default_image

8 months ago

February 23, 2024

कीर्तिमानी स्कोरमा भुवनलाई ११औं उपाधि

235 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पूर्व नम्बर एक प्रो गल्फर भुवन नगरकोटी कीर्तिमानी स्कोर सहित सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका छन् ।

भुवनले ५४ होलको प्रतियोगिता १०–अन्डर १ सय ९७ को स्कोरमा उपाधि जित्दा हिमालयन गल्फ कोर्समा बनेको यो अहिलेसम्मकै उत्कृष्ट स्कोर हो । भुवनले सन् २०१७ मा शिवराम श्रेष्ठले बनाएको ९–अन्डरको रेकर्ड तोडेका हुन् । यो प्रतियोगितामा भुवनको यो दोस्रो रेकर्ड हो । हिजो उनले ७–अन्डर ६२ को कोर्स रेकर्ड बनाएका थिए ।

पोखरास्थित पार–६९ को हिमालयन गल्फ कोर्समा अन्तिम दिन शुक्रबार इभन–पार ६९ को स्कोर निकाल्दा भुवनले समग्रमा १०–अन्डर १सय ९७ को सानदार स्कोरमा खेल जीवनको एघारौं उपाधि जितेका हुन् ।

भुवनले रवि खड्का र एमेच्योर सदभाव आचार्यलाई १२ स्ट्रोकले माथ दिए । उपाधिसँगै भुवनले १ लाख ४० हजार रुपैयाँ प्राप्त गरे । २०२२ को सूर्य नेपाल काठमाडौं ओपन जितेपछि उनले जितेको यो पहिलो उपाधि हो।

रवि र एमेच्योर सदभावले समग्रमा २–ओभर २ सय ९ को स्कोरमा दोस्रो स्थानमा रहे । रवि र सदभाव दुबैले आज १–ओभर ७० मा खेलको अन्त्य गरे । रविले ९६ हजार रुपैयाँ प्राप्त गरे। एमेच्योरतर्फ सदभावले उपाधि जिते । उनले प्रज्वल गुरूङलाई १३ स्ट्रोकले हराउँदै उपाधि जितेका हुन् । दोस्रो भएका प्रज्वलले १५–ओभर २ सय २२ स्कोर गरे ।

धरानका प्रो निरज तामाङले आज इभन–पार ६९ मा खेल सकाउँदा समग्रमा ४–ओभर २ सय ११ को स्कोरमा तेस्रो स्थानमा रहे । उनले ७२ हजार रुपैयाँ पाए । भेट्रान प्रो दीपक मगरले समग्रमा ६–ओभर २ सय ११ सहित चौथो भए । आज उनले इभन–पार ६९ मा खेल सकाए । चौथो भएका उनले ५९ हजार रुपैयाँ पाए ।

समग्रमा १०–ओभर २ सय १७ बनाएका प्रदीप कुमार लामा पाँचौ भए। उनले आज ४–ओभर ७३ मा खेल सकाए । उनी ५० हजार नगद रुपैयाँकोे हकदार बने। यसैगरी बलभद्र राई, भुबहादुर गुरुङ र सञ्जय लामाले समग्रमा ११–ओभर २ सय १८ को नतिजामा छैटौं स्थान बाँडे। उनीहरूले जनही ३९ हजार रुपैयाँ प्राप्त गरे। अन्तिम दिन बलभद्रले ४–ओभर ७३, भुबहादुरले ३–ओभर ७२ र सञ्जयले १–ओभर ७० मा खेल सकाए ।

दल बहादुर लामा र दिनेश प्रजापतिले समग्रमा १३–ओभर २ सय २० को स्कोरमा संयुक्तरुपमा नवौं स्थान बाँड्दा जनही ३२ हजार रुपैयाँ हात पारे। दलले आज ६–ओभर ७५ र नीरजले ३–ओभर ७२ मा अन्तिम दिनको खेल सकाए।

११ स्ट्रोकको अग्रता सहित अन्तिम १८ होलको सुरूवात गरेका भुवनलाई अन्य कुनैपनि गल्फरले चुनौती दिन सकेनन् । उनले फ्रन्ट नाइन इभन–पार ३४ मा सकाए। पहिलो र पाँचौ होलमा बर्डी तथा चौथो र सातौं होलमा बोगी प्रहार गरे। उनले ब्याक नाइन पनि इभन–पार ३५ मा सकाए। यो क्रममा उनले १४औं र १८औं होलमा एक–एक सट खेर फाल्दा १५औं र १६ औं होलमा बर्डी प्रहार गरे।

