default_image

2 years ago

March 7, 2024

रविलाई सूर्य नेपाल च्यालेन्जको उपाधि

487 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- पूर्व नम्बर एक गल्फर रवि खड्काले सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको पाँचौं  प्रतियोगिताका रुपमा रहेको सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन्।

साविक विजेता एमेच्योर सदभाव आचार्यलाई ७ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै रविले उपाधि जितेका छन्।

रविले सात वर्षपछि करियरको पहिलो उपाधि जितेका हुन। सन् २०१७ को अप्रिलमा सूर्य नेपाल एनपीजीए म्याच प्ले जितेपछि यो उनको पहिलो उपाधि हो। उनको यो सूर्य नेपाल टुरको १२औं उपाधि हो। उपाधि सहित उनले १ लाख रुपैयाँ प्राप्त गरे।

लगातार दुई दिनका लिडर सदभाव आचार्यले अन्तिम दिन आज ६-ओभर ७४ को खराब प्रदर्शन गर्दा उपाधि रक्षा गर्ने मौका गुमाए। समग्रमा १-अन्डर २ सय ७१ को स्कोरमा उनले चित्त बुझाए। उनले एमेच्योरतर्फ उपाधि जिते। एमेच्योर तर्फ समग्रमा ७-ओभर २ सय ७९ को स्कोर मा टासी छिरिङ दोस्रो भए। उनले आज ३-ओभर ७१ मा खेल सकाए।

समग्रमा १-ओभर २ सय ७३ सहित प्रोतर्फ दिनेश प्रजापति, दीपक मगर र धन बहादुर थापाले संयुक्तरुपमा दोस्रो स्थान बाँडे। दिनेशले आज ४-अन्डर ६४ को उत्कृष्ट स्कोर बनाउँदा दीपकले १-ओभर ६९ र धनले ३-ओभर ७१ को स्कोर खडा गरे। उनीहरूले समान ५१ हजार ६ सय ६५ रूपैयाँ पुरस्कार प्राप्त गरे।

पहिलो दिनका लिडर रामे मगरले आज इभन-पार ६८ खेलेर समग्रमा ४-ओभर २ सय ७६ सहित पाँचौं स्थानमा खेल सकाउँदै ३६ हजार नगद पुरस्कार हात पारे। समग्रमा ५-ओभर २ सय ७७ को नतिजामा भुवन नगरकोटी, सञ्जय लामा, भुवन कुमार रोक्का र जयराम श्रेष्ठले संयुक्तरुपमा छैटौं स्थान बाँडे।

दाबेदार भुवनले आज ८-ओभर ७६ को बिर्सनलायक प्रदर्शन गर्दा तेस्रो स्थानबाट तल झर्दै छैटौं स्थानमा खेल सकाउन बाध्य भए। यस्तै ३-ओभर ७१‌ स्कोर गर्दा भुवन कुमार रोक्का र जयरामले इभन-पार ६८ मा खेल पुरा गरे। उनीहरूले २७ हजार ८ सय ७५ रुपैयाँ आफ्नो नाममा लेखाए।

समग्रमा १२-ओभर २ सय ८४ को नतिजामा रमेश अधिकारी दशौं भए र २१ हजार प्राप्त ग्रे।उनले आज ६-ओभर२ सय ७४ को स्कोर बनाए।

अन्तिम १८ होलको खेल सुरू हुँदा रवि सदभाव भन्दा ३ स्ट्रोकले पछि थिए। सदभावले लय गुमाउँदा रविले सुदबुझपुर्ण प्रदर्शन गरे। रविले पहिलो, दोस्रो, चौथो र आठौं होलमा बर्डी प्रहार गरे। तेस्रो र सातौं होलमा एक-एक सट खेर फाले। फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए।

यता ३ स्ट्रोकको अग्रतामा दिनको सुरूवात गरेका सदभावले पहिलो होलमा बर्डी प्रहार गरे पनि तेस्रो होलको डबल बोगी र आठौं होलको बोगीले फ्रन्ट नाइन २-ओभर ३६ मा सकाए। नौ होलको समाप्तीमा रविले सदभावलाई एक स्ट्रोकले पछि पारे।

खेलको टर्निङ प्वाइन्ट दशौं होल बन्यो। सदभावले टी सट जंगलमा प्रहार गरे। दोस्रो सट ओबी खेल्दा यो होलमा ट्रीपल बोगीको सामना गर्न बाध्य भए। यता रविले यही होलमा इगल प्रहार गर्दा दशौं होलको समाप्तीमा रविले सदभाव विरूद्ध ६ स्ट्रोकको अग्रता बनाए। यसपछि रविले १७औं होलमा एक सट खेर फाले भने १८औं होलको बर्डीले ब्याक नाइन २-अन्डर ३२ मा नै पुरा गरे।

सदभावले दशौं होलको ट्रीपल बोगी लगतै १२औं होलमा डबल बोगी र १५औं होलमा बोगीको सामना गरे। १३औं र १४औं होलमा एक-एक सट बचाए र ब्याक नाइन ४-ओभर ३८ मा सकाए।

दिनेशले फ्रन्ट र ब्याक नाइन दुवै २-अन्डर ३२ मा सकाए। उनले पहिलो, चौथौं, आठौं, १०औं र १५औं होलमा बर्डी प्रहार गर्दा सातौं होलमा एक सट खेर फाले।

दीपकले पहिलो र सातौं होलमा एक-एक सट बचाउँदा पाँचौ र नवौं होलको बोगीले फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए। यसपछि १३औं होलको बर्डी विरूद्ध १५औं र १७औं होलको बोगीले ब्याक नाइन १-ओभर ३५ मा पुरा गरे।

धनले फ्रन्ट नाइन २-ओभर ३६ र ब्याक नाइन १-ओभर ३५ मा पुरा गरे। यो क्रममा उनले पहिलो, ११औं, १३औं र १५औं होलमा बर्डी प्रहार गरेपनि तेस्रो, आठौं र नवौं होलमा बोगी खेप्दा १०औं र १८औं होलमा डबल बोगीको सामना गरे।

७२ होलको चार दिने प्रतियोगिताको कुल ५ लाख ७२ हजार २ सय ५० रुपैयाँ पुरस्कार रहेको थियो। प्रतियोगितामा कूल ३१ प्रोफेसनल र ११ एमेच्योर खेलाडीको सहभागीता रहेको थियो।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल‌ प्रालिका मार्केटिङ उपाध्यक्ष दीप्रा लहरी, पिजीए नेपालका सल्लाहकार घनश्याम थापा, आरएनजीसीका अध्यक्ष मधुकर याकथुम्बा, क्याप्टेन मिथुन राई र कोषाध्यक्ष रोशन राईले पुरस्कार वितरण गरे। 

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

Success

Thank you for your time.