11 months ago
August 3, 2024
नयाँ कामको सुरुवातका लागि पहिला कसैको कल्पनामा आउनुपर्छ । एउटा कल्पनाबाट सुरु र त्यसपछि तीन जनाको सामुहिक पहलमा अघि बढेको हाम्रो खेलकुद डटकमको यात्रा आज नवौं पूरा गरेर दशौं वर्षमा प्रवेश गरेको छ ।
यो ९ वर्षको यात्रा हाम्रा लागि निकै रोमाञ्चक र त्यत्तिकै कठिन पनि रह्यो । नेपाली खेलकुद पत्रकारितामा नयाँ प्रयोग, सम्भावना र चुनौतीलाई स्वीकार्दै अघि बढेको हाम्रो यात्रा कस्तो हुन्छ साच्चै हामीलाई नै थाहा थिएन । लक्ष्य त हुनुपर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद गतिविधि, लेख, रचना र विचारलाई पाठक सम्म पुरयाउने भन्ने हाम्रो सुरुवाती लक्ष्य थियो । समयको मागसँगै हामीले हाम्रा प्रस्तुतीलाई थप परिस्कृत र फराकिलो बनाउँदौ लाने प्रयास गर्यौं र गरिरहेका छौं । त्यसमा हाम्रा पाठक, दशर्कको साथ हाम्रा लागि सबैभन्दा ठूलो प्रेरणाको श्रोत बनेको छ ।
लक्ष्य प्राप्तीका लागि साधन, श्रोत र लगन पनि त्यतिकै जरुरी हुन्छ । हामीसँग साधान श्रोतको सिमितता त सुरुबाटै थियो । थियो त केवल लगन र हाम्रा पाठक, श्रोता र दर्शकप्रतिको दायित्व । जस्तै परिस्थितिमा पनि नेपाली खेलकुद पत्रकारिताको प्रवर्द्धन र नेपाली खेलकुदलाई सहि बाटोमा हिडोस भन्नका लागि खबरदारी गर्न हामी प्रयत्नशिल रह्यौं र रहनेछौं । अन्तर्राष्ट्रिय मन्चमा देशलाई चिनाउन सबैभन्दा शसक्त माध्यम खेलकुदलाई पत्रकारिताका माध्यमबाट सेवा गर्ने अवसर हाम्रा लागि गौरव गर्ने विषय हो ।
नयाँ यात्रामा चुनौती त हुन्छन् नै । त्यसलाई स्वीकार गर्नुको विकल्प पनि छैन । कोभिड र त्यसपछिको कमजोर आर्थिक अवस्थामा यात्रालाई अघि बढाउन सहज थिएन । तर, पनि हामीले हिम्मत हारेनौं र हारेका छैनौं । हामी नेपाली खेलकुद पत्रकारितामा केहि मानक स्थापित गर्नका लागि प्रयासरत थियौं र अझै रहनेछौं । त्यसमा सफलता वा असफलता के मिल्छ त्यो भविष्यले निर्धारण गर्नेछ ।
खेलकुदमा स्वतन्त्र, निष्पक्ष र सन्तुलित विषय प्रस्तुत गर्ने प्रयास हाम्रो सुरुबाट थियो र रहनेछ । त्यसो भन्दै गर्दा मानविय त्रुटी भएका छैनन् भन्ने होइन । त्यसलाई हामी स्वीकार्दै र सच्चाउने तत्परताका साथ अघि बढि रहेका छौं । थाहा छैन आउने दिन कति चुनौतीपूर्ण रहनेछन् । जस्तै चुनौतीमा पनि हामी हाम्रो व्यवसायिक धर्म निर्वाहमा पछि हट्ने छैनौं । यो हाम्रो वाचा हो ।
हामी पाठक, दर्शकको रुचीलाई ध्यानमा राखेर आफ्ना प्रस्तुतहरु तयार पार्ने प्रयासमा सधै नै जुटिरहनेछौं । यहाँहरुको प्रतिक्रिया हाम्रा लागि उर्जाका श्रोत हुन् । यहाँ निर भन्नै पर्ने हुन्छ हिजो छापा, रेडियो र टेलिभिजन हुँदै आज डिजिटल दुनियाँमा नेपाली खेलकुदको प्रचारले नयाँ उचाई पाएको छ । त्यसमा हाम्रो खेलकुद पनि एउटा सहयात्री हुन पाउँदा हामीलाई गर्व छ ।
यो यात्रामा हाम्रो खेलकुदको फेसबुक पेजमा ११ लाख पाठक जोडिनु, युट्युबमा २ लाख ५० हजार भन्दा बढीले सब्सक्राइब गर्नुले हाम्रो हौसलाले आकाश छोएको छ । हौसलाले आकाश छोएपनि हामीले भुई भने छोडेका छैनौं ।
हाम्रा पाठक, दर्शक सबैभन्दा ठूलो सम्पत्ती हुन् । यो परिवार आउने दिनमा अझै बढ्दै जाने विश्वास हामीलाई छ । हाम्रो यात्रामा खेलकुदसँग सम्बन्धित निकायहरुसँगको व्यवसायिक सहकार्य, व्यवसायिक कम्पनी, प्रायोजकको साथ अपरिहार्य छ । सबैप्रति हामी आभारी छौं । आउने दिनमा पनि सहकार्य निरन्तर रहने विश्वास हाम्रो छ ।
हाम्रो खेलकुद डटकमको सुरुवात सानो समूहले गरेपनि अब यो सार्वजनिक सम्पत्ति भइसकेको छ । त्यसैले यो मेरो होइन हाम्रो खेलकुद हो । नवौं वर्षिकोत्सवका अवसरमा सबैलाई धन्यवाद ।
प्रकाश तिमल्सिना
सम्पादक
June 15, 2025
हिमाल खरेल, बिर्तामोड झापामा संघ गठन भएको झन्डै अढाई दशकपछि आयोजना भएको जिल्लास्तरीय टेबल टेनिस प्रतियोगिताको उपाधि स्वयम् अधिकारी र निर्जला भट्टराईले जितेका छन् । झापाको बिर्तामोडमा भएको प्रतियोगिताको खुला सिंगल स्पर्धामा बिर्तामोडका स्वयम् र अर्जुनधाराकी निर्जलाले सोझो सेटमा जित निकाल्दै झापा च्याम्पियन बनेका हुन् । प्रतियोगितामा पुरुषतर्फ बिर्तामोडका दिपक भेटवाल दोस्रो र अर्जुनधाराका गौरव […]
June 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष वरीयताकी विपना ब्लोन र शीर्ष वरीयता प्राप्त अरहान्त केशर सिंहले १३औं एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियनसिपको उपाधि जितेका छन् । विपना र अरहान्तले गत साता सम्पन्न भएकाे प्रथम बागमती प्रेसिडेण्ट स्क्वास कप २०८२ को पनि उपाधि जितेका थिए । नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा सातदोबाटोस्थित आफ्नै भवनमा रहेको स्क्वास कोर्टमा शनिबार […]
June 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – छ वर्ष अघि स्वदेश मै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का रजत विजेता कराते खेलाडी दिवस श्रेष्ठले अस्ट्रेलियामा न्यु साउथ वेल्स (एनएसडब्लु) कपमा स्वर्ण पदक जितेका छन् । अस्ट्रेलियाको सिड्नीमा भएको प्रतियोगितामा दिवसले पुरुष सिनियर १८ वर्षमाथि उमेर समूहको ७५ केजीमाथि एलिट समूहमा स्वर्ण जितेको कराते प्रशिक्षक कुशल श्रेष्ठले जनाएका […]