2 years ago
June 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको २४ औं संस्करणको पाँचौ चरणको समाप्तीमा झापाका राजन सुवेदी र पुरुषोत्तम सिलवाल संयुक्त रुपमा अगाडि रहेका छन् । काठमाडौंको होटल ले हिमालयमा जारी प्रतियोगिताको पाँचौं चरणमा राजनले पुरुषोत्तमलाई हराए ।
राजन दोश्रो चरणमा शश्रुत दाहालसँग पराजित भएका थिए । त्यसपछिका ४ खेल उनले जितेका छन् । राजनले पुरुषोत्तम सहित सुरोज महर्जन, राजीव कार्की र क्षितिज भण्डारीलाई पराजित गरे । राजन र पुरुषोत्तमको समान ४ अंक छ ।
एआईएम शुश्रुत दाहाल, एफएम क्षितिज भण्डारी र प्रकाशचन्द्र नेपालको समान ३ अंकसहित संयुक्त रुपमा दोस्रो स्थानमा छन् । १९६१ रेटेड शुश्रुतले दुई जित दुई बराबर, २०८५ रेटेड क्षितजले तिन जित र १९५१ रेटेड प्रकाशले दुई जित दुई बराबरी खेलेका छन् ।
सेप्टेम्बर ९ देखि २३ सम्म हंगेरिमा हुने ४५ औं चेस ओलम्पियाडमा छनौट हुन प्रतिस्पर्धा गरिरहेका सुशील चौधरी र राजीव कार्कीद्वयले २ जित १ बराबर खेल मार्फत साढे २ अंक जोडेका छन् । काठमाडौंका सिएम मिलन लामा २ अंक, ललितपुरका सुरोज महर्जन र रौतहटका रुपेश जैसवाल समान साढे १ अंक र काठमाडौंका सिएम केशब श्रेष्ठ, प्रेमकृष्ण महर्जनको समान १ अंक छ।

पूजा र शान्ति अगाडि
नवौं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता पाँचौ चरणको खेल सकिदा कास्कीका पूजा भण्डारी र मोरङका शान्ति धिमाल नयाँ वुमन नेपाल च्याम्पियन बन्ने होडमा कडा प्रतिस्पर्धामा छन्। पूजा र शान्तिले शत प्रतिशत जित निकाल्दै ५ अंक जोडेका छन् ।
१२ जना शीर्ष महिला राष्ट्रिय खेलाडीहरु बिच ११ चरणको राउण्ड रोविन खेल मध्ये पाँचौ चरण समाप्ति हुदा काठमाडौंका यू १६ च्याम्पियन रिया श्रेष्ठ र काठमाडौं कै पूर्व नेपाल वुमन च्याम्पियन सिन्दिरा जोशी समान चार ४ अंक हासिल गर्दै संयुक्त रुपमा दोश्रो स्थानमा छन् । महिलातर्फका शीष ४ खेलाडी हंगेरीमा हुने ४५ औं चेस ओलम्पियाडका लागि छनोट हुनेछन् ।
काठमाडौकी बिनिता कपाली, शुसीला गुरुङ र झापाका कृतिसरा अधिकारी समान ३ अंक जोड्न सफल भएका छन्। त्यस्तै पुनम प्रसाईं २ अंकमा छन् भने भक्तपुरकी श्रेषा दुवाल, सबिना गुजः र प्राश्ना किबानायो १÷१ अंक जोडेका छन् । नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेण्ट म्यानेजमेण्टको संयुक्त आयोजनामा प्रतियोगिता सन्चालन भइरहेको छ ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]