default_image

12 months ago

January 29, 2024

ढोरपाटन लिगमा एपिएफलाई‌ पछ्याउँदै न्यु डायमण्ड

1631 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद )- चन्द्रगिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले होङवाङ्जी  ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा लगातार चौथौ जित हासिल गरेको छ ।

ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको चौथो दिन सोमबार चौथो तथा अन्तिम खेलमा धादिङ स्पोर्टस क्लबलाई ३-० को‌ सोझो सेटमा हराएको छ।

प्रतिभा माली विना प्रतियोगिता खेलिरहेको न्यु डायमण्डले धादिङलाई‌ २५-९,२५-११, २५-११ ले हराएको हो । न्यु डायमण्ड र एपिएफ मात्र लिगमा‌ अपराजित छन् ।

आज यसअघिका खेलमा साविक विजेता एपिएफ, त्रिभुवन आर्मी क्लब र जावलाखेल भलिबल ट्रेनिङ क्लब विजयी भएका थिए।

एपिएफले नेपाल पुलिस क्लबलाई ३-१ ले हराएको थियो। विभागीय डर्बीमा एपिएफले पुलिसलाई १७-२५,२५-११,२५-२३र २५-२१ ले हराएको थियो। तेस्रो सेटमा १९-२३ पछि परेको अवस्थाबाट लगातार ६ अंक जोड्दै एपिएफले नतिजा आफ्नो पक्षमा पारेको हो ।

आर्मीले एन्जल्स हार्टलाई २५-१९, २५-८,२५-१४ ले हराएको छ। दोस्रो जितसँगै आर्मी अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । आइतबार आर्मीले पुलिस ३-१ ले हराएको थियो।

दिनको पहिलो खेलमा सोमबार जावलाखेलले  बागमती प्रदेशलाई २५-२०, २५-१०, २५- १०ले हराएको‌ थियो। जावलाखेलको चौथो खेलमा‌ यो‌ पहिलो जित हो ।

यसअघि नेपाल पुलिस क्लब, एपिएफ र धादिङ स्पोर्टस क्लबसँगको‌ खेल जावलाखेलले गुमाएको थियो। बागमतीले अहिलेसम्म जितको‌ खाता खोल्न सकेको छैन।

एपिएफ १२ अंकसहित शीर्षस्थानमा यथावत रहँदा दोस्रो स्थानको न्यु डायमण्न्डको  ११ अंक  छ । आर्मीको‌ ७, धादिङ स्पोर्टस क्लब र पुलिसको समान ६ तथा एन्जल्स हार्ट र जावलाखेलको समान ३ अंक छ ।

ढोरपाटन स्पोर्टस क्लबले आयोजना गरेको लिगमा एपिएफ, बागमती, पुलिस , जावलाखेल,  आर्मी , न्यु डायमण्ड , धादिङ  र एन्जल्स हार्ट गरि ८ टोलीको सहभागिता रहेको छ ।

पहिलो चरणमा शीर्ष ६ स्थानमा रहने टोलीले दोस्रो लिगमा पुनः प्रतिस्पर्धा गर्ने ढोरपाटनले जनाएको छ । ढोरपाटनको १६ औं संस्करणको उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीले एम्पियरको स्कुटर प्राप्त गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले ५ लाख १ हजार, दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रो टोलीले १ लाख २५ हजार, चौथो टोलीले ७५ हजार, पाँचौं टोलीले ५० हजार र छैटौं टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

January 14, 2025

सरस्वती र प्रतिभा एभरेस्ट ग्लोबलको ब्रान्ड एम्वासडर

सिड्नी (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी र प्रतिभा माली एभरेस्ट ग्लोबल एजुकेसन एण्ड भिजा सर्भिसेसको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । एभरेस्ट ग्लोबलले सरस्वती र प्रतिभालाई दुई वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको एभरेस्ट ग्लोबल सिड्नी अस्ट्रेलियाका निर्देशक तथा बिजनेस डेभलपमेन्ट म्यानेजर सुमन बानियाले जानकारी गराए । सम्झौता अवधि […]

January 13, 2025

अग्रिम, निरभ र अभिशेषलाई चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भारत मैत्री विद्यालय बुद्धिचाल प्रतियोगिताको छात्र यु ११ नेपालका अग्रिम सैजु, यु १३ को भारत सिक्किम चेस एसोसिएसन निरभ ढकाल र यु १५ सिक्किमकै अभिशेष प्रधानले उपाधि जितेका छन्। यु ११ को चौथो चरणमा पेभेलियन चेस एकेडेमीका अग्रिमले सिक्किमका एसे एबर भुटियालाई पराजित गर्दै उपाधि पक्का गरे। अग्रिमले ७ अंक जोडे। […]

January 13, 2025

राखेप उपाध्यक्ष आचार्यले पदवहाली गरे

काठमाडौं (हाम्रो खेलकुद)- ध्रुव आचार्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष रुपमा सोमवार पदवहाली गरेका छन् । आचार्यलाई युवा तथा खेलकुद मन्त्रालयले आज मनोनयन पत्र हस्तान्तरण गरेसँगै खेलकुद मन्त्री तेजुलाल चौधरीले पद तथा गोपनीयताको शपथ गराएका थिए । राखेपका सदस्य–सचिव टंकलाल घिसिङलगायतले उपाध्यक्ष आचार्यलाई राखेपमा स्वागत गरेका थिए । पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले बुटवल […]

Success

Thank you for your time.