रविले फ्रन्ट नाइनमा राम्रो प्रदर्शन गर्न सकेनन। ३–ओभर ३७ मा फ्रन्ट नाइन सकाउने क्रममा उनले पहिलो र आठौं होलमा बोगी र सातौं होलमा डबल बोगीको सामना गरे। तेस्रो होलमा एक सट बचाए। ब्याक नाइनमा सम्हालिदै १५औं र १८औं होलमा दुई बर्डी प्रहार गरे। ब्याक नाइन २–अन्डर ३३ मा पुरा गरे।

संयुक्तरुपमा दोस्रो भएका एमेच्योर विजेता सदभावले फ्रन्ट नाइन इभन–पार ३४ मा पुरा गरे। उनले पहिलो होलमा बोगी र सातौं होलमा बर्डी खेपे। यसपछि १०औं र १३औं होलमा एक–एक सट बचाउँदा १२औ, १५औं र १७औं होलमा बोगीको सामना गरे।

निरजले फ्रन्ट नाइन १–ओभर ३५ र ब्याक नाइन १–अन्डर ३४ मा सकाए। दोस्रो र तेस्रो होलमा बर्डी प्रहार गरेपनि चौथो, छैटौं र नवौं होलमा एक–एक सट खेर फाले। यसपछि १७औं होलमा डबल बोगी खेप्दा १३औ, १५औं र १८औं होलमा एक–एक सट बचाए।

काठमाडौं बाहिर हुने दुई प्रतियोगिता मध्ये एक, सूर्य नेपाल वेस्टर्न ओपनमा ३५ प्रोफेसनल र १५ एमेच्योर खेलाडीको सहभागीता रहेको थियो।

कुल ८ लाख ४० हजार रुपैयाँ पुरस्कार रहेको प्रतियोगिताको विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा बिष्ट, कास्की जिल्ला गल्फ संघका अध्यक्ष जीवराम गुरूङ र गण्डकी प्रदेश खेलकुद विकास परिषदका बोर्ड सदस्य केशव पाठकले पुरस्कार वितरण गरे।

प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो–एम प्रतियोगिता हुनेछ। प्रतियोगितामा ७६ एमेच्योर र १९ प्रोफेसनल गल्फरले भाग लिनेछन। सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत जारी सिजनमा कुल आठ प्रतियोगिता रहेका छन। जसमा कुल ६५ लाख रुपैयाँ पुरस्कार रहेको छ।

October 23, 2024

खेलकुद प्रसारणको व्यवसायीकरणमा पछाईको पहल

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा समूहगत खेल लोकप्रिय छन् । मुख्यतः फुटबल, भलिबल पहिला देखि नै र पछिल्लो एक दशकमा क्रिकेट निकै लोकप्रिय खेलमा पर्दछ । यि तीन खेलको फ्यान फलोइङमा पनि उत्तिकै छ । केहि समय अघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा विश्वकप लिग-२ का खेलमा देखिएको दर्शकको तस्वीरलाई विश्वभरका सन्चारमाध्यममा चर्चाको विषय बनेको थियो […]

October 23, 2024

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस – कायन र निम्ती विजयी

काठमाडौं (हाम्रो खेलकुद) – कायन चालिसे र निम्ती कुवँर चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा यु–८ सिंगल्समा बुधबार च्याम्पियन भएका छन् । सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा जारी प्रतियोगितामा बुधवार यु–८ उमेरसमूहमा कायन ब्वाइज र निम्ती गल्र्सतर्पm च्याम्पियन भएका हुन् । कायनले फाइलनमा टोनिस श्रेष्ठलाई १०–७ र १०–३ ले हराए । निम्तीले भने अमिरा […]

October 23, 2024

नवीन राष्ट्रिय र्‍यापिड चेस च्याम्पियन

कञ्चनपुर (हाम्रो खेलकुद)- काठमाडौंका सिएम नवीन तण्डुकारले दोश्रो राष्ट्रिय र्‍यापिड रेटिङ बुद्धिचालको उपाधि जितेका छन्। महिलामा पोखराकी पुजा भण्डारी विजयी भइन् ।  प्रतियोगिता अन्तर्गत १९३२ रेटेड सिएम नविनले ८ खेलमा जित दर्ता गर्दै ८ अंकका साथ राष्ट्रिय र्‍यापिड च्याम्पियन बनेका छन्। नविनले उपाधि संगै ३० हजार रुपैयाँ प्राप्त गरेका छन्।  कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा सम्पन्न प्रतियोगितामा […]

Success

Thank you for your time.