8 months ago
January 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा दोस्रो हासिल गरेको छ ।
ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको चौथो दिन सोमबारको दोस्रो खेलमा आर्मीले एन्जल्स हार्टलाई ३-० को सोझो सेटमा हराएको हो ।
आर्मीले एन्जल्स हार्टलाई २५-१९, २५-८,२५-१४ ले हराएको छ। दोस्रो जितसँगै आर्मी अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । आइतबार आर्मीले नेपाल पुलिस क्लब ३-१ ले हराएको थियो।
दिनको पहिलो खेलमा सोमबार जावलाखेल भलिबल ट्रेनिङ क्लबले बागमती प्रदेशलाई २५-२०, २५-१०, २५- १०ले हराएको छ। जावलाखेलको चौथो खेलमा यो पहिलो जित हो ।
यसअघि नेपाल पुलिस क्लब, एपिएफ र धादिङ स्पोर्टस क्लबसँगको खेल जावलाखेलले गुमाएको थियो। बागमतीले अहिलेसम्म जितको खाता खोल्न सकेको छैन ।
आज अरु २ खेल हुनेछ । त् साविक विजेता एपिएफ र पुलिस बीच तथा अन्तिम खेल चन्द्रागिरी नगरपालिका महिला भलिबल टिम र धादिङबीच हुनेछ।
९ अंकसहित एपिएफ शीर्षस्थान, दोस्रो स्थानको न्यु डायमण्न्डको ८ अंक छ । आर्मीको ७, धादिङ स्पोर्टस क्लब र पुलिसको समान ६ तथा एन्जल्स हार्ट र जावलाखेलको समान ३ अंक छ ।
ढोरपाटन स्पोर्टस क्लबले आयोजना गरेको लिगमा एपिएफ, बागमती, पुलिस , जावलाखेल, आर्मी , न्यु डायमण्ड , धादिङ र एन्जल्स हार्ट गरि ८ टोलीको सहभागिता रहेको छ ।
पहिलो चरणमा शीर्ष ६ स्थानमा रहने टोलीले दोस्रो लिगमा पुनः प्रतिस्पर्धा गर्ने ढोरपाटनले जनाएको छ । ढोरपाटनको १६ औं संस्करणको उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीले एम्पियरको स्कुटर प्राप्त गर्नेछन् ।
प्रतियोगिताको विजेता टोलीले ५ लाख १ हजार, दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रो टोलीले १ लाख २५ हजार, चौथो टोलीले ७५ हजार, पाँचौं टोलीले ५० हजार र छैटौं टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
September 19, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पाँचौं मिष्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको शव श्रद्धाञ्जलीका लागि शुक्रवार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को परिसरमा राखिने भएको छ। काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सुरेश सुवेदीले श्रद्धाञ्जलीको लागि राईको शव दिउँसो २:३० बजेदेखि राखेप परिसरमा राखिने छ जानकारी दिए। संघले राईलाई श्रद्धाञ्जली दिन शारीरिक सुगठन […]
September 19, 2024
हेटौंडा (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिक्सकी कास्य पदक विजेता पारा तेक्वान्दोकी पलेशा गोवर्धन र एसियाली खेलकुद (एसिया) की रजत पदक विजेता करातेकी एरिका गुरुङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ। हेटाैंडास्थित मुख्य मन्त्री कार्यालयमा बिहीवार आयोजित कार्यक्रममा पलेशा, एरिका, उनीहरूका प्रशिक्षक तथा तेक्वान्दो र करातेको प्रदेश संघलाई नगदबाट सम्मान गरिएको हो। पलेशालाई १० लाख, एरिकालाई […]
September 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले माल्दिभ्समा जारी काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा लिग चरणको आफ्नो चौथो खेल माल्दिभ्सको वाम्को क्लबसँग खेल्दैछ । माल्दिभ्सको मालेमा हुने खेल नेपाली समय अनुसार बेलुका ८ः४५ बजे सुरु हुनेछ। पुलिसले पहिलो खेलमा उज्वेकिस्तानको हुमो क्लब, दोस्रो खेलमा श्रीलंकाको श्रीलंकन एयर फोर्स र तेस्रो खेलमा ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान […]