2 years ago
January 30, 2024
काठमाडौं (हाम्रो खेलकुद )– नेपाल पुलिस क्लबले
होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा तेस्रो जित निकालेको छ।
ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको पाँचौं दिन मंगलबारको अन्तिम खेलमा पुलिसके बागमती प्रदेशलाई ३-० को सोझो सेटमा हराएको छ।
पुलिसले २५-६, २५-१४ र २५-७को जित हासिल गरेको हो ।
यसअघि आज त्रिभुवन आर्मी क्लब, चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम र साविक विजेता एपिएफले विजय यात्रालाई जारी राखेका थिए।
आर्मीले धादिङ स्पोर्टस क्लबलाई२५-१८,२७-२५,२५-१० ले जितेको हो । पहिलो सेटमा सहज जितपछि आर्मी दोस्रो सेटमा पहिलो रोजाइको खेलाडीलाई मौका दिएको थियो । जसका कारण टोलीले कडा चुनौतीको सामना गरेको थियो।

१७-२३ ले परेपछि पहिलो रोजाइ कै खेलाडीलाई उतारेपछि आर्मीले कठिन जित निकालेको हो । पहिलो रोजाइ कै खेलाडीलाई निरन्तरता दिएपछि आर्मीले तेस्रो सेटसँगै खेल जितेको थियो।
न्यु डायमण्डले जावलाखेल भलिबल ट्रेनिङ क्लबमाथि २५–३,२५–१० र २५–७ को सहज जित निकालेको थियो । न्यु डायमण्डले अन्तिम दुई खेलमा दुई विभिागय टोली नेपाल पुलिस क्लब र साविक विजेता एपिएफको सामना गर्नेछ ।
न्यु डायमण्डले बुधबार पुलिस र बिहीबार पहिलो चरणको अन्तिम खेलमा एपिएफको सामना गर्नेछ । एपिएफले छैटौं खेलमा धादिङ स्पोर्टस क्लबसँग खेल्नेछ ।

मंगलबारको पहिलो खेलमा एपिएफले तेस्रो सेटमा कडा चुनौतीको सामना गरेपनि एन्जल्स हार्टलाई २५–१६,२५–१४ र २५–२३ को सोझो सेटमा पराजित गरेको गरेको थियो ।
एपिएफ १५ अंकसहित शीर्षस्थानमा छ भने दोस्रो स्थानको न्यु डायमण्न्डको १४ अंक छ । आर्मीको १०, पुलिसको ९, धादिङको ६ तथा एन्जल्स हार्ट र जावलाखेलको समान ३ अंक छ।
ढोरपाटन स्पोर्टस क्लबले आयोजना गरेको लिगमा एपिएफ, बागमती, पुलिस , जावलाखेल, आर्मी , न्यु डायमण्ड , धादिङ र एन्जल्स हार्ट गरि ८ टोलीको सहभागिता रहेको छ ।

पहिलो चरणमा शीर्ष ६ स्थानमा रहने टोलीले दोस्रो लिगमा पुनः प्रतिस्पर्धा गर्ने ढोरपाटनले जनाएको छ । ढोरपाटनको १६ औं संस्करणको उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीले एम्पियरको स्कुटर प्राप्त गर्नेछन् ।
प्रतियोगिताको विजेता टोलीले ५ लाख १ हजार, दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रो टोलीले १ लाख २५ हजार, चौथो टोलीले ७५ हजार, पाँचौं टोलीले ५० हजार र छैटौं टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]