default_image

2 years ago

April 12, 2024

सद्भाव, जयवीर र आइस्टिना फाल्डो एसियाका लागि छनोट

322 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सद्भाव आचार्य, जयवीर आचार्य र आइस्टिना टण्डनले फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको उपाधि जित्दै फाल्डो सिरिज एसिया फाइनलमा छनोट हुन सफल भएका छन्।

सद्भाव समग्रमा १-अन्डर २ सय ३ स्कोर सहित पुरूष १७ देखि २१ वर्ष उमेर समुह र समग्र च्याम्पियनसिपको उपाधि जित्न सफल रहे। आज १-अन्डर ६७ मा खेल सकाउँदै सद्भावले संसार विकेलाई ३१ स्ट्रोकको फराकिलो अन्तरमा हराए। प्रो गल्फरहरूलाई समेत माथ दिदै आएका सद्भावलाई यो प्रतियोगितामा अन्य गल्फरले चुनौती दिन सकेनन्।

शुक्रबार अन्तिम १८ होलको खेल सुरू गर्दा सद्भावसँग १७ स्ट्रोकको अग्रता थियो। आज उनले पहिलो र चौथो होलमा बर्डी प्रहार गर्दा तेस्रो र छैटौं होलको बोगीले फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए।

यसपछि १०औ, ११औं र १४औं होलमा एक-एक सट बचाउन सफल हुँदा ३-पारको १७औं होलमा डबल बोगी खेप्दा ब्याक नाइन १-अन्डर ३३ मा पूरा गरे। चारवर्ष अगाडि सद्भाव १२ देखि १६ वर्षको उमेर समुहमा छनोट भएपनि कोभिडको कारण सहभागिता जनाउन पाएका थिएनन्।

१३-ओभर ८१ को स्कोर दर्ज गर्दै समग्रमा ३०-ओभर २ सय ३४ सहित पोखराका संसार विके दोस्रो भए। यस्तै आज १०-ओभर ७८ को स्कोर मा समग्रमा ३३-ओभर २ सय ३७ सहित स्वप्निल भट्टराई तेस्रो भए।

पुरूष १२ देखि १६ वर्ष उमेर समुहमा जयवीर आचार्यले आज ५-ओभर ७३ स्कोर गरे। समग्रमा ४९-ओभर २ सय ५३ सहित उपाधि जित्न सफल भए। अन्तिम १८ होलको सुरूवात गर्दा जयवीर लिडर सिद्धान्त भन्दा नौ स्ट्रोकले पछि थिए।‌ तर आजको ५-ओभरको स्कोरमा सोहम अग्रवाललाई ४ स्ट्रोकले हराउँदै उनी पहिलो भए। उनी अन्तराष्ट्रिय प्रतियोगिताको लागि छनोट भएको पहिलो पटक हो।

आज १२-ओभर ८० सहित समग्रमा ५३-ओभर २ सय ५७ सहित सोहम दोस्रो भए। समग्रमा ५५-ओभर २ सय ५९ सहित दोस्रो दिनका लिडर सिद्धान्त सापकोटा तेस्रो भए। उनले आज २०-ओभर ८८ को खराब प्रदर्शन गरे।

महिलातर्फ अवानी राईलाई १ स्ट्रोकले हराउँदै आइस्टिना टण्डन पहिलो भइन। आइस्टिनाले आज २१-ओभर ८९ को प्रदर्शन गर्दा समग्रमा ६०-ओभर २ सय ६४ सहित उपाधि जित्न सफल भएकी हुन्। उनले आज फ्रन्ट नाइन ६-ओभर ४० र ब्याक नाइन १५-ओभर ४९ मा सकाइन्। आज १५-ओभर ८३ सहित समग्रमा ६१-ओभर २ सय ६५ को कूल स्कोरमा अवानी दोस्रो भइन्। अनभद्या मल्ल तेस्रो भइन्।

नेपाल गल्फ संघद्वारा आयोजित ५४ होलको ३ दिने प्रतियोगितामा काठमाडौं, पोखरा, धरान र चितवनका ३१ खेलाडीको‌ सहभागिता रहेको थियो। तीनजना विजेता खेलाडीले भियतनाम र स्पेनमा आयोजना हुने फाल्डो सिरिज एसिया फाइनलमा सहभागिता निश्चित गरे।

विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याकथुम्बाले पुरस्कार वितरण गरे।

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

Success

Thank you for your time.