default_image

2 years ago

March 28, 2024

एमेच्योर सदभावलाई उपाधि

338 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई सात स्ट्रोकले हराउँदै एमेच्योर सदभाव आचार्यले सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जितेका छन् ।

सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं प्रतियोगिताको अन्तिम दिन बिहीबार ३–अन्डर ६९ को स्कोर सहित समग्रमा १४–अन्डर २ सय ७४ सहित सदभावले तेस्रो पटक टुरको प्रो र एमेच्योर दुवैतर्फको उपाधि आफ्नो नाममा लेखाए।

यो सिजन सद्भावको यो दोस्रो उपाधि हो । जारी सिजन दुई उपाधि जित्ने उनी मात्रै हुन् । यसअघि यो सिजन सूर्य नेपाल सेन्ट्रल ओपन र गत सिजन सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका थिए।

अन्तिम १८ होलको सुरूवातमा प्रो भुवन र सदभावबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । तर भुवनले ३–ओभर ७५ को खराब प्रदर्शन गरे । समग्रमा उनी ७–अन्डर २ सय ८१ सहित दोस्रो भए । प्रोतर्फ भने उनी पहिलो हुँदै १ लाख ४० हजार हात पार्न सफल भए ।

एमेच्योर खेलाडीहरूको दबदबा रहँदा अर्का एमेच्योर विजय श्रेष्ठ आइन्हाउस र प्रो निरज तामाङले संयुक्तरुपमा तेस्रो स्थान बाँडे। उनीहरूले समग्रमा ४–अन्डर २ सय ८४ मा खेल सकाए । आज विजयले १–अन्डर ७१ र निरजले २–अन्डर ७० को प्रदर्शन गरे । प्रोतर्फ दोस्रो भएका निरज तामाङले ९६ हजार प्राप्त गरे ।

समग्रमा इभन–पार २ सय ८८ मा खेल सकाएका दिनेश प्रजापति प्रोतर्फ तेस्रो भए। उनले आज ३–ओभर ७५ मा खेल सकाए । तेस्रो भएका उनले ७२ हजार नगद हात पारे। यसैगरी समग्रमा ४–ओभर २ सय ९२ सहित सञ्जय लामा र धन बहादुर थापाले प्रोतर्फ संयुक्तरुपमा चौथो स्थान बाँडे । सञ्जयले २–ओभर ७४ र धनले १–अन्डर ७१ को स्कोर निकाले। उनीहरूले जनही ५४ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

रवि खड्काले आज २–ओभर ७४ को स्कोर सहित समग्रमा ५–ओभर २ सय ९३ सहित छैटौं स्थानमा प्रतियोगिता सकाए । छैटौं भएका उनले ४२ हजार ५ सय रुपैयाँ प्राप्त गरे । यसैगरी समग्रमा ७–ओभर २ सय ९४ सहित रामे मगर र भुवन कुमार रोक्काले संयुक्तरुपमा सातौं स्थान बाँडे । दुवैले आज २–ओभर ७४ मा खेल सकाए। उनीहरूले जनही ३७ हजार २ सय ५० रुपैयाँ पाए ।

धरानका दुई प्रो युवराज भुजेल र बलभद्र राईले समग्रमा ११–ओभर २ सय ९९ सहित नवौ स्थान बाँड्दा जनही ३२ हजार रुपैयाँ पाए । युवराजले आज ८–ओभर ८० र बलभद्रले ४–ओभर ७६ मा खेल सकाए । प्रो भुवन र सदभावबीच आज खेलको सुरुवात गर्दा सदभावसँग मात्र एक स्ट्रोकको अग्रता रहेको थियो।

तेस्रो होलमा भुवनले बर्डी प्रहार गर्दै खेल बराबरीमा ल्याएका थिए। तर छैटौं होलमा भुवनले बोगी प्रहार गर्दा सदभावले एक सट बचाए। छैटौं होलको समाप्तीमा सदभावले दुई स्ट्रोकको अग्रता बनाए। टर्निङ प्वाइन्ट भने सातौं होल बन्यो । भुवनले दोस्रो सट पोखरीमा खस्यो । त्यहाँबाट हानेको प्रहार पुनः पानीमै पुग्यो । र उनले यो होलमा डबल बोगी खेप्दा सदभावले चार स्ट्रोकको अग्रता बनाए । यसपछि आठौं र नवौं होलमा फेरि एक–एक सट गुमाउँदा भुवनले फ्रन्ट नाइन ४–ओभर ४० मा सकाए ।

सदभावले १–अन्डर ३५ मा फ्रन्ट नाइन पुरा गरे। फ्रन्ट नाइन सकिंदा सदभावले भुवनलाई ६ स्ट्रोकले पछि पारिसकेका थिए ।
बोगी रहित खेलेका सदभावले १२औं र १७औं होलमा बर्डी प्रहार गरे र ब्याक नाइन २–अन्डर ३४ मा सकाए। यसरी सहजै सदभाव च्याम्पियन बन्दै फेरि एक पटक प्रो गल्फरहरूलाई माथ दिन सफल रहे ।

लगातार तीन दिनका लिडर भुवनले अन्तिम दिन संघर्ष गरे र ब्याक नाइन १–अन्डर ३५ मा सकाए। १३औं, १४औं र १८औं होलमा बर्डी प्रहार गरे भने १५औं र १६औं होलमा एक–एक सट बचाए । यसरी भुवनले समग्रमा दोस्रो र प्रोतर्फ पहिलो स्थान प्राप्त गरे।

एमेच्योर विजयले टुरमा करियरकै उत्कृष्ट प्रदर्शन गरे। उनले फ्रन्ट नाइन इभन–पार ३६ मा सकाए। पहिलो र पाँचौं होलको बोगी विरूद्ध तेस्रो र सातौं होलमा एक–एक सट बचाए । यसपछि ११औं होलको बर्डीले ब्याक नाइन १–अन्डर ३५ मा सकाए। सूर्य नेपाल गल्फ टुरमा उनी पहिलोपट एमेच्योरतर्फ दोस्रो भए ।

धरानका निरजले चौथो होलमा बोगी प्रहार गरे भने पहिलो, तेस्रो र नवौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन २–अन्डर ३४ मा पुरा गरे । यसपछि १४औं र १५औं होलमा एक–एक सट बचाए भने १६औं र १८औं होलमा बोगीको सामना गर्दै ब्याक नाइन इभन–पार ३६ मा सकाए।

कुल ८ लाख ४० हजार रुपैयाँ पुरस्कार रहेको प्रतियोगितामा कट बनाएका २३ प्रो गल्फर मध्ये उत्कृष्ट २१ गल्फरले नगद पुरस्कार प्राप्त गरे । विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका भाइस प्रेसिडेन्ट (मार्केटिङ) दीप्रा लाहीरी र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे।

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

Success

Thank you for your time.