2 years ago
March 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – उत्कृष्ट पुनरामगनका साथ नेपाल एपिएफ क्लबले मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
संखुवासभाको खादबारीमा सम्पन्न शनिबार गण्डकी प्रदेशलाई ३–१ ले हराउँदै एपिएफले पहिलो स्थान हासिल गरेको हो । पहिलो सेट गुमाएको एपिएफले १४–२५,२५–२३,२५–२१,२५–२१ को जित निकालेको हो । एपिएफलाई कडा चुनाती प्रस्तुत गर्नका वावजुद गण्डकी पराजित भएको हो ।
एपिएफले त्रिभुवन आर्मी क्लब र गण्डकीले नेपाल पुलिस क्लबलाई हराउँदै फाइनल भेट पक्का गरेका थिए । त्यसअघि एकै समूहमा रहँदा पनि एपिएफले गण्डकीलाई ३० को सोझो सेटमा हराएको थियो ।
पुलिस तेस्रो
प्रतियोगितामा पुलिस तेस्रो भएको छ । शनिबार नै आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस तेस्रो बन्न सफल भएको हो ।
एकपक्षिय खेलमा पुलिसले आर्मीलाई २५–२३,२५–१७, २५–१७ ले हराएको थियो । पहिलो सेट बाहेक आर्मीले पुलिसलाई चुनौती दिन सकेन । एकै समूहमा रहेका यि दुई टोलीबीचको प्रतिस्पर्धामा पनि पुलिसले आर्मीलाई हराएको थियो ।
प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजना र जिल्ला भलिबल संघको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेता टोलीले ३ लाख, दोस्रोले १ लाख ५० हजार, तेस्रोले ५० हजार र चौथो हुने टोलीले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले २५ तथा विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ पाउनेछन् । पाँच दिन सम्म सन्चालन भएको प्रतियोगितामा ८ टोलीको सहभागिा थियो ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]