2 years ago
March 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत छैटौं प्रतियोगिताको रुपमा रहेको सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको पहिलो दिन सोमबार प्रो भुवन नगरकोटी र एमेच्योर राहुल विश्वकर्मा संयुक्तरुपमा शीर्षस्थानमा रहन सफल भएका छन्।
उनीहरूले ३-अन्डर ६९ को स्कोरमा पहिलो दिनको खेल सकाएका हुन्। भुवन र राहुलले १८ होलको समाप्तीमा तीन प्रोफेसनल खेलाडी रमेश अधिकारी, रवि खड्का र निरज तामाङ तथा एमेच्योर विजय श्रेष्ठ आइन्हाउसलाई १ स्ट्रोकले पछि पारे। रमेश, रवि, निरज र विजयले आज २-अन्डर ७० को स्कोर गरे।
एमेच्योर सदभाव आचार्य १-अन्डर ७१ सहित सातौं स्थानमा छन्। युवराज भुजेल, जयराम श्रेष्ठ, सञ्जय लामा र बलभद्र राई इभन-पार ७२ सहित संयुक्तरुपमा आठौं स्थानमा रहे।
गोकर्ण गल्फ क्लबमा आज भुवनले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाए। पहिलो होलमा एक सट खेर फाले। यसपछि दोस्रो, पाँचौं र सातौं होलमा बर्डी प्रहार गर्दा आठ होलको समाप्तीमा २-अन्डरको स्थितिमा थिए। तर नवौं होलमा ओबी प्रहार गर्दा यो होलमा डबल बोगीको सामना गरे।
यसपछि ब्याक नाइनमा भने उत्कृष्ट प्रदर्शन सहित चार बर्डी प्रहार गरे। १३औं होलमा एक सट खेर फाले भने १०औं, ११औं, १५औं र १७औं होलमा बर्डीको सफलता प्राप्त गरे। ब्याक नाइन ३-अन्डर ३३ मा पुरा गरे।
एमेच्योर गल्फर राहुलले प्रो गल्फरलाई कडा चुनौती दिने क्रममा फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए। उनले बोगी रहित फ्रन्ट नाइन खेल्ने क्रममा पहिलो, चौथो र छैटौं होलमा एक-एक सट बचाए। ब्याक नाइन इभन-पार ३६ मा पुरा गरे। १२औं होलमा बोगी खेप्दा १५औं होलमा एक सट बचाए।
संयुक्तरुपमा दोस्रो स्थानमा रहेका रमेशले सुरूवात राम्रो गर्न सकेनन्। फ्रन्ट नाइन २-ओभर ३८ मा सकाए। पहिलो होलमा बोगी खेपे भने तेस्रो होलमा बर्डी प्रहार गरे। तर ५-पारको सातौं होलमा डबल बोगीको सामना गरे। तर ब्याक नाइनमा भने उम्दा प्रदर्शन गरे। १५औं होलमा इगलको सफलता प्राप्त गरे। यसपछि १६औं र १७औं होलमा बर्डी प्रहार गर्दा ब्याक नाइन ४-अन्डर ३२ मा सकाए।
टुरको पाँचौ प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज जितेका रविले फ्रन्ट र ब्याक नाइन दुवै १-अन्डर ३५ मा सकाए। उनले छैटौं, सातौं, १५औं र १८औं होलमा बर्डी प्रहार गर्दा पहिलो र ११औं होलमा एक-एक सट खेर फाले।
यसैगरी धरानका प्रो निरजले तेस्रो र नवौं होलको बर्डी विरूद्ध सातौं होलमा बोगी खेप्दै फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए। यसपछि १५औं होलमा एक सट खेर फाल्दा १३औंं र १८औं होलमा बर्डी प्रहार गरे। ब्याक नाइन १-अन्डर ३५ मा सकाए।
एमेच्योर गल्फर विजयले उत्कृष्ट सुरूवात गर्दै फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए। उनले पहिलो, तेस्रो, पाँचौं र छैटौं होलमा बर्डीको सफलता प्राप्त गरे भने नवौं होलमा एक सट खेर फाले। यसपछि १०औं होलमा बर्डी प्रहार गरे भने १६औं र १७औं होलमा एक एक सट खेर फाल्दै ब्याक नाइन १-ओभर ३७ मा पुरा गरे।
प्रो तोरण शाहीले पहिलो दिन व्यक्तिगत कारण खेल सुरू हुनुभन्दा अगाडी नाम फिर्ता लिए। चारदिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३२ प्रोफेसनल र १२ एमेच्योर गरी कुल ४४ गल्फरको सहभागिता छ।
कुल ८ लाख ४० हजार रुपैयाँ पुरस्कार रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, दोस्रोले ९६ हजार र तेस्रो हुनेले ७२ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ उत्कृष्ट २१ खेलाडीले तेस्रो र चौथो दिनको लागि स्थान सुरक्षित गर्नेछन्। एमेच्योर खेलाडीको हकमा पनि कट बनाउने उत्कृष्ट २१ भित्र पर्नुपर्ने नियम छ। कट बनाउन सफल सबै प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन्।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]