default_image

2 years ago

March 22, 2024

पोखरा स्पोर्ट्स अवार्डमा साहसको साथ

258 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दुई दशकदेखि खेल पोशाक उत्पादक साहस स्पोर्टसले आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई साथ दिने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा वैशाख २१ गते पोखरा सभागृह हलमा आयोजना हुने ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई साहस स्पोर्टस् प्रा.लि. काठमाण्डौंले साथ दिने भएको मञ्चले जनाएको छ ।

हालै साहस स्पोर्टस्का प्रबन्ध निर्देशक जनक न्यौपाने र मञ्चका अध्यक्ष दीननाथ बराल बिच सम्झौतापत्रमा हस्ताक्षर भएकोे थियो । साहसले अवार्ड सफल पार्न करिब ५० हजार बराबरको सहयोग गर्ने भएको मञ्चका अध्यक्ष दीननाथ बरालले बताए ।

काठमाण्डौंको चाइना टाउनमा रहेको साहस स्पोर्टसले खेल सम्बन्धी जर्सी, ट्रयाकसुट, टिसर्ट, झोला लगायत १२ प्रकारका सामानहरु उत्पादन गर्दै आइरहेको स्पोर्टसका प्रबन्ध निर्देशक न्यौपानेले जानकारी दिए ।

 मञ्चले हरेक वर्ष गर्दै आएको अवार्डमा यस पटक सहकार्य गर्ने अवसर दिएकोमा साहसका प्रबन्ध निर्देशक न्यौपानेले धन्यवाद दिदै आगामी दिनमा पुनः सहकार्य गर्ने प्रतिवद्धता जनाए ।

मञ्चका अध्यक्ष बराल सहित सचिव शशीकुमार पौडेल सहितको टोली उक्त अवार्ड सफल पार्न पूर्व तयारी स्वरुप काठमाण्डौं जाने क्रममा साहससहित हाम्रो हस्तकलाले समेत अवार्डलाई यस वर्ष सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने महासचिव राजाराम पौडेलले जनाए ।

अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिकाले प्रवद्र्धन गर्नेछ । राष्ट्रिय खेलकुद परिषदले समेत अवार्ड कार्यक्रममा सघाउनेछ । अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ ।

खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

Success

Thank you for your time.