default_image

3 months ago

February 11, 2024

एथलेटिक्सका दीपक र राजपुरा पल्सर वर्षका उत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा यसपटक एलथेटिक्सले सर्वाधिक ३ वटा अवार्ड जितेको छ । एथलेटिक्सका दीपक अधिकारी र राजपुरा पछाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ को वर्ष खेलाडी घोषित भएका छन् । एथलेटिक्सका चन्द्रबहादुर गुरुङले वर्षका उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले आइतबार आयोजना गरेको कार्यक्रममा दीपक पुरुषमा […]

764 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा यसपटक एलथेटिक्सले सर्वाधिक ३ वटा अवार्ड जितेको छ । एथलेटिक्सका दीपक अधिकारी र राजपुरा पछाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ को वर्ष खेलाडी घोषित भएका छन् । एथलेटिक्सका चन्द्रबहादुर गुरुङले वर्षका उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते ।

नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले आइतबार आयोजना गरेको कार्यक्रममा दीपक पुरुषमा र राजपुरा महिलामा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन् । यस संस्करणदेखि सुरु गरिएको शीर्ष तीनबाट दीपक र राजपुरा वर्ष उत्कृष्ट खेलाडी भए । याक एन्ड यति होटलमा सम्पन्न अवार्डमा दीपकले क्रिकेटका रोहितकुमार पौडेल र आसिफ सेखलाई पछाडि पारे ।

महिलामा राजपुराले एथलेटिक्सकै पुष्पा भण्डारी र बास्केटबलकी अनुसा मल्ललाई पछि पारिन् । दीपक गत वर्ष स्वदेशमै आयोजना भएको १६औं एसियाली क्रसकन्ट्री दौडमा दुई स्वर्ण विजेता हुन् । राजपुराले पनि सोही च्याम्पियनसिपमा दुई रजत पदक जितेकी थिइन् ।

दीपकलाई गोल्छा ग्रुपका निर्देशक अभिमन्यू गोल्छाले अवार्ड प्रदान गरे । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले राजपुरालाई अवार्ड प्रदान गरे । वर्ष उत्कृष्ट खेलाडीद्वय दीपक र राजपुराले बजाज पल्सर एन २५० मोटरसाइकल पुरस्कार पाए ।

टेबल टेनिसकी खेलाडी सिक्का सुवाल श्रेष्ठले पिपुल्स च्वाइस अवार्ड जितिन् । ईसेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा सिक्का विजेता भएकी हुन् । सिक्काले सर्वाधिक ४४.८ प्रतिसत मत प्राप्त गरिन् । यस अवार्डको मनोनयनमा करातेका विप्लभलाल श्रेष्ठ, फुटबलका अनन्त तामाङ, भलिबलकी निरुता ठगुन्ना र शारीरिक सुगठनकी रजनी श्रेष्ठ थिए । सिक्काले बजार पल्सर मोटरसाइकल प्राप्त गरिन् । उनलाई ईसेवाको चिफ बिजनेस अफिसर आशिष गौतम र केल्मी नेपालका प्रतिनिधि दीपक विष्टले अवार्ड प्रदान गरे ।

वर्ष उत्कृष्ट प्रशिक्षक पनि एथ्लेटिक्सकै प्रशिक्षक चन्द्र गुरुङ घोषित भए । यो अवार्ड विजेता गुरुङले पनि पल्सर एन १६० मोटरसाइकल पाए । उनलाई सूर्य नेपाल प्रालीका प्रतिनिधि विदूर अधिकारी र युनाइटेड अजोड इन्स्युरेन्स प्रालीका सिनियर डिसिइडी कुमारबहादुर खत्रीले अवार्ड प्रदान गरे ।

गुरुङको प्रशिक्षणमा १६औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा नेपालले दुई स्वर्णसहित ऐतिहासिक पदक प्राप्त गरेको थियो । उक्त च्याम्पियनसिपमा नेपालले सिनियरमा दुई स्वर्ण र एक कांस्य तथा जुनियरमा दुई रजत र एक कांस्य पदक प्राप्त गरेको थियो । प्रशिक्षक गुरुङले बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमटालाई पछि पारे ।

