default_image

2 years ago

January 27, 2024

ढोरपाटन लिगमा धादिङको विजयी सुरुवात

1330 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- धादिङ स्पोर्टस क्लबले जितका साथ होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपको सुरुवात गरेको छ ।

ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा शनिबार धादिङले जावलाखेल भलिबल ट्रेनिङ क्लबलाई ३-१ ले हराएको छ ।

धादिङले २५-२२,२५-१९,१८-२५ र२५-९ ले खेल जितेको हो । जावलाखेलले भने लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।

आज त्यसअघि साविक विजेता एपिएफ, चन्द्रागिरी नगरपालिका महिला भलिबल टिम र नेपाल पुलिस क्लबले लगातार दोस्रो खेल जितेका थिए।

एपिएफले त्रिभुवन आर्मी क्लबले ३-१ ले हराएको थियो।
एपिएफले आर्मीलाई २५-२२,२२-२५,२५-२२ र २५-२२ ले पराजित गरेको हो । एपिएफले लगातार दुई खेल जित्दा आर्मीले दुई हार बेहोरेको छ। पहिलो खेलमा आर्मी न्यु डायमण्ड महिला भलिबल टिमसँग पराजित भएको थियो।

शनिबार न्यु डायमण्डले बागमती प्रदेशलाई ३-० ले हराएको छ। न्यु डायमण्डले बागमती २५-८, २५-३ र २५- ५ ले हराएको थियो।  पहिलो खेलमा नेपाल पुलिस क्लबले एन्जल्स हार्टलाई २५-६, २५-१४ र २५-६ ले हराएको थियो। पुलिसको त्यो दोस्रो जित हो ।

पुलिस र एपिएफको समान ६ अंक छ । न्यु डायमण्डको ५ , धादिङको ३ र आर्मीको १ अंक छ।

ढोरपाटन स्पोर्टस क्लबले आयोजना गरेको लिगमा एपिएफ, बागमती, पुलिस , जावलाखेल,  त्रिभुवन आर्मी क्लब,  न्यु डायमण्ड , धादिङ स्पोर्टस क्लब र एन्जल्स हार्ट गरि ८ टोलीको सहभागिता रहेकाे छ ।

पहिलो लिगको शीर्ष ६ स्थानमा रहने टोलीले दोस्रो लिगमा पुनः प्रतिस्पर्धा गर्ने ढोरपाटनले जनाएको छ ।ढोरपाटनको १६ औं संस्करणको उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीले एम्पियरको स्कुटर प्राप्त गर्नेछन् ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.