default_image

4 weeks ago

January 27, 2024

एपिएफको अर्को जित

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गरेको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा शनिबार एपिएफले त्रिभुवन आर्मी क्लबले ३-१ ले हराएको छ। एपिएफले आर्मीलाई २५-२१, २२-२५,२५-२२ र २५-२२ ले पराजित गरेको हो । एपिएफले लगातार दुई खेल जित्दा आर्मीले दुई […]

2057 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गरेको छ ।

ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा शनिबार एपिएफले त्रिभुवन आर्मी क्लबले ३-१ ले हराएको छ।

एपिएफले आर्मीलाई २५-२१, २२-२५,२५-२२ र २५-२२ ले पराजित गरेको हो । एपिएफले लगातार दुई खेल जित्दा आर्मीले दुई हार बेहोरेको छ। पहिलो खेलमा आर्मी चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमसँग पराजित भएको थियो।

शनिबार न्यु डायमण्डले बागमती प्रदेशलाई ३-० ले हराएको छ। न्यु डायमण्डले बागमती २५-८, २५-३ र २५- ५ ले हराएको छ। पहिलो खेलमा नेपाल पुलिस क्लबले एन्जल्स हार्टलाई २५-६, २५-१४ र २५-६ ले हराएको थियो। पुलिसको त्यो दोस्रो जित हो ।

पुलिस र एपिएफको समान ६ अंक छ । न्यु डायमण्डको ५ र आर्मीको १ अंक छ। पहिलो दिन साविक विजेता एपिएफ, पुलिस र  न्यु डायमण्डले जित हासिल गरेको थियो।

ढोरपाटन स्पोर्टस क्लबले आयोजना गरेको लिगमा एपिएफ, बागमती, पुलिस , जावलाखेल,  त्रिभुवन आर्मी क्लब,  न्यु डायमण्ड , धादिङ स्पोर्टस क्लब र एन्जल्स हार्ट गरि ८ टोलीको सहभागिता रहेकाे छ ।

पहिलो लिगको शीर्ष ६ स्थानमा रहने टोलीले दोस्रो लिगमा पुनः प्रतिस्पर्धा गर्ने ढोरपाटनले जनाएको छ ।
ढोरपाटनको १६ औं संस्करणको उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीले एम्पियरको स्कुटर प्राप्त गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले ५ लाख १ हजार, दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रो टोलीले १ लाख २५ हजार, चौथो टोलीले ७५ हजार, पाँचौं टोलीले ५० हजार र छैटौं टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।

February 24, 2024

क्यानोइङ टोली थाइल्यान्ड तर्फ

काठमाडौं (हाम्रो खेलकुद)- थाइल्याण्डको‌रेयोङमा हुने आईसिएफ युवा तालिम शिविर तथा प्रतियोगितामा नेपाली टोलीले भाग लिने भएकाे छ। नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघले फागुन २४ देखि चैत १० गतेसम्म हुने प्रशिक्षणमा खेलाडी मञ्जिल गुरुङ र प्रशिक्षक विष्णु गुरुङ गराएको छ। उनीहरू शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन्। प्रशिक्षण अन्तर्राष्ट्रिय क्यानोइङ महासंघ र ओलम्पिक सोलिडारिटी अन्तर्गत रहेको बताइएको […]

February 23, 2024

रन्जितबाट मञ्चको अक्षकोषका लागि रकम हस्तान्तरण

पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व सल्लाहकार, पोखराका अग्रज फोटो पत्रकार सुर्दशन रञ्जितले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई अक्षकोष सञ्चालनका लागि रकम हस्तान्त्रण गरेका छन् । पोखरा–९ पृथ्वीचोकस्थित सहारा बाल आधारभुत विद्यालयको २७ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा रन्जितले २५ हजार रुपैयाँ मञ्चका अध्यक्ष दीननाथ बराललाई हस्तान्त्रण गरेका हुन् । […]

February 23, 2024

प्यारागन, गुहेश्वरी र बौद्धलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – गुहेश्वरी, प्यारागन र बौद्ध चिल्ड्रेन हेभनले द चाँदबाग स्कुल दोश्रो कम्फेस्टअन्तर्गत फुटबल र बास्केटबलको उपाधि शुक्रबार जितेका छन् । गुहेश्वरी ब्वाइज फुटबल, प्यारागन ब्वाइज बास्केटबल र बौद्ध गल्र्स बास्केटबलमा च्याम्पियन बनेका हुन् । तीनै प्रतिस्पर्धा यु–१२ उमेरसमूहको हो । बाँसवारीस्थित आयोजक द चाँदबाग स्कुलमा भएको ब्वाइज फुटबलको फाइनलमा गुहेश्वरीले टीआईएलाई १–० […]

Success

Thank you for your time.