2 years ago
April 14, 2024
हेटौंडा (हाम्रो खेलकुद) – बागमती प्रदेश प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।
बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गरेको अन्तरप्रदेश खेलकुदमा ६१ स्वर्ण पदक जित्दै बागमती च्याम्पियन बनेको हो । बागमतीले ४३ रजत र ३६ कांस्य पदकका साथ कुल १ सय ४० पदक जितेको छ ।
त्यस्तै २१ स्वर्ण, २१ रजत र २९ कास्यसहित ७१ पदकका साथ सुदूरपश्चिम प्रदेश दोस्रो भएको छ । तेस्रो भएको कोशी प्रदेशले १६ स्वर्ण, कोशीले २३ रजत र ३६ कांस्य पदकसहित ७५ पदक जितेको छ ।
गण्डकी, लुम्बिनी र कर्णालीले समान ११ स्वर्ण पदक जितेका छन् । गण्डकीले १८ रजत र २० कांस्य गरी ४९ पदक जितेको छ । १६ रजत र २८ कास्य जितेको लुम्बिनीको कुल ५५ पदक जितेको छ । १० रजत र २४ कास्य जितेको कर्णालीको ४५ पदक जितेको छ ।

मधेश प्रदेशको ३ स्वर्ण, ३ रजत र १५ कांस्य पदक गरेर २१ पदक रहेको छ । प्रतियोगितामा ९ खेलमा १ सय ३४ स्वर्ण, १ सय ३४ कास्य र १ सय ८८ कास्य पदक गरि कुल ४ सय ५५ पदकका लागि प्रतिस्पर्धा भएको थियो ।
पुरुष फुटबलमा कोशीलाई उपाधि
अन्तर प्रदेश खेलकुदअन्तर्गत पुरुष फुटबलमा कोशी प्रदेश च्याम्पियन भएको छ । हेटौंडाको गौरीटार रंगशालामा भएको फाइनलमा कोशीले बागमती प्रदेशलाई १–० गोल अन्तरले पराजित ग¥यो । कोशी प्रदेशका लागि निमा तामाङले गरेको गोल निर्णायक बन्यो । यसअघि महिला फुटबलको उपाधि पनि कोशीले जितेको थियो ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]