default_image

2 years ago

January 27, 2024

माउण्ट एभरेष्टका पुरुषोत्तमलाई बुद्धिचाल उपाधि

509 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – माउण्ट एभरेष्ट चेस क्लबका पुरुषोत्तम चौलागाईले स्काई वाल्क टावर अण्डर १९०० रेटिङ फिडे बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् ।
पूर्व नेपाल च्याम्पियन पुरुषोत्तमले ९ चरणको खेलमा ७ जित, १ बराबर र १ खेलमा हार व्यहोर्दै समग्र ७.५ अंकका साथ उपाधि जितेका हुन् । उनले २० हजार रुपैयाँ प्राप्त गरे ।

वण्डर नेपाल प्रा.लि.को आयोजनामा सम्पन्न दुई दिने प्रतियोगितामा १ सय ४५ जना १९०० रेटिङ्ग मुनिका खेलाडी सहभागी थिए । समान ७.५ अंक हासिल गरेता पनि डाइरेक्ट इनकाउन्टर , बुकोल्सका आधारमा कान्तिपुर चेस क्लबका पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकार दोश्रो भए । उनले १३ हजार रुपैयाँ प्राप्त गरे ।

ललितपुर स्पोर्ट्स क्लबका धिरेन राई तस्रो भए र उनले ८ हजार रुपैयाँ प्राप्त गरे । भक्तपुरका हर्कबहादुर चोङ्वाङ चौथो भए र उनले ५ हजार रुपैयाँ पाए । स्काई टावरमा सञ्चालन भएको रेटिङ्ग बुद्धिचाल खेलमा ७ अंक सहित पेभिलियोन चेस एकेडेमीका सुशील चौधरी पाँचौं भए ।

समान ७ अंक जोडेका ललितपुरका कमल श्रेष्ठ छैटौं, विराटनगरका पूर्णराज खड्का सातौं, दमक झापाका मिशन दहाल आठौं र नवलपुर कावासोतिका सुजन काफ्ले नवौं भए । ६.५ अंक जोडेका भक्तपुरका निकेन कुसाथाले दसौं स्थानमा रहे । काठमाडौं जिल्ला बुद्धिचाल संघको रोहवरमा भएको प्रतियोगितामा ८० हजार रुपैयाँ पुरस्का रहेको थियो । १८०० रेटेड मुनि ललितपुर स्पोर्ट्स क्लबका सानुभाई महर्जन प्रथम भए ।

१६०० रेटिङ्ग मुनि थापथली पार्क चेस क्लबका भरत धिमाल, अनरेटेड तर्फ शंखुवासभाका राजकुमार राई विजयी भए । अनरेटेडमा राजबहादुर सिंह दोस्रो भए । महिलातर्फ नुवाकोटकी नेपाल च्याम्पियन डब्लूएफएम सुजना लोहनी विजयी भइन । भेट्रान तर्फ इटहरीका नारायण प्रसाद खतिवडा, युवा १६ वर्षमा बौद्ध काठमाडौंका सजल न्यौपाने र युवा १४ वर्षमा पेभिलियोन चेस एकेडेमीका अग्रिम शैंजू विजयी भए ।

तुल्सिलाल स्मृति क्लब टिम चेस प्रतियोगितामा गोदावरी नगरपालिकावाट प्रतिस्पर्धा गरेका शुभम् न्यौपाने आफै संयोजक बनेर स्काई टावर प्रतियोगिताको पुरस्कार रकम वण्डर नेपाल प्रा.लि. मार्फत प्रदान गरेका हुन् ।

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

Success

Thank you for your time.