2 years ago
March 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको पाँचौं प्रतियोगिताका रुपमा रहेको सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन मंगलबार एमेच्योर गल्फर सदभाव आचार्य एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा उक्लन सफल भएका छन् ।
साविक विजेता सदभावले आज १–अन्डर ६७ को स्कोर गर्दा समग्रमा ३–अन्डर १ सय ३३ सहित प्रोफेसनल गल्फर धन बहादुर थापालाई एक स्ट्रोकले पछि पारेका हुन् । १–अन्डर ६७ सहित समग्रमा २–अन्डर १ सय ३४ सहित धन दोस्रो स्थानमा उक्लिए ।
पूर्व नम्बर एक गल्फर रवि खड्का र पहिलो दिनका लिडर रामे मगरले समग्रमा १–अन्डर ३५ को नतिजामा संयुक्तरुपमा तेस्रो स्थान बाँडे। रविले आज २–अन्डर ६६ र रामेले २–ओभर ७० मा दोस्रो दिनको खेल सकाएका हुन् ।
२–अन्डर ६६ स्कोर गरेका दिनेश प्रजापति समग्रमा इभन–पार १ सय ३६ सहित पाँचौ स्थानमा रहेका छन् । समग्रमा २–ओभर १ सय ३८ सहित जयराम श्रेष्ठ र भुवन नगरकोटीले छैटौं स्थान बाँडे । जयरामले १–अन्डर ६७ र भुवनले ३–ओभर ७१ मा आजको खेल सकाएका छन्् । ३–ओभरको खराब प्रदर्शनमा भुवन तेस्रो स्थानबाट छैटौं स्थानमा तल झरेका छन् ।
यसैगरी ३–ओभर १ सय ३९ स्कोरमा सञ्जय लामा, दीपक थापा र सूर्य प्रसाद शर्मा संयुक्तरुपमा आठौं स्थानमा रहे । सञ्जयले दोस्रो दिनको उत्कृष्ट कार्ड बनाउँदै ३–अन्डर ६५ मा खेल सकाए। दीपकले इभन–पार ६८ र सूर्यले १–ओभर ६९ को स्कोर दर्ज गरेका छन् ।
एमेच्योरतर्फ टासी छिरिङ र राहुल विके समग्रमा ६–ओभर १ सय ४२ सहित संयुक्तरुपमा दोस्रो स्थानमा छन। दुवैले आज ३–ओभर ७१ को स्कोर बनाए। उनीहरू लिडर सदभाव भन्दा ९ स्ट्रोकले पछि रहेका छन् ।
३६ होलको समाप्तीमा १९–ओभर १ सय ५५ सम्म स्कोर गरेका २१ प्रोफेसनल र ३ एमेच्योर गरी कुल २४ जनाले कट बनाएका छन। कृष्णमान राजबाहक, रामकृष्ण श्रेष्ठ, रमेश अधिकारी, विष्णु प्रसाद शर्मा, प्रदीप कुमार लामा, टंक बहादुर कार्की, भुवन कुमार रोक्का, वसन्त राज गुरुङ, पशुपति शर्मा, धुव्र केसी, किसन कालीराज सुनार र विकास अधिकारीले अन्तिम ३६ होलको लागि स्थान सुरक्षित गरे।
उपाधि रक्षा गर्ने कोशिसमा रहेका युवा एमेच्योर सदभावले फ्रन्ट नाइन १–ओभर ३५ मा सकाए । पहिलो र चौथो होलमा बर्डी प्रहार गरे । तर पाँचौँ होलमा डबल बोगी र सातौं होलमा बोगीको सामना गरे। सदभावले ब्याक नाइन भने २–अन्डर ३२ मा पुरा गरे । ५–पारको १०औं होलमा इगलको सफलता प्राप्त गर्दा ११औं होलमा बर्डी प्रहार गरे । १४ औं होलमा भने एक सट खेर फाले ।
धनले दोस्रो होलको बोगीका विरूद्ध तेस्रो र पाँचौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन १–अन्डर मा सकाए । यसपछि १२औं होलमा बोगी र १३औं होलको बर्डीले ब्याक नाइनमा इभन–पार ३४ को स्कोर निकाले । दोस्रो र चौथो होलको बर्डीमा रविले फ्रन्ट नाइन २–अन्डर ३२ मा पुरा गरे। यसपछि १५औं होलमा एक सट खेर फाल्दा १८औं होलको बर्डीले ब्याक नाइन इभन–पार ३४ मा सकाए ।
कुल ५ लाख ७२ हजार २ सय ५० रुपैयाँ पुरस्कार रहेको प्रतियोगिताको विजेताले १ लाख, दोस्रोले ६७ हजार, तेस्रोले ४८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी चौथो हुनेले ४० हजार र पाँचौ हुनेले ३६ हजार रुपैयाँ पाउनेछन् । कट बनाउने २१ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]