1 year ago
September 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- वडा नं १४ दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको क्वाटरफाइनलबाट विदा भएको छ ।
लैनचौर फुटसल मैदानमा सोमवार वडा नं १६ ले वडा नं १४ लाई टाइब्रेकरमा २-१ ले हराएर सेमिफाइनलमा स्थान बनायो ।
निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट जितहारको निर्णय गरिएको हो । सो खेलमा वडा नं १६ का गोलरक्षक सुशान्त महत प्लेयर अफ दि म्याच घोषित भए ।
वडा नं १२ पनि सडन डेथमा वडा नं २६ लाई ७-६ ले हराएर सेमिफाइनल पुगेको छ । निर्धारित समय १-१ ले टुंगिएको थियो । वडा नं १२ का लागि मनोज महर्जन र वडा नं २६ का लागि साजन शाहीले गोल गरे । विजयी टोलीका रवि कारञ्जित प्लेयर चुनिए।

यसैगरी वडा नं ६ र वडा नं २१ पनि सेमिफाइनलमा पुगेका छन् । वडा ६ ले क्वाटरफाइनलमा वडा ९ लाई २-० ले पराजित गर्यो । सो खेलमा प्लेयर अफ दि म्याच राकेश लामा र रामचन्द्र भण्डारीले गोल गरे ।
अर्को क्वाटरफाइनलमा अनिकेत देउलाको गोल निर्णायक बनेपछि वडा २१ ले वडा नं ८ को चुनौती १-० ले समाप्त पार्यो । सो खेलमा साजन डगोल प्लेयर अफ दि म्याच चुनिए ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]