default_image

1 month ago

January 29, 2024

ढोरपाटन लिगमा जावलाखेललाई पहिलो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल भलिबल ट्रेनिङ क्लबले होङवाङ्जी  ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा पहिलो जित निकालेको छ । गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको चौथो दिन सोमबारको‌ पहिलो खेलमा जावलाखेलले बागमती प्रदेशलाई ३-० को सोझो सेटमा हराएको हो । जावलाखेलले बागमतीलाई २५-२०, २५-२२, २५- १०ले हराएको‌ छ। जावलाखेलको चौथो खेलमा‌ यो‌ […]

577 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल भलिबल ट्रेनिङ क्लबले होङवाङ्जी  ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा पहिलो जित निकालेको छ ।

गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको चौथो दिन सोमबारको‌ पहिलो खेलमा जावलाखेलले बागमती प्रदेशलाई ३-० को सोझो सेटमा हराएको हो । जावलाखेलले बागमतीलाई २५-२०, २५-२२, २५- १०ले हराएको‌ छ।

जावलाखेलको चौथो खेलमा‌ यो‌ पहिलो जित हो । यसअघि नेपाल पुलिस क्लब, एपिएफ र धादिङ स्पोर्टस क्लबसँगको‌ खेल जावलाखेलले गुमाएको थियो। बागमतीले अहिलेसम्म जितको‌ खाता खोल्न सकेको छैन ।

आज अरु ३ खेल हुनेछ । त्रिभुवन आर्मी क्लब र एन्जल्स हार्ट कलेजबबीच, साविक विजेता एपिएफ र पुलिस बीच तथा अन्तिम खेल चन्द्रागिरी नगरपालिका महिला भलिबल टिम र धादिङबीच हुनेछ।

९ अंकसहित एपिएफ शीर्षस्थान, दोस्रो स्थानको न्यु डायमण्न्डको  ८ अंक  छ । धादिङ स्पोर्टस क्लब , पुलिसको समान ६ , आर्मीको ४ र एन्जल्स हार्ट र जावलाखेलको समान ३ अंक छ ।

ढोरपाटन स्पोर्टस क्लबले आयोजना गरेको लिगमा एपिएफ, बागमती, पुलिस , जावलाखेल,  आर्मी , न्यु डायमण्ड , धादिङ  र एन्जल्स हार्ट गरि ८ टोलीको सहभागिता रहेको छ ।

पहिलो चरणमा शीर्ष ६ स्थानमा रहने टोलीले दोस्रो लिगमा पुनः प्रतिस्पर्धा गर्ने ढोरपाटनले जनाएको छ । ढोरपाटनको १६ औं संस्करणको उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीले एम्पियरको स्कुटर प्राप्त गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले ५ लाख १ हजार, दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रो टोलीले १ लाख २५ हजार, चौथो टोलीले ७५ हजार, पाँचौं टोलीले ५० हजार र छैटौं टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

March 1, 2024

५ खेलाडीले एसियाली र्‍याफ्टिङ च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा ५ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । ५ खेलाडीसहित ७ सदस्य टोली शनिबार भारतको हिमान्चल प्रदेश जाने भएको छ । विश्व र्‍याफ्टिङ महासंघको आयोजना तथा भारतीय र्याफ्टिङ फाउन्डेसनको तत्वावधानमा हुने आइतबारदेखि फागुन २७ गते सम्म हुनेछ । प्रतियोगितामा सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ र डम्बरबहादुर पुर्वाछानेले […]

March 1, 2024

राष्ट्रिय लनटेनिस- प्रदिप र रितक फाइनलमा

सुमन अधिकारी, बुटवल प्रदिप खड्का र रितिक राना बुटवलमा जारी दोस्रो मेयर कप तथा छैटौ राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको पुरुषतर्फको उपाधिका भिड्ने भएका छन् । रुपन्देही लन टेनिस संघको आयोजनामा देविनगरस्थित लनटेनिस कोर्टमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा साविक विजेजा प्रदिपले प्रनव मानन्धरलाई ६–१, ३–६ र ६–२ को सेटमा हराए । अर्को सेमिफाइनलमा रितिक निशान्त श्रेष्ठलाई […]

March 1, 2024

भलिबलमा गण्डकीसँग पुलिस स्तब्ध

काठमाडौं (हाम्रो खेलकुद) –संखुवासभाको खादबारीमा जारी मुख्यमन्त्री कप पुरुष भलिबलको सेमिफाइनलमा नेपाल पुलिस क्लब गण्डकी प्रदेशसँग स्तब्ध भएको छ । प्रतियोगिताको चौथो दिन शुक्रबार गण्डकीले ३४ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन पुलिसलाई ३-२ ले हराएको छ। प्रतिस्पर्धात्मक खेलमा गण्डकीले पुलिसलाई १७-२५, २५-२१,२६-२४,२०-२५ र १५-११ ले हराएको प्रतियोगिताका‌‌ संयोजक प्रविण श्रेष्ठले जानकारी दिए। गण्डकीका सरोज बर्देवा […]

Success

Thank you for your time.