2 years ago
March 27, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एमेच्योर गल्फर सदभाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको तेस्रो दिन समग्रमा ११-अन्डर २ सय ५ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहन सफल भएका छन्।
आज २अन्डर ७० खेलेका सदभावले प्रो भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पारेका छन्।
भुवनले आज १-अन्डर ७१ मा खेल सकाउँदा समग्रमा १०-अन्डर २ सय ६ सहित दोस्रो स्थानमा छन्। अन्तिम १८ होलको खेल बाँकी रहँदा उपाधि होडमा सदभाव र भुवनबीच कडा प्रतिस्पर्धा हुने भएको छ।
समग्रमा ३-अन्डर २ सय १३ को नतिजामा दिनेश प्रजापति र विजय श्रेष्ठ आइन्हाउस संयुक्तरुपमा तेस्रो स्थानमा छन्। आज दिनकै उत्कृष्ट ४-अन्डर ६८ स्कोर कार्ड बनाएका दिनेश नवौं स्थानबाट तेस्रो स्थानमा उक्लिएका हुन्। विजयले आज १-ओभर ७३ मा खेल सकाए।
आज १-अन्डर ७१ स्कोर बनाउँदा समग्रमा २-अन्डर २ सय १४ सहित निरज तामाङ पाँचौं स्थानमा छन्। एमेच्योर राहुल विश्वकर्मा समग्रमा १-ओभर २ सय १७ सहित छैटौं स्थानमा उक्लिएका छन्। उनले आज ३-अण्डर ६९ को कार्ड तयार पारे।
यसैगरी एमेच्योर टासी छिरिङ र प्रो सञ्जय लामाले समग्रमा २-ओभर २ सय १८ सहित सातौं स्थान बाँडे। टासीले १-अण्डर ७१ र सञ्जयले इभन-पार ७२ मा आजको खेल पुरा गरे। समग्रमा ३-ओभर २ सय १९ सहित युवराज भुजेल र रवि खड्का संयुक्तरुपमा नवौं स्थानमा छन्। दुवैले आज ४-ओभर ७६ मा खेल पुरा गरे।
लगातार दुई दिनको संयुक्त लिडर भुवनलाई पछि पार्दै एकल अग्रता बनाउने क्रममा सदभावले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। तेस्रो र छैंटौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन बोगी रहित खेले। यसपछि १४औं होलमा एक सट बचाए पनि १७औं होलको बोगीले ब्याक नाइन इभन-पार ३६ मा सकाए।
भुवनले राम्रो सुरुवात गर्दै फ्रन्ट नाइन ३-अन्डर ३३ मा पुरा गरे। दोस्रो होलमा एक सट खेर फाले। तर यसपछि चौथो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। तर यो लयलाई भुवनले निरन्तरता दिन सकेनन्। १५औं र १७औं होलमा बोगी खेप्दै ब्याक नाइन २-ओभर ३८ मा सकाए।
दिनेशले फ्रन्ट र ब्याक नाइन दुवै २-अन्डर ३४ मा पुरा गरे। चौथो होलको बोगीका विरूद्ध तेस्रो, सातौं र आठौं होलमा बर्डी प्रहार गरे। यसपछि १०औं र ११औं होलमा पनि एक-एक सट बचाए।
विजयले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाउने क्रममा तेस्रो र सातौं होलमा एक-एक सट बचाए भने पाँचौ र छैटौं होलमा बोगी खेपे। ब्याक नाइन भने १-ओभर ३७ मा पुरा गरे। विजयले दशौं देखि १२औं होलमा लगातार तीन बर्डीको सफलता प्राप्त गरिसकेका थिए। तर ४-पारको १४औं होलमा ट्रीपल बोगीको समाना गर्न बाध्य हुँदा १७औं होलमा एक सट खेर फाले।
८ लाख ४० हजार रुपैयाँ पुरस्कार रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार रुपैयाँ पाउनेछन्। दोस्रोले ९६ र तेस्रो हुनेले ७२ हजार रुपैयाँ हात पार्नेछन। कट बनाएका २३ प्रो गल्फर मध्ये उत्कृष्ट २१ गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन्।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]