default_image

4 weeks ago

January 28, 2024

ढोरपाटनमा धादिङको अर्को जित

काठमाडौं (हाम्रो खेलकुद)- धादिङ स्पोर्टस क्लबले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा लगातार दोस्रो खेल जितेको‌ छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिता आइतबार पहिलो खेलमा धादिङले बागमती प्रदेशलाई‌ ३-० को सोझो‌मा‌ हरायो‌। धादिङले बागमतीलाई २५-८, २५-१३,२५-१२ ले हराएको हो । पहिलो खेलमा धादिङले जावलाखेल भलिबल ट्रेनिङ […]

771 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- धादिङ स्पोर्टस क्लबले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा लगातार दोस्रो खेल जितेको‌ छ ।

ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिता आइतबार पहिलो खेलमा धादिङले बागमती प्रदेशलाई‌ ३-० को सोझो‌मा‌ हरायो‌। धादिङले बागमतीलाई २५-८, २५-१३,२५-१२ ले हराएको हो ।

पहिलो खेलमा धादिङले जावलाखेल भलिबल ट्रेनिङ क्लबलाई २५-२२,२५-१९,१८-२५ र२५-९ हराएको थियो । जावलाखेलले भने लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।

धादिङ सँगै लगातार दुई खेल जितेको नेपाल पुलिस क्लब, एपिएफको समान ६ अंक छ। चन्द्रागिरी नगरपालिका महिला भलिबल टिमको ५ र त्रिभुवन आर्मी क्लबको‌ १ अंक छ ।

ढोरपाटन स्पोर्टस क्लबले आयोजना गरेको लिगमा एपिएफ, बागमती, पुलिस , जावलाखेल,  त्रिभुवन आर्मी क्लब,  न्यु डायमण्ड , धादिङ स्पोर्टस क्लब र एन्जल्स हार्ट गरि ८ टोलीको सहभागिता रहेकाे छ ।

पहिलो चरणमा शीर्ष ६ स्थानमा रहने टोलीले दोस्रो लिगमा पुनः प्रतिस्पर्धा गर्ने ढोरपाटनले जनाएको छ ।
ढोरपाटनको १६ औं संस्करणको उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीले एम्पियरको स्कुटर प्राप्त गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले ५ लाख १ हजार, दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रो टोलीले १ लाख २५ हजार, चौथो टोलीले ७५ हजार, पाँचौं टोलीले ५० हजार र छैटौं टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।

February 24, 2024

गोर्खालीलाई रग्बी लिग उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – गोर्खाली रग्बी राष्ट्रिय फिफ्टिन्स रग्बी लिग च्याम्पियनसिपको उपाधि जितेको छ । दशरथ रंगशालामा त्रिभुवन आर्मी क्लबलाई शनिबार ६६–७ को स्कोरमा हराउँदै गोर्खालीले उपाधि जितेको हो । अपराजित रहँदै च्याम्पियन बनेको गोर्खालीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ५४–३ ले र दोस्रो खेलमा एपीएफलाई ४९–२० को स्कोरमा पराजित गरेको थियो । गोर्खाली रग्बी […]

February 24, 2024

सूर्य नेपाल वेस्टर्न ओपन-सञ्जीवको टिमलाई प्रो–एमको उपाधि

पोखरा (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको प्रो–एमको उपाधि प्रोफेसनल सञ्जीव बहादुर नेपालीको टिमले जितेको छ। पोखरास्थित पार–६९ को हिमालयन गल्फ क्लबमा उपाधि जित्ने क्रममा सञ्जीवको टिमले कुल १ सय ४८ स्कोर बनायो। प्रो सञ्जीवले ३४ अंक बनाउँदा एमेच्योरहरू १२ बर्षका युवा गल्फर दीप्सन लामाले ३९, […]

February 24, 2024

सन्तोषीलाई धरान १० के उपाधि

धरान (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले धरान १० के महिलातर्फको उपाधि जितेकी छन् । पोखरामा‌ हाफ म्याराथनको उपाधि जितेको एक सातामा शनिबार धरानमा भएको १० किमीमा सन्तोषी पहिलो भएकी हुन् । सन्तोषीले ३८ मिनेट ०८ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितेकी हुन् । छेन्बीमाया माया राई (४४ मिनेट ०२ सेकेन्ड) दोस्रो र इन्द्रकला नेम्वाङ (४४ मिनेट […]

Success

Thank you for your time.