default_image

4 weeks ago

January 30, 2024

ढोरपाटन लिगमा आर्मीलाई तेस्रो सफलता

काठमाडौं (हाम्रो खेलकुद )–त्रिभुवन आर्मी क्लबले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा तेस्रो जित निकालेको छ। ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको पाँचौं दिनको‌ तेस्रो खेलमा‌ आर्मीले धादिङ स्पोर्टस क्लबलाई ३-० को‌ सोझो सेटमा हराएको छ। आर्मीले २५-१८,२७-२५,२५-१० ले जितेको हो । पहिलो सेटमा सहज जितपछि आर्मी दोस्रो […]

1108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद )–त्रिभुवन आर्मी क्लबले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा तेस्रो जित निकालेको छ।

ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको पाँचौं दिनको‌ तेस्रो खेलमा‌ आर्मीले धादिङ स्पोर्टस क्लबलाई ३-० को‌ सोझो सेटमा हराएको छ।

आर्मीले २५-१८,२७-२५,२५-१० ले जितेको हो । पहिलो सेटमा सहज जितपछि आर्मी दोस्रो सेटमा पहिलो रोजाइको खेलाडीलाई मौका दिएको थियो । जसका कारण टोलीले कडा चुनौतीको सामना गरेको थियो।

१७-२३ ले पछाडि परेपछि पहिलो रोजाइ कै खेलाडीलाई उतारेपछि आर्मीले कठिन जित निकालेको हो । पहिलो रोजाइ कै खेलाडीलाई निरन्तरता दिएपछि आर्मीले तेस्रो सेटसँगै खेल जितेको थियो।

त्यसअघि आज साविक विजेता एपिएफ र
चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमले विजय यात्रालाई जारी राखेका थिए। न्यु डायमण्डले जावलाखेल भलिबल ट्रेनिङ क्लबमाथि २५–३,२५–१० र २५–७ को सहज जित निकालेको थियो ।
न्यु डायमण्डले अन्तिम दुई खेलमा दुई विभिागय टोली नेपाल पुलिस क्लब र साविक विजेता एपिएफको सामना गर्नेछ ।

न्यु डायमण्डले बुधबार पुलिस र बिहीबार पहिलो चरणको अन्तिम खेलमा एपिएफको सामना गर्नेछ । एपिएफले छैटौं खेलमा धादिङ स्पोर्टस क्लबसँग खेल्नेछ ।

मंगलबारको पहिलो खेलमा एपिएफले तेस्रो सेटमा कडा चुनौतीको सामना गरेपनि एन्जल्स हार्टलाई २५–१६,२५–१४ र २५–२३ को सोझो सेटमा पराजित गरेको गरेको थियो ।

एपिएफ १५ अंकसहित शीर्षस्थानमा छ भने दोस्रो स्थानको न्यु डायमण्न्डको १४ अंक छ । आर्मीको १०, धादिङ स्पोर्टस क्लब र पुलिसको समान ६ तथा एन्जल्स हार्ट र जावलाखेलको समान ३ अंक छ ।

आज चौथो एवंम अन्तिम खेल नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच हुनेछ। ढोरपाटन स्पोर्टस क्लबले आयोजना गरेको लिगमा एपिएफ, बागमती, पुलिस , जावलाखेल, आर्मी , न्यु डायमण्ड , धादिङ र एन्जल्स हार्ट गरि ८ टोलीको सहभागिता रहेको छ ।

पहिलो चरणमा शीर्ष ६ स्थानमा रहने टोलीले दोस्रो लिगमा पुनः प्रतिस्पर्धा गर्ने ढोरपाटनले जनाएको छ । ढोरपाटनको १६ औं संस्करणको उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीले एम्पियरको स्कुटर प्राप्त गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले ५ लाख १ हजार, दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रो टोलीले १ लाख २५ हजार, चौथो टोलीले ७५ हजार, पाँचौं टोलीले ५० हजार र छैटौं टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

February 27, 2024

टेबलटेनिसकी नविता टोयोटा मोटरको सद्भावना दूत

काठमाडौं (हाम्रो खेलकुद) – लगातार नौं पटककी राष्ट्रिय च्याम्पियन टेबलटेनिसकी नविता श्रेष्ठ मंगलबार टोयोटा नेपालको विश्वव्यापी सद्भावना दूत नियुक्त भएकी छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठको उपस्थितिमा नेपालमा टोयोटा मोटरको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) का निर्देशक सुर्यान्स वैद्य र नविताले एक कार्यक्रमबीच सम्झौता गरे । सम्झौता एक वर्षको रहेको […]

February 27, 2024

लन टेनिसको पहिलो दिन निहालको जित

सुमन अधिकारी, बुटवल बुटवलमा सुरु भएको छैटौं राष्ट्रिय लन टेनिस प्रतियोगिताको पहिलो दिन मंगलबार विभिन्न समूहका खेल भएका छन् । मेन्स ओपनको उद्घाटन खेलमा निहालजंग थापाले विकास खड्कालाई ६–४, ६–२ ले हराए । अर्को खेलमा युगेन शेर्पाले निर्मल मगरलाई ६–४, ६–४ ले पराजित गरे । मेन्स ३५ प्लसमा विकास पाण्डेले टिका घिमिरेलाई ६–२, ६–३ ले, […]

February 27, 2024

गणेशमान सिंह राष्ट्रिय बक्सिङ अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद )- वीर गणेशमान सिंह स्पोर्टस कमिटीको आयोजनामा अर्को महिना छैटौं गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ। गणेशमान सिंह फाउन्डेसन अन्तरगत रहेको स्पोर्टस कमिटीले चैत १३ देखि १७ गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुने मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिइयो। नेपाल बक्सिङ संघको‌ सहकार्य र प्राविधिक सहयोगमा ५ दिन […]

Success

Thank you for your time.