनेछ । विश्वका २ सय ६ देशका १० हजार भन्दा बढी खेलाडीको यसपटकको ओलम्पिकका सहभागिता रहनेछ । पेरिस सहरलाई उद्घाटन समारोहका लागि प्रयोग गरिने बताइएको […]

July 25, 2024

महर्जन बागमतीको युवा तथा खेलकुद मन्त्री‌ नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- पुराना करातेकर्मी मीन कृष्ण महर्जन बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्री‌ नियुक्त भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दा महर्जनलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको हो । लामाले आफ्नै दल कांग्रेसका तर्फबाट चार मन्त्री नियुक्त गरेका हुन् । महर्जनसँगै कांग्रेसबाट प्रभात तामाङ, सुरजचन्द्र लामिछाने र बिमल […]

Success

Thank you for your time.