default_image

2 years ago

April 25, 2024

भुवनको एकल अग्रता

640 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- भुवन नगरकोटी समग्रमा ७-अन्डर १ सय ९७ सहित ६ स्ट्रोकको अग्रता सहित सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन शीर्षस्थानमा रहेका छन्।

आज भुवनले ५-अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दा दिनेश प्रजापतिलाई ६ स्ट्रोकले पछि पार्दै एकल अग्रता सहित उपाधि जित्ने संभावनालाई बलियो बनाएका छन्।

भुवनले उत्कृष्ट दिनको सुरूवात सानदार गरे।‌ पहिलो, दोस्रो, पाँचौ र छैटौं होलमा बर्डी प्रहार गरे भने ५-पारको चौथो होलमा इगलको सफलता प्राप्त गरे। फ्रन्ट नाइन ६-अन्डर २८ को प्रदर्शन गरे।

तर ब्याक नाइन भने १-ओभर ३५ मा पुरा गर्न बाध्य भए। ११औं र १७औं होलमा बोगी प्रहार गरे भने ४-पारको १६औं होलमा डबल बोगीको सामना गरे। उनले १२औं, १४औं र १८औं होलमा एक-एक सट बचाए।

दोस्रो दिनका संयुक्त लिडर दिनेशले आज १-ओभर ६९ मा खेल सकाए। समग्रमा १-अन्डर २ सय ३ सहित दोस्रो स्थानमा तल झरे। दिनेशले दोस्रो होलको बर्डी विरूद्ध पहिलो र पाँचौं होलको बोगीले फ्रन्ट नाइन १-ओभर ३५ मा सकाए। यसपछि १०औं, १३औं र १४औं होलमा एक-एक सट बचाए। तर ४-पारकप ११औं‌ होलमा ट्रीपल बोगीको सामना गर्दा ब्याक नाइन इभन-पार ३४ मा पुरा गरे।

तोरण विक्रम शाही र निरज तामाङ समग्रमा इभन-पार २ सय ७ सहित संयुक्तरुपमा तेस्रो स्थानमा छन्। तोरणले दिनकै उत्कृष्ट ७-अन्डर ६१ को स्कोर निकाले। उनले १८औं होलमा बर्डीबाट चुक्दा कोर्स रेकर्ड बराबरी गर्ने मौका गुमाए।

दिनको उत्कृष्ट स्कोर कार्ड बनाएका तोरणले बोगी रहित ६१ खेले। दोस्रो, चौथो, पाँचौ र आठौं होलमा चार बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ४-अन्डर ३० को उत्कृष्ट स्कोर गरे। यसपछि १०औं, ११औं र १७औं होलको बर्डीले ब्याक नाइन ३-अन्डर ३१ मा सकाए। यो स्कोरमा तोरण १२औं स्थानबाट तेस्रो स्थानमा उक्लिएका हुन्।

निरजले १-अन्डर ६७ मा तेस्रो दिनको खेल सकाए। निरजले पाँचौं र आठौं होलको बर्डीले फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए। यसपछि उनले ११औं, १३औं र १५औ होलमा बर्डी प्रहार गरे। तर १०औं, १२औं, १६औं र १८औं होलमा एक-एक सट खेर फाले। ब्याक नाइन १-ओभर ३५ मा सकाए।

समग्रमा २-ओभर २ सय ६ सहित धन बहादुर थापा र सञ्जय लामा संयुक्तरुपमा पाँचौ स्थानमा छन। धनले २-अन्डर ६६ र सञ्जयले इभन-पार ६८ मा खेल सकाए। यस्तै समग्रमा ३-ओभर २ सय ७ सहित सुबाश तामाङ, जयराम श्रेष्ठ र रवि खड्काले संयुक्तरुपमा सातौं स्थान बाँडे। सुबाशले इभन-पार ६८, जयरामले १-ओभर ६९ र रविले ३-ओभर ७१ मा खेल सकाए।

एमेच्योरतर्फ सद्भाव आचार्य समग्रमा ६-ओभर २ सय १० को स्कोरमा शीर्षस्थानमा उक्लिए। आज उनले ३-ओभर ७१ खेल्दै टासी छिरिङलाई ५ स्ट्रोकले पछि पारे। टासीले आज ९-ओभर ७७ को प्रदर्शन गर्दा समग्रमा ११-ओभर २ सय १५ सहित दोस्रो स्थानमा तल झरे। राहुल विश्वकर्मा समग्रमा २३-ओभर २ सय २७ सहित तेस्रो स्थानमा छन्। उनले आज ७-ओभर ७५ को स्कोर खडा गरे।

सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगितामा कुल ७ लाख ३ हजार ५ सय रुपैयाँ पुरस्कार रहेको छ। विजेताले १ लाख २० हजार तथा दोस्रोले ८२, तेस्रोले ६६, चौथोले ५५ हजार र पाँचौले ४३ हजार रुपैयाँ हात पार्नेछन् । शीर्ष २१ मा पर्ने प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन्।

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

Success

Thank you for your time.