2 years ago
February 1, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको मोबिलिटी पार्टनरको रूपमा राइड सेयरिङ एप ई–ड्राइभ आबद्ध भएको छ ।
होटल याक एण्ड यतिमा माघ २८ गते आयोजना हुने पल्सर स्पोर्टस अवार्डको २० औं संस्करणला लागि ई–ड्राइभ नेपाल र अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्चबीच बिहीबार सह प्रायोजनसम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र ई–ड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले हस्ताक्षर गरे ।
नेपालमा भर्खरै विद्युतीय ट्याक्सीको अवधारणा भित्र्याउने ई–ड्राइभ नेपाल प्रतिष्ठित पल्सर स्पोर्ट्स अवार्डसँग जोडिन पाउँदा हर्षित भएको बताउँदै ई–ड्राइभका अध्यक्ष मास्केले आगामी दिन यो सहकार्यलाई थप मजबुत बनाउने बताए ।
मञ्चका अध्यक्ष सुवेदीले स्पोर्ट्स अवार्डको दायरा फराकिलो पार्ने क्रममा यस वर्ष फरक फरक क्षेत्रसँग सहकार्य गरिएको बताउँदै ई–ड्राइभसँगको सम्झौताले सवारी प्रदूषणबाट आक्रान्त स्थिति वातावरण सचेतनामा केही योगदान पुग्न विश्वास व्यक्त गरे।
९ विधामा प्रदान गरिने पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ ।
पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा छन् ।
पल्सर स्पोर्ट्स अवार्ड २०७९ को अन्य विधामा वर्षका उत्कृष्ट पुरुष, महिला र युवा तथा प्रशिक्षक विधाको मनोनयन छिटै सार्वजनिक गरिने मन्चले जनाएको छ।
पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा कार्यक्रमकै दिन घोषणा हुनेछ ।
यस पटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विजेताले जनही बजाज पल्सर मोटरसाइकल पाउनेछन् ।
तीमध्ये दुई वटा एन २५० र तीन वटा एन १६० मोटरसाइकल रहेको छ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
स्पोर्ट्स अवार्डका अन्य सह–प्रायोजक तथा सहयोगीमा ई–सेवा, सूर्य नेपाल प्रालि, होटल याक एन्ड यती, युनाइटेड अजोड इन्स्योरेन्स, लालपूर्जा नेपाल, सुबिसु, रोयल सिंगी होटल, प्लाजा गु्रप अफ होटल्स, आईएसएस, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]