default_image

2 years ago

April 26, 2024

गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ चेस सुरु

668 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)-   नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना दिवसको उपलक्ष्यमा नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ चेस प्रतियोगिता शुक्रबार सुरु भएको छ।

नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा प्रारम्भ भएको प्रतियोगितामा‌ देशभरका १ सय १२ खेलाडीको सहभागिता छ।

पहिलो पुरस्कार यामाहा सलुटो मोटरसाइकल सहित कुल ६ लाख ३७ हजार ४ सय रुपैयाँ पुरस्कार रहेको प्रतियोगितामा कपिलवस्तु  जिल्लाका ६ वर्षीय अंकुर पोखरेल देखि मखन चेस क्लबका ८० वर्षीय भेट्रान खेलाडी सिताराम अग्रवालले समेत भाग लिएका छन्।

बुद्धिचाल खेलमा ४२ जिल्लाका राष्ट्रिय खेलाडीहरु विभिन्न विधा अन्तर्गत ४० जनाले पुरस्कार पाउने संयोजक राजु ताम्राकारले जानकारी गराएका छन्। प्रतियोगिताका प्रमुख निर्णायक सोराज ताम्राकारले ७ चरणको खेल पश्चात् ४ जना सुपर नकआउट सेमिफाइनल र फाइनल खेल्नेछ भने बाँकी १ सय ८ जनाले कूल ९ चरणको खेल खेल्ने बताए। 

आज भएको पहिलो चरणमा हेटौंडाका शिर्ष खेलाडी एफएम क्षितिज भण्डारी, काभ्रेका सिएम मिलन लामा, रौतहटका नेपाल च्याम्पियन एफएम रुपेश जैशवाल, ललितपुर स्पोर्ट्स क्लबका सिएम कृष्ण थापा,भक्तपुरका निकेन कुसाथा, लमजुङका सविन चन्द्र घिमिरे स्पोर्ट्स क्लबकै प्रेमकृष्ण महर्जनले विजयी सुरुआत गरेका छन् ।

 यसैगरी काठमाडौंका पुरुषोत्तम सिलवाल, स्पोर्ट्स क्लबका सिएम सजिन महर्जन, ललितपुरका बद्रि लाल नेपाली, ललितपुरका सुरोज महर्जन, सुदिप तामाङ, काठमाडौका जनार्दन श्रेष्ठ, पेभिलियन चेस एकेडेमीका सुशील चौधरी, स्पोर्ट्स क्लबका सोम आले, काभ्रेका राहुल चौ प्रधान, सर्लाहीका कमल श्रेष्ठ, काठमाडौंका राजेन्द्रप्रसाद श्रेष्ठ, ललितपुरका अशोकमोहन श्रेष्ठ,धनुषाका सूर्यनारायण दास, झापाका राजन सुवेदी, पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकारले आ आफनो खेल जितेका छन्। 

आज सम्पन्न भएको उत्कृष्ट खेलमा बाग्लुङका अनरेटेड तोरन भण्डारीले कारोकान डिफेन्स अन्तर्गत आफू भन्दा १९१२ उच्च रेटेड आशिष फुयाल माथि सानदार विजय प्राप्त गरेका छन्। आशिषले गलत रुक मुभ गरे पछि दबाबमा परि अप्रत्याशित हार भोग्नु परेको छ। प्रतियोगितामा शनिबार दोस्रो र तेस्रो चरणका खेल हुनेछन्।

पूर्व उपप्रधानमन्त्री तथा काँग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले प्रतियोगिताको उद्घाटन गरेका थिए।

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

Success

Thank you for your time.