2 years ago
March 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ट्रायथलन संघले आइतबार गण्डकी प्रदेश ट्रायथलन संघ र कास्की जिल्ला ट्रायथलन संघसँगको सहकार्यमा ‘ट्रायथलन फेमिलियराइजेसन’ कार्यक्रमको आयेजना गरेको छ ।
ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले पोखरामा वैशाख महिना हुने एसिया ट्रायथलन कप र दक्षिण एसिया ट्रायथलन च्याम्पियन्सिप सफल बनाउने सो क्षेत्रका सरोकारवालाहरुसँग छलफल गरेका हुन् ।
उनले ट्रायथलनका लागि उपयुक्त पोखरामा यस खेलको अपनत्व दिनका लागि यो कार्यक्रमको आयोजना गरेको उल्लेख गर्दै खेलको इतिहासबारे पनि जानकारी दिए।
एसिया ट्रायथलन कप र दक्षिण एसिया ट्रायथलन च्याम्पियन्सिप २०८१ वैशाख १५ र १६ गते हुने बताइएको छ।
यसअघि वैशाख ८ र ९ गते पोखराकै स्थनीयहरुलाई लक्षित गरेर टेक्सिनकल अफिसर्स कोर्सको आयोजना गरेर २५ जनालाई प्रशिक्षण दिने निर्णय भएको संघले जानकारी दिएको छ ।

ट्रायथलन संघले गण्डकी प्रदेशलाई स्थानिय आयोजक कमिटीको जिम्मेवारी दिएको छ । गण्डकी प्रदेशका अध्यक्ष डिल्लीराज सुवेदीले अबदेखि प्रदेश संघले पनि प्रतियोगिताको आयोजना गर्ने बताए ।
कार्यक्रममा ट्रायथलन संघका सल्लाहकार विश्वशंकर पालिखे, संघका उपाध्यक्षद्वय दीपक कोइराला र सुमन देवकोटा, कोषाध्यक्ष निरज श्रेष्ठ, कास्की जिल्लाका अध्यक्ष प्रमेश पराजुली, प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्षका साथै एनएसजेएफ गण्डकी प्रदेश , पर्यटन बोर्डका पदाधिकारीहरुको पनि उपस्थिति थियो ।
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]