10 months ago
August 23, 2024
मेचीनगर (हाम्रो खेलकुद)- नेपाल बुद्धिचाल महासंघ र नाइट चेस क्लब, झापाको संयुक्त आयोजनामा छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिता शुक्रवार सुरु भएको छ।
काँकडभिट्टा स्थित होटल व्यवसायी संघ मेचिनगरको सभाहलमा चार दिन सम्म चल्ने चेस खेलमा समूह ‘क’मा २ हजार रेटिङ मुनिका २६ जना राष्ट्रिय एमेच्योर खेलाडी रहेको आयोजकले जनाएको छ। समूह ‘ख’ मा १७ सय रेटिङ मुनिका ६४ खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन्।
प्रतियोगिताका निर्देशक भरत गुरुङको रेखदेखमा सम्पन्न समूह ‘क’ पहिलो चरणको खेलमा १२ जना खेलाडीले जित निकालेका छन्। पहिलो वोर्डमा कालोगोटीले खेलेका पूर्व नेपाल च्याम्पियन सिएम पुरुषोत्तम चौलागाईंले आयोजक क्लबका अध्यक्ष विश्वविजय घिमिरेलाई माथि दिए।
मेची नगरपालिका र पशुपति बोर्डिङ स्कुलको मुख्य प्रायोजनमा सञ्चालन भएको दोश्रो वोर्डमा पूर्व एमेच्योर च्याम्पियन सिएम कृष्ण थापाले उमेश राईलाई पराजित गरेका छन्।
अर्को खेलमा निलम बस्नेतले अप्रत्याशित नतिजा निकाल्दै आफू भन्दा उच्च रेटेड सुरज महर्जन माथि कठिन जित हासिल गरेका छन्।
त्यस्तै आशिष् फुयालले ललित बहादुर राईलाई, प्रेम लिम्बुले राजेन्द्र राईलाई, वसन्त लामाले सुमन श्रेष्ठलाई र पूर्व नेपाल च्याम्पियन सिएम नवीन तण्डुकारले बल बहादुर तामाङलाई हराएर समान १ अंक जोडेका छन्।
समूह ‘ख’ को प्रतिस्पर्धामा २७ जना खेलाडीहरुले पहिलो चरण पार गर्न सफल भएका छन्। कृष सबेङहाङ्गले पहिलो चरणको पहिलो वोर्डमा शीर्ष खेलाडी राजन पहाडी माथि जित निकाले ।
कृष सँगै रञ्जित राई, एसिएम कृजन महर्जन, पवन पौड्वाल, गोविन्दमान श्रेष्ठ, अविरल राई, राजकुमार वान्तवा, क्षितिज लिम्बु, रोशन खड्गी लगायत खेलाडीले समान १ अंक जोडेका छन्।
प्रतियोगिताको विजेताले उपाधिसहित ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रोले २५, तेस्रोले १५ , चौथोले १२, पाँचौंले १० , छैटौंले ८ , सातौंले ६ र आठौं देखि दशौं हुने समान ५ हजार रुपैयाँ पाउनेछन् ।
छैटौं राष्ट्रिय एमेच्योर चेस खेल एफए कोर्स पूरा गरेका निर्णायक सोराज ताम्राकारले सञ्चालन गरको प्रतियोगितामा विभिन्न जिल्लाका ९० राष्ट्रिय खेलाडी सहभागी भएका छन्।
June 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पियन्स एसोसिएसनले गोकर्णेश्वरको ड्याफोडिल पब्लिक स्कुलमा बुधवार स्कुल टु ओलम्पिक कार्यक्रम गरेको छ । ड्याफोडिलका विधार्थीसँग भएको अन्तरक्रियात्मक स्कुल टु ओलम्पिक कार्यक्रममा एसोसिएसनका अध्यक्ष दीपक विष्ट, सचिव देवु थापा, सन्तोषी श्रेष्ठ र प्रिन्स दाहालले आफ्नो खेल जीवन सुरुवात, यात्रा , कठिनाई र सफलताको प्रसंग साटेका थिए। तेक्वान्दोका दीपक र जुडोकी देवुले […]
June 18, 2025
काठमाडौं (हाम्रो खेलकुद )- कुशल बेलबासे र आभाष तिवारीले समान २ अंक जोड्दै दोस्रो मंगलादेवी स्मृति रेटिङ चेस प्रतियोगिताको पहिलो दिन बुधवार सुरु संयुक्त शीर्ष स्थानमा छन्। अन्नपूर्ण स्कुलमा सुरु प्रतियोगितामा कुशल र आभाषसहित २० खेलाडीले २ अंक जोडेका छन्। एफएम क्षितिज भण्डारी, सिएम पुरुषोत्तम सिलवाल, रिसोन थापा, आशिष फुयाल, प्रकाश चन्द्र नेपाल, शैलेन्द्र न्यौपाने, […]
June 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एमेच्योर राहुल विश्वकर्मा र प्रोफेसनल सुवास तामाङ सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन दुई स्ट्रोकको अग्रतामा संयुक्तरुपमा शीर्षस्थानमा उक्लिएका छन्। समग्रमा १०-अन्डर १ सय ३४ को स्कोरमा उनीहरूले सदभाव आचार्यलाई २ स्ट्रोकले पछि पारे। राहुलले आज ७-अन्डर ६५ को सानदार प्रदर्शन गरे। सुवासले ६-अन्डर ६६ को स्कोर कार्ड तयार पारे। राहुलले […]