default_image

2 years ago

February 9, 2024

मणिमुकुन्दमा‌ एपिएफको‌ विजयी सुरुवात

2722 views

0 Bookmark

बुटवल (हाम्रो खेलकुद)- नेपाल एपिएफ क्लबले नवाैं मणिमुकुन्द कप राष्ट्रियस्तरको भलिबलमा‌ विजयी सुरुवात गरेको छ।

एपिएफले शुक्रबार लुम्बिनी प्रदेशलाई ३- २ ले हरायो । एपिएफ २१-२५, २५-२०,२५-१९,२०-२५ र१५-१० ले जितेको छ।

पहिलो दिनको‌ अन्य खेलमा बागमती प्रदेश र कोशी प्रदेश विजयी भएका छन्। बागमतीले कर्णाली प्रदेशलाई २२–२५, २५–१६, २५–१८ र २६–२४ ले हरायो । दोस्रो खेल कोशीले मधेश प्रदेशलाई २६–२४, २५–१६ र २५–१३ को सोझो सेटमा पराजित गर्यो ।

प्रदेश खेलकुद परिषद, लुम्बिनीको मुख्य प्रायोजन, नेपाल भलिबल संघको संयोजन तथा मणिमुकुन्द भलिबल क्लब, रुपन्देहीको आयोजनामा रहेको प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेताले २ लाख , दोस्रोले र १ लाख ५०, तेस्रोले १ लाख र चौथो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। । सर्वोत्कृष्ट खेलाडीले १० हजार र विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.