2 years ago
February 26, 2024
सुमन अधिकारी, बुटवल
पाल्पाको रामपुरमा प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता–२०८०आयोजना हुने भएको छ ।
पाल्पा जिल्ला भलिबल संघको आयोजना, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य प्रवर्द्धन एवम् प्रायोजन तथा नेपाल भलिबल महासंघको संयोजनमा यहि फागुन १८ देखि २३ गतेसम्म प्रतियोगिता हुने बताइएको छ।
प्रतियोगितामा नेपाल पुलिस क्लब, एपीएफ, नेपाली आर्मी क्लब गरी ३ विभागिय टिमसहित सातवटै प्रदेशका महिला भलिबल टिमको सहभागिता रहने रामपुरको तुल्सी खेल मैदानमा सोमबार आयोजित पत्रकारमा जानकारी दिइयो।
प्रतियोगिताको उपाधि विजेताले २ लाख ५० हजार दोस्रो टोलीले १ लाख ५० हजार र तेस्रोले टोली ७५ हजार र चौथोले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ।
प्रतियोगितामा पाल्पा जिल्ला खेलकुद विकास समिति र प्रदेश भलिबल संघको समन्वय, रामपुर नगरपालिका संरक्षक, रामपुर उद्योग वाणिज्य संघ प्रबर्द्धन रहेका बताइएको छ।
प्रतियोगिता आयोजनास्थल रामपुरस्थित तुल्सी खेल मैदानमा मैदान तयारी भैरहेको र दर्शक लागि अस्थायी प्याराफिट निर्माण, टिम दर्ता लगायतका काम अन्तिम चरणमा पुगेको पाल्पा जिल्ला भलिबल संघका अध्यक्ष राजु गुरुङले बताए ।
दर्शकको सुविधाका लागि मैदानमा दुईतर्फ निर्माण भएको प्याराफिट ५ हजार क्षमताको रहेको बताइएको छ । प्रतियोगिता संचालन गर्न ८४ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको गुरुङले बताए ।

कार्यक्रममा प्रतियोगिताको मुख्य प्रवर्द्धन प्रायोजक प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले प्रदेशका सबै क्षेत्रमा भलिबलको विकासका लागि विकेन्द्रीत हिसाबले प्रतियोगिता आयोजना गर्न लागिएको बताउँदै महिला भलिवलको आयोजनाले महिला भलिवलको विकाससंगै पाल्पाको रामपुरको पर्यटनको विकासमा नयाँ ढंगले प्रवर्द्धन हुने दाबी गरे ।
लुम्बिनी भलिबल महासंघका उपाध्यक्ष योग गुरुङले लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरुले भलिबलको उर्वरभुमीका रुपमा पहिचान बनाएको अवस्थामा पाल्पामा आयोजना गर्न लागिएको महिला भलिबल प्रतियोगिताले थप बल पुग्ने बताए ।
भलिबकका राष्ट्रिय प्रशिक्षक एवं प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य अर्जुन घिमिरेले खेलको विकासका लागि नियमित खेल प्रतियोगिताको आयोजना हुनु जरुरी रहेको बताउँदै नेपालमा महिला भलिबल खेलाडीहरुलाई प्रोत्साहानको आवश्यक्ता रहेको धारणा व्यक्त गरे ।
प्रतियोगिताको प्रवर्द्धन पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रसाद ढकालले महिला भलिबल प्रतियोगिता पाल्पाका लागि केवल खेल गतिविधिमात्र नभई पर्यटन प्रवर्द्धन गर्ने एक अभियान पनि बन्ने विश्वास व्यक्त गदैृ प्रतियोगिता आयोजना गर्न कुनै कमी हुन नदिने प्रतिवद्धता जनाए ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]