default_image

3 weeks ago

January 31, 2024

पुलिससँग न्यु डायमन्डको हार, एपिएफ शीर्षस्थानमा बलियो

काठमाडौं (हाम्रो खेलकुद )– चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा पहिलो हार बेहोरेको छ । यता उपाधि दावेदार एपिएफ लगातार छैटौं जितपछि शीर्षस्थानमा थप मजबुत बनेको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको छैटौं दिन बुधबार नेपाल पुलिस क्लब, त्रिभुवन […]

2922 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद )– चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा पहिलो हार बेहोरेको छ । यता उपाधि दावेदार एपिएफ लगातार छैटौं जितपछि शीर्षस्थानमा थप मजबुत बनेको छ ।

ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको छैटौं दिन बुधबार नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, साविक एपिएफ र एन्जल्स हार्ट विजयी भएको छ ।

पुलिसले न्यु डायमण्डलाई ३–१ ले हराएको थियो । पुलिसले डायमण्डलाई २५–१७, ३३–३१, १६–२५ र २५–१७ ले हरायाे ।आर्मीले बागमती प्रदेशलाई २५–४, २५–० र २५–३ ले पराजित गर्यो ।

एपिएफले धादिङ स्पोर्टस क्लबलाई २५–८, २५–१० र २५–११ ले हरायो । प्रतियोगितामा दोस्रो जित निकाल्ने क्रममा एन्जल्स हार्ट कलेजले जावलाखेल भलिबल ट्रेनिङ क्लबलाई २५–१२, २५–१७ र २५–१९ ले पराजित गरेको हो ।

एपिएफ १८ अंकसहित शीर्षस्थानमा छ । दोस्रो स्थानको न्यु डायमण्न्डको १४ अंक छ । पुलिसको १२, आर्मीको १०, धादिङ र एन्जल्स हार्टको समान ६ र जावलाखेलको समान ३ अंक छ।

ढोरपाटन स्पोर्टस क्लबले आयोजना गरेको लिगमा एपिएफ, बागमती, पुलिस, जावलाखेल, आर्मी , न्यु डायमण्ड , धादिङ र एन्जल्स हार्ट गरि ८ टोलीको सहभागिता रहेको छ ।

पहिलो चरणमा शीर्ष ६ स्थानमा रहने टोलीले दोस्रो लिगमा पुनः प्रतिस्पर्धा गर्ने ढोरपाटनले जनाएको छ । ढोरपाटनको १६ औं संस्करणको उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीले एम्पियरको स्कुटर प्राप्त गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले ५ लाख १ हजार, दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रो टोलीले १ लाख २५ हजार, चौथो टोलीले ७५ हजार, पाँचौं टोलीले ५० हजार र छैटौं टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

February 23, 2024

रन्जितबाट मञ्चको अक्षकोषका लागि रकम हस्तान्तरण

पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व सल्लाहकार, पोखराका अग्रज फोटो पत्रकार सुर्दशन रञ्जितले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई अक्षकोष सञ्चालनका लागि रकम हस्तान्त्रण गरेका छन् । पोखरा–९ पृथ्वीचोकस्थित सहारा बाल आधारभुत विद्यालयको २७ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा रन्जितले २५ हजार रुपैयाँ मञ्चका अध्यक्ष दीननाथ बराललाई हस्तान्त्रण गरेका हुन् । […]

February 23, 2024

प्यारागन, गुहेश्वरी र बौद्धलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – गुहेश्वरी, प्यारागन र बौद्ध चिल्ड्रेन हेभनले द चाँदबाग स्कुल दोश्रो कम्फेस्टअन्तर्गत फुटबल र बास्केटबलको उपाधि शुक्रबार जितेका छन् । गुहेश्वरी ब्वाइज फुटबल, प्यारागन ब्वाइज बास्केटबल र बौद्ध गल्र्स बास्केटबलमा च्याम्पियन बनेका हुन् । तीनै प्रतिस्पर्धा यु–१२ उमेरसमूहको हो । बाँसवारीस्थित आयोजक द चाँदबाग स्कुलमा भएको ब्वाइज फुटबलको फाइनलमा गुहेश्वरीले टीआईएलाई १–० […]

February 23, 2024

कीर्तिमानी स्कोरमा भुवनलाई ११औं उपाधि

पोखरा (हाम्रो खेलकुद) – पूर्व नम्बर एक प्रो गल्फर भुवन नगरकोटी कीर्तिमानी स्कोर सहित सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका छन् । भुवनले ५४ होलको प्रतियोगिता १०–अन्डर १ सय ९७ को स्कोरमा उपाधि जित्दा हिमालयन गल्फ कोर्समा बनेको यो अहिलेसम्मकै उत्कृष्ट स्कोर हो । भुवनले सन् २०१७ […]

Success

Thank you for your time.