default_image

2 years ago

March 6, 2024

सूर्य नेपाल च्यालेन्ज– सदभाव शीर्षस्थान यथावत

530 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एमेच्योर गल्फर सदभाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको पाँचौं प्रतियोगिताका रुपमा सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन ३ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा यथावत रहेका छन् ।

रोयल नेपाल गल्फ क्लबमा बुधबार साविक विजेता युवा गल्फर सदभावले ४–अन्डर ६४ को उम्दा प्रदर्शन गर्दा समग्रमा ७–अन्डर १ सय ९७ सहित पूर्व नम्बर एक गल्फर रवि खड्कालाई ३ स्ट्रोकले पछि पारेका छन् । रविले आज ३–अन्डर ६५ स्कोर बनाए । उनी समग्रमा ४–अन्डर २०० सहित दोस्रो स्थानमा उक्लिएका छन् ।

भुवन नगरकोटीले आज दिनकै उत्कृष्ट स्कोर कार्ड तयार पार्ने क्रममा ५–अन्डर ६३ स्कोर गरे । समग्रमा ३–अन्डर २ सय १ सहित तेस्रो स्थानमा उक्लिएका छन् । धन बहादुर थापाले आज इभन–पार ६८ मा खेल सकाउँदा समग्रमा २–अन्डर २ सय २ सहित चौथो स्थानमा झरेका छन् ।

भेट्रान प्रो दीपक मगरले ३–अन्डर ६५ मा तेस्रो दिनको खेल सकाएका छन् । उनी समग्रमा इभन–पार २ सय ४ को नतिजामा पाँचौ स्थानमा उक्लिएका छन्। समग्रमा २–ओभर २ सय ६ सहित सञ्जय लामा छैटौं स्थानमा छन् । उनले आज १–अन्डर ६७ मा खेल सकाएका छन् ।

आज ४–अन्डर ६४ को उत्कृष्ट नतिजा सहित समग्रमा ३–ओभर २ सय ७ सहित विष्णु प्रसाद शर्मा सातौं स्थानमा उक्लिएका छन् । एमेच्योर टासी छिरिङ र प्रो रामे मगर समग्रमा ४–ओभर २ सय ८ सहित आठौं स्थानमा छन् । टासीले आज २–अन्डर ६६ मा खेल सकाएका हुन् । उनी एमेच्योरतर्फ‌ दोस्रो स्थानमा छन् । पहिलो दिनका लिडर रामेले आज ५–ओभर ७३ को खराब प्रदर्शन गरेका छन् ।

समग्रमा ५–ओभर २ सय ९ सहित भुवन कुमार रोक्का, जयराम श्रेष्ठ र दिनेश प्रजापतिले १०औं स्थान बाँडे। भुवनले ४–अन्डर ६४, जयरामले ३–ओभर ७१ र दिनेशले ५–ओभर ७३ मा खेल सकाए।

उपाधि रक्षा गर्ने दाउमा रहेका सदभावले पहिलो होलमा नै ओबी प्रहार गर्दै सो होलमा बोगी खेपे। तर उनले उत्कृष्ट पुनरागमन गरे। दोस्रो होलमा बर्डी र ५–पारको चौथो होलमा इगलको सफलता प्राप्त गरे। यसपछि पाँचौं होलमा एक सट खेर फाले भने सातौं होलको बर्डीले फ्रन्ट नाइन २–अन्डर ३२ मा सकाए।

यसपछि १३औं होलको बोगीका विरूद्ध १०औं, १५औं र १८औं होलमा बर्डीको‌ सफलता सहित सदभावले ब्याक नाइन २–अन्डर ३२ मा नै पुरा गरे। अन्तिम १८ होलको खेल बाकी छँदा करियरको तेश्रो उपाधि जित्ने सम्भावनालाई बलियो बनाएका छन्।
रविले फ्रन्ट नाइन १–अन्डर ३३ र ब्याक नाइन २–अन्डर ३२ मा सकाए। उनले चौथो, १३औं, १४औं र १६औं होलमा चार बर्डी प्रहार गरे भने १२औं होलमा एक सट खेर फाले।

भुवनले लोभलाग्दो सुरूवात गर्दै फ्रन्ट नाइन ४–अन्डर ३० मा सकाए‌। पहिलो, चौथो, आठौं र नवौं होलमा बर्डी प्रहार गरे। यसपछि १०औं र १७औं होलमा पनि एक–एक सट बचाए भने १८औं होलमा बोगीको सामना गरे।

धनले फ्रन्ट नाइन १–अन्डर ३३ र ब्याक नाइन १–ओभर ३५ मा‌ पुरा गरे। उनले तेस्रो, आठौं र १३औं होलमा बर्डी प्रहार गर्दा चौथौं, १७औं र १८औं होलमा एक–एक सट खेर फाले।

चारदिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र ११ एमेच्योर खेलाडीको सहभागिता रहेको छ । कुल ५ लाख ७२ हजार २ सय ५० रुपैयाँ पुरस्कार रहेको प्रतियोगिताको विजेताले १ लाख, दोस्रोले ६७ हजार, तेस्रोले ४८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी चौथो हुनेले ४० हजार र पाँचौ हुनेले ३६ हजार रुपैयाँ पाउनेछन् । कट बनाउने २१ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

Success

Thank you for your time.