default_image

1 month ago

January 27, 2024

न्यु डायमण्डसँग बागमतीको हार

काठमाडौं (हाम्रो खेलकुद)- चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गरेको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा शनिबार न्यु डायमण्डले बागमती प्रदेशलाई ३-० ले हराएको छ।न्यु डायमण्डले बागमती २५-८, २५-३ र २५- ५ ले हराएको छ। पहिलो दिन […]

710 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गरेको छ ।

ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा शनिबार न्यु डायमण्डले बागमती प्रदेशलाई ३-० ले हराएको छ।
न्यु डायमण्डले बागमती २५-८, २५-३ र २५- ५ ले हराएको छ।

पहिलो दिन पनि न्यु डायमण्ड विजयी भएको थियो। पहिलो सेट गुमाएको त्यो खेल न्यु डायमण्डले १८-२५, २५-२३,२८-२६,१५-१८ र १५-११ ले जितेको थियो।
आज पहिलो खेलमा नेपाल पुलिस क्लबले एन्जल्स हार्टलाई २५-६, २५-१४ र २५-६ ले हराएको थियो। पुलिसको त्यो दोस्रो जित हो ।

पहिलो दिन साविक विजेता एपिएफ, पुलिस र न्यु डायमण्डले जित हासिल गरेको थियो।

ढोरपाटन स्पोर्टस क्लबले आयोजना गरेको लिगमा एपिएफ, बागमती, पुलिस , जावलाखेल,  त्रिभुवन आर्मी क्लब,  न्यु डायमण्ड , धादिङ स्पोर्टस क्लब र एन्जल्स हार्ट गरि ८ टोलीको सहभागिता रहेकाे छ ।

पहिलो लिगको शीर्ष ६ स्थानमा रहने टोलीले दोस्रो लिगमा पुनः प्रतिस्पर्धा गर्ने ढोरपाटनले जनाएको छ ।ढोरपाटनको १६ औं संस्करणको उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीले एम्पियरको स्कुटर प्राप्त गर्नेछन् ।

February 27, 2024

टेबलटेनिसकी नविता टोयोटा मोटरको सद्भावना दूत

काठमाडौं (हाम्रो खेलकुद) – लगातार नौं पटककी राष्ट्रिय च्याम्पियन टेबलटेनिसकी नविता श्रेष्ठ मंगलबार टोयोटा नेपालको विश्वव्यापी सद्भावना दूत नियुक्त भएकी छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठको उपस्थितिमा नेपालमा टोयोटा मोटरको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) का निर्देशक सुर्यान्स वैद्य र नविताले एक कार्यक्रमबीच सम्झौता गरे । सम्झौता एक वर्षको रहेको […]

February 27, 2024

लन टेनिसको पहिलो दिन निहालको जित

सुमन अधिकारी, बुटवल बुटवलमा सुरु भएको छैटौं राष्ट्रिय लन टेनिस प्रतियोगिताको पहिलो दिन मंगलबार विभिन्न समूहका खेल भएका छन् । मेन्स ओपनको उद्घाटन खेलमा निहालजंग थापाले विकास खड्कालाई ६–४, ६–२ ले हराए । अर्को खेलमा युगेन शेर्पाले निर्मल मगरलाई ६–४, ६–४ ले पराजित गरे । मेन्स ३५ प्लसमा विकास पाण्डेले टिका घिमिरेलाई ६–२, ६–३ ले, […]

February 27, 2024

गणेशमान सिंह राष्ट्रिय बक्सिङ अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद )- वीर गणेशमान सिंह स्पोर्टस कमिटीको आयोजनामा अर्को महिना छैटौं गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ। गणेशमान सिंह फाउन्डेसन अन्तरगत रहेको स्पोर्टस कमिटीले चैत १३ देखि १७ गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुने मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिइयो। नेपाल बक्सिङ संघको‌ सहकार्य र प्राविधिक सहयोगमा ५ दिन […]

Success

Thank you for your time.