युवा वर्ष खेलाडी क्रिकेटका देव खनाल घोषित भए । उनी नेपालले आठ वर्षको खडेरी तोड्दै २०२४ को आइसिसी यु–१९ विश्वकप क्रिकेट छनोट गराउन सफल कप्तान हुन् । देवकै कप्तानीमा नेपालले युएईलाई फाइनलमा हराउँदै एसिया छनोटको उपाधि जित्न सफल भएको थियो । उनले एथलेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ पछि पार्दै यो अवार्ड जिते ।
देवले अवार्डसँगै पल्सर एन १६० मोटरसाइकल पुरस्कार पाए । उनलाई होटल याक एन्ड यतिकी महाप्रबन्धक मोनिका साई ब्लावर र इड्राइभ नेपाल प्रालीका अध्यक्ष राजेश मास्केले अवार्ड प्रदान गरे ।

एनएसजेएफ पारा एथ्लिट अवार्डबाट मैयाँ बिशंखे सम्मानित भइन् । उनले ट्रफीसँगै ५० हजार रुपैयाँ नगद पुरस्कार पाइन् । उनी सन् २००६ देखि पारा खेलकुदमा सक्रिय छन् । लाइफ टाइम एचिभमेन्ट अवार्ड पहिलो ओलम्पियन एवम् भारोत्तलक राजेन्द्रकुमार प्रधानले प्राप्त गरे । खेलाडी र प्रशिक्षकका रूपमा उनी झन्डै साढे पाँच दशक भारोत्तोलन खेलमा सक्रिय छन् ।

प्रधानलाई नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी र महासचिव प्रज्वल ओलीले अवार्ड र ५० हजार रुपैयाँ प्रदान गरे । स्पेसल अवार्डबाट फोटो पत्रकार र पोखरेली खेलकुद अभियन्ता सुदर्शन रन्जित सम्मानित भए । उनी चार दशकभन्दा बढी पोखराका खेल गतिविधिमा सक्रिय छन् । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाह र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले अवार्ड प्रदान गरे ।

एसियन स्पोर्टस जर्नालिस्ट अवार्डबाट हङकङ चि चेन फाइलाई प्रदान गरिएको छ । उनलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले अवार्ड प्रदान गरे ।

कुल ९ विधामध्ये एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विजेताबाहेक ८ विधाका विजेता युनाइटेड अजोड इन्स्योरेन्सको तर्पmबाट एक वर्षका लागि खेलकुद विमा पाउनेछन् ।

२०औं संस्करणको पल्सर अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि रहेको छ । स्पोर्ट्स अवार्डको सह–प्रायोजक र सहयोगीमा ई–सेवा, केल्मी, सूर्य नेपाल प्रालि, होटल याक एन्ड यती, युनाइटेड अजोड इन्स्योरेन्स, लालपूर्जा नेपाल, सुबिसु, रोयल सिंगी होटल, प्लाजा होटल ग्रुप, आईएसएस, ई–ड्राइभ नेपाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी रहेका छन् ।

May 3, 2024

ओलम्पियनलगायतका खेलाडीलाई बिर्तामोडमा स्वागत

हिमाल खरेल,बिर्तामोडओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत झापाको बिर्तामोडमा सहभाीहरुलाई स्वागत तथा सम्मान गरिएको छ । बिर्तामोडमा एक कार्यक्रमका बीच झापा जिल्ला खेलकुद विकास समिति र बिर्तामोड नगरपालिकाले उनीहरुलाई शुक्रबार स्वागत सम्मान गरेका हुन् ।कोशी प्रदेशको खेलकुदसँगै आन्तरिक पर्यटन प्रवर्धनका लागि ओलम्पिकमा सहभागिता जनाएका ६० जना नेपाली ओलम्पियन खेलाडी, २५ जना प्रदेशभित्रका अनुभव […]

May 2, 2024

१२ ओलम्पियन एकै थलोमा सम्मानित

हिमाल खरेल,मोरङ सिओल ओलम्पिक १९८८ का सहभागी १२ नेपाली ओलम्पियनलाई विशेष सम्मान गरिएको छ । मोरङको सुन्दरहरैँचास्थित होटल नेपालीरिका आयोजित तेस्रो ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत आज साँझ उनीहरुलाई सम्मान गरिएको हो । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा भएको कार्यक्रममा राजकुमारी पाण्डे, मेनुका राउत, हरि रोकाया, […]

May 2, 2024

इटहरीमा ओलम्पियन र खेलाडीको पैदल यात्रा

हिमाल खरेल,इटहरीतेस्रो ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत सुनसरीको इटहरीमा वाकाथन (पैदल यात्रा) सँगै स्वागत कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेशको खेलकुदसँगै आन्तरिक पर्यटन प्रवर्धनका लागि ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा खेलकुदका चर्चित अनुहारलाई पुनर्मिलन गराउने कार्यक्रमको सुरुवात कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार मन्त्री खत्रीले गरेका थिए । आज बिहीबार […]

Success

Thank you for your time.