default_image

2 years ago

April 26, 2024

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

724 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- निरज तामाङले कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय ६४ को स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले हराउँदै शुक्रबार सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन्। उनको यो करियरको पहिलो प्रमुख उपाधि हो।

सूर्य नेपाल काठमाडौं ओपनको अन्तिम दिन धरानका प्रो निरजले ८-अन्डर ६० को सानदार नतिजामा शिवराम श्रेष्ठको कोर्स रेकर्ड बराबरी गरे। शिवरामले सन् २०१५ मा एनपिजिए प्रेसिडेन्टस कपमा ८-अन्डर स्कोर गरेका थिए।

अन्तिम दिनको खेल सुरुवात गर्दा निरज तीन दिनका लिडर भुवन भन्दा ७ स्ट्रोकले पछि थिए। तर ८-अण्डरको प्रदर्शनसँगै उनले उपाधिसँगै १ लाख २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

अन्तिम १८ होलको सुरूवात गर्दा भुवनसँग दिनेश प्रजापति माथि ६ स्ट्रोक र निरज माथि ७ स्ट्रोकको ठूलो अग्रता थियो।तर भुवनले आज इभन-पार ६८ मा खेल सकाउँदा समग्रमा ७-अन्डर २ सय ६५ सहित दोस्रो स्थानमा रहे। उनले ८२ हजार रुपैयाँ प्राप्त गरे।

निरजले कोर्स रेकर्ड बराबरी गर्ने प्रदर्शन गर्ने क्रममा फ्रन्ट नाइन ५-अन्डर २९ मा सकाए। उनले पहिलो देखि चौथो होलमा लगातार चार बर्डी प्रहार गरे। नवौं होलमा पनि एक सट बचाएपछि फ्रन्ट नाइनको समाप्तीमा भुवन भन्दा मात्र‌ एक स्ट्रोकले पछि थिए। भुवनले भने फ्रन्ट नाइन १-ओभर ३५ मा सकाए। भुवनले दोस्रो र चौथो होलमा बर्डी प्रहार गरेपनि तेस्रो होलमा डबल बोगी र पाँचौ होलमा बोगी खेपे।

निरजले फ्रन्ट नाइनकै प्रदर्शनलाई निरन्तरता दिए। १०औं होलमा बर्डी प्रहार गर्दै निरजले भुवनसँग स्कोर बराबरी गरे। यसपछि १३औं र १४औं होलमा लगातार दुई बर्डी प्रहार गर्दा निरजले दुई स्ट्रोकको अग्रता बनाए।

१६औं होलमा हजार्डबाट बोगी खेलेपनि १७औं होलको उत्कृष्ट बर्डीले पुन २ स्ट्रोकको अग्रता बनाए। उनले ब्याक नाइन ३-अन्डर ३१ मा सकाउँदा एक स्ट्रोकको जित निकालेका हुन। भुवनले भने १२औं होलको बोगीका विरूद्ध ११औं र १८औं होलमा बर्डी प्रहार गरे। ब्याक नाइन १-अन्डर ३३ मा सकाए।

आज ४-अन्डर ६४ खेल्दै समग्रमा २ सय ७१ सहित जयराम श्रेष्ठ तेस्रो भए। उनले ६६ हजार रुपैयाँ प्राप्त गरे । आज इभन-पार ६८ स्कोर गर्दै समग्रमा इभन-पार २ सय ७२ सहित तोरण विक्रम शाही चौथो भए। उनले ५३ हजार रुपैयाँ प्राप्त गरे। समग्रमा २-ओभर २ सय ७४ सहित पाँचौ भएका धन बहादुर थापाले ४५ हजार रुपैयाँ आफ्नो नाममा लेखाए। उनले आज इभन-पार ६८ खेले।

उपाधिका दाबेदार मानिएका सुबाश तामाङ समग्रमा ४-ओभर २ सय ७६ सहित छैटौं भए। प्रो टर्न भएपछि पहिलो पटक घरेलु टुर खेलेका सुबाशले ३३ हजार ५ सय रुपैयाँ प्राप्त गरे।

समग्रमा ५-ओभर २ सय ७७ सहित दिनेश प्रजापति र रवि खडकाले सातौं स्थान बाँडे। उनीहरूले जनही ३३ हजार ५ सय नगद पुरस्कार बाँडे। आज १-ओभर ६९ सहित समग्रमा ६-ओभर २ सय ७८ स्कोरमा रामे मगर नवौं भए। उनले २८ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

यसैगरी समग्रमा ७-ओभर २ सय ७९ सहित सञ्जय लामा र भुवन कुमार रोक्काले संयुक्तरुपमा दशौं स्थानमा‌ प्रतियोगिता सकाए। सञ्जयले ५-ओभर ७३ र भुवनले १-ओभर ६९ मा खेल सकाए। उनीहरूले जनही २४ हजार रुपैयाँ प्राप्त गरे।

एमेच्योरतर्फ समग्रमा १३-ओभर २ सय ८५ सहित सद्भाव आचार्यले उपाधि जिते। उनले आज ७-ओभर ७५ मा खेल सकाउँदै टासी छिरिङलाई १० स्ट्रोकले हराए। टासीले समग्रमा २३-ओभर २ सय ९५ स्कोर गरे। आज उनले १२-ओभर ८० मा खेल सकाए। राष्ट्रिय टोलीका खेलाडी राहुल विश्वकर्मा कूल‌ ३०० स्कोर सहित तेश्रो भए।

४ दिने प्रतियोगितामा ३२ प्रोफेसनल र ९ एमेच्योर गरी कुल ४१ गल्फरहरूले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा कुल ७ लाख ३ हजार ५ सय रुपैयाँ पुरस्कार रहेको थियो। जहाँ २१ टप प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गरे।

विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका मार्केटिङ उपाध्यक्ष दीप्रा लहरी, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कार वितरण गरे।

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

Success

Thank you for your time.