default_image

1 year ago

August 3, 2024

यो मेरो होइन ‘हाम्रो खेलकुद’को यात्रा हो

845 views

0 Bookmark

नयाँ कामको सुरुवातका लागि पहिला कसैको कल्पनामा आउनुपर्छ । एउटा कल्पनाबाट सुरु र त्यसपछि तीन जनाको सामुहिक पहलमा अघि बढेको हाम्रो खेलकुद डटकमको यात्रा आज नवौं पूरा गरेर दशौं वर्षमा प्रवेश गरेको छ ।

यो ९ वर्षको यात्रा हाम्रा लागि निकै रोमाञ्चक र त्यत्तिकै कठिन पनि रह्यो । नेपाली खेलकुद पत्रकारितामा नयाँ प्रयोग, सम्भावना र चुनौतीलाई स्वीकार्दै अघि बढेको हाम्रो यात्रा कस्तो हुन्छ साच्चै हामीलाई नै थाहा थिएन । लक्ष्य त हुनुपर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद गतिविधि, लेख, रचना र विचारलाई पाठक सम्म पुरयाउने भन्ने हाम्रो सुरुवाती लक्ष्य थियो । समयको मागसँगै हामीले हाम्रा प्रस्तुतीलाई थप परिस्कृत र फराकिलो बनाउँदौ लाने प्रयास गर्यौं र गरिरहेका छौं । त्यसमा हाम्रा पाठक, दशर्कको साथ हाम्रा लागि सबैभन्दा ठूलो प्रेरणाको श्रोत बनेको छ ।

लक्ष्य प्राप्तीका लागि साधन, श्रोत र लगन पनि त्यतिकै जरुरी हुन्छ । हामीसँग साधान श्रोतको सिमितता त सुरुबाटै थियो । थियो त केवल लगन र हाम्रा पाठक, श्रोता र दर्शकप्रतिको दायित्व । जस्तै परिस्थितिमा पनि नेपाली खेलकुद पत्रकारिताको प्रवर्द्धन र नेपाली खेलकुदलाई सहि बाटोमा हिडोस भन्नका लागि खबरदारी गर्न हामी प्रयत्नशिल रह्यौं र रहनेछौं । अन्तर्राष्ट्रिय मन्चमा देशलाई चिनाउन सबैभन्दा शसक्त माध्यम खेलकुदलाई पत्रकारिताका माध्यमबाट सेवा गर्ने अवसर हाम्रा लागि गौरव गर्ने विषय हो ।

नयाँ यात्रामा चुनौती त हुन्छन् नै । त्यसलाई स्वीकार गर्नुको विकल्प पनि छैन । कोभिड र त्यसपछिको कमजोर आर्थिक अवस्थामा यात्रालाई अघि बढाउन सहज थिएन । तर, पनि हामीले हिम्मत हारेनौं र हारेका छैनौं । हामी नेपाली खेलकुद पत्रकारितामा केहि मानक स्थापित गर्नका लागि प्रयासरत थियौं र अझै रहनेछौं । त्यसमा सफलता वा असफलता के मिल्छ त्यो भविष्यले निर्धारण गर्नेछ ।

खेलकुदमा स्वतन्त्र, निष्पक्ष र सन्तुलित विषय प्रस्तुत गर्ने प्रयास हाम्रो सुरुबाट थियो र रहनेछ । त्यसो भन्दै गर्दा मानविय त्रुटी भएका छैनन् भन्ने होइन । त्यसलाई हामी स्वीकार्दै र सच्चाउने तत्परताका साथ अघि बढि रहेका छौं । थाहा छैन आउने दिन कति चुनौतीपूर्ण रहनेछन् । जस्तै चुनौतीमा पनि हामी हाम्रो व्यवसायिक धर्म निर्वाहमा पछि हट्ने छैनौं । यो हाम्रो वाचा हो ।

हामी पाठक, दर्शकको रुचीलाई ध्यानमा राखेर आफ्ना प्रस्तुतहरु तयार पार्ने प्रयासमा सधै नै जुटिरहनेछौं । यहाँहरुको प्रतिक्रिया हाम्रा लागि उर्जाका श्रोत हुन् । यहाँ निर भन्नै पर्ने हुन्छ हिजो छापा, रेडियो र टेलिभिजन हुँदै आज डिजिटल दुनियाँमा नेपाली खेलकुदको प्रचारले नयाँ उचाई पाएको छ । त्यसमा हाम्रो खेलकुद पनि एउटा सहयात्री हुन पाउँदा हामीलाई गर्व छ ।

यो यात्रामा हाम्रो खेलकुदको फेसबुक पेजमा ११ लाख पाठक जोडिनु, युट्युबमा २ लाख ५० हजार भन्दा बढीले सब्सक्राइब गर्नुले हाम्रो हौसलाले आकाश छोएको छ । हौसलाले आकाश छोएपनि हामीले भुई भने छोडेका छैनौं ।

हाम्रा पाठक, दर्शक सबैभन्दा ठूलो सम्पत्ती हुन् । यो परिवार आउने दिनमा अझै बढ्दै जाने विश्वास हामीलाई छ । हाम्रो यात्रामा खेलकुदसँग सम्बन्धित निकायहरुसँगको व्यवसायिक सहकार्य, व्यवसायिक कम्पनी, प्रायोजकको साथ अपरिहार्य छ । सबैप्रति हामी आभारी छौं । आउने दिनमा पनि सहकार्य निरन्तर रहने विश्वास हाम्रो छ ।

हाम्रो खेलकुद डटकमको सुरुवात सानो समूहले गरेपनि अब यो सार्वजनिक सम्पत्ति भइसकेको छ । त्यसैले यो मेरो होइन हाम्रो खेलकुद हो । नवौं वर्षिकोत्सवका अवसरमा सबैलाई धन्यवाद ।

प्रकाश तिमल्सिना
सम्पादक

